
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
पार्थ मण्डल झापा, ११ साउन । शुक्रवार दिउँसो चाराआली(भद्रपुर सडक खण्डमा अचम्मको घटना घटियो । अचम्मको घटनाले पत्रकार र प्रहरीलाई पनि अचम्मित नै बनाए । घटना विवरण अनुसार चाराआली(भद्रपुर सडक खण्ड अन्तरगत एउटा सरकारी नम्बर प्लेटको जीप सडक देखि तल पानी जमेको खाल्डोमा खसेर दुर्घटनामा परेको थियो । दुर्घटनामा परेको जीप मेचीनगर नगरपालिका कार्यालयको रहेछ । चालक दिनेश राईले चलाउँदै गरेको जीप कार्यालय विशेषको कामले भद्रपुरतर्फ जार्दै थियो । एक्कासी जीप सडक छाडेर खाल्डोमा गएर दुर्घटना भयो । दुर्घटना परी चालक राई सामान्य घाइते भएपछि स्थानीयबासीको घटनास्थलमा भीड लाग्यो । दुर्घटना चालककै कारणले भएको एक स्थानीय प्रत्यक्षदर्शी बताउँछन् । दुर्घटनामा…
काठमाडौँ, ११ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा उपलब्ध स्रोत साधनको अधिकतम परिचालन गरी विकासका कार्यक्रमलाई प्राथमिकीकरण गरिएको बताउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आर्थिक वर्ष २०७३÷०७४ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहँुदै प्रधानमन्त्री ओलीले उक्त कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले संविधानमा उल्लेखित राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वलाई क्रमशः कार्यान्वयन गर्दै समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको उहाँको निजी सचिवालयले जनाएको छ । राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्री ओलीले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका लागि सरकारले गरेका कामको वार्षिक प्रतिवेदन बझाउनुभएको हो । चार परिच्छेद रहेको प्रतिवेदनमा परिचय,…
काठमाडौँ, ११ साउन । राजधानीमा जारी उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फूटबल प्रतियोगितामा दुई विभागीय टोली सशस्त्र प्रहरी बल ९एपिएफ० र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको पहिलो खेलमा एपिएफले रौतहटलाई ७–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । एपिएफको यो लगातार दोस्रो जीत हो । यसअघि पहिलो खेलमा एपिएफले काठमाडौँलाई पराजित गरेको थियो । एपिएफको जितमा सावित्रा भण्डारी एक्लैले चार गोल गरिन भने सरु लिम्बूले दुई तथा अनिता बस्नेतले १ गोल थपिन । सावित्रा खेलको वमन अफ दी म्याच घोषित भइन् । सोही मैदानमा आजै भएको दोस्रो खेलमा आर्मीले काठमाडौँलाई…
विराटनगर, ११ साउन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले ल्याएको बजेट सफल ढंगले कार्यान्वयन गर्न मन्त्री तथा सचिवलाई आज यहाँ निर्देशन दिनु भएको छ । मुख्यमन्त्री कार्यालयले आज यहाँ आयोजना गरेको आव २०७५÷७६ को वार्षिक बजेट तथा कार्यान्वयन कार्यक्रम कार्य योजनाको छलफलमा मन्त्री तथा सचिवलाई मुख्यमन्त्री राईले उक्त निर्देशन दिनु भएको हो । प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा प्रदेशका सबैको सकारात्मक धारणा छ, अब यसको कार्यान्वयन पक्ष कस्तो हुन्छ रु भनेर सबैको ध्यान केन्द्रित भएको छ उहाँले भन्नुभयो । मुख्यमन्त्री राईले बजेटको प्रभावकारी ढंगले कार्यान्वयन आजैदेखि लाग्नुपर्नेमा जोड दिँदै बजेट सफल ढंगले कार्यान्वयनबाट…
काठमाडौँ, ११ साउन । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले रु चार करोड १७ लाख ५८ हजार ठगेर फरार दुई अभियुक्तलाई पक्राउ गरी जेल चलान गरेको छ । ब्यूरोको टोलीले ताहचलमा रहेको साइनिङ स्टार सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका लेखा समिति सदस्य रोशनकुमार खड्गी र प्रकृति श्रेष्ठलाई बिहिबार पक्राउ गरी आज केन्द्रीय कारागार जगन्नाथदेवल जेल चलान गरेको हो । ठगी गरेर फरार रहेको उनीहरुलाई काठमाडौँ जिल्ला अदालतको विसं २०७४ वैशाख १७ को फैसलाअनुसार एक वर्ष ६ महिना कैद र रु ४७ लाख ६२ हजार २२५ जरिवना सुनाएको थियो । को–अपरेटिभमा आकर्षक व्याज र उपहारको प्रलोभनमा पारी निक्षेपकर्ताबाट उक्त रकम हिनामिना गरी आफ्नो…
विराटनगर, ११ साउन । मोरङको पुरानो सदरमुकाम रंगेली नगरपालिकाले सरकारको नीतिअनुरुप सम्पूर्ण वडाबाट एकीकृत कम्प्युटर प्रणालीबाट राजश्व संकलन शुरु गरेको छ । रंगेली नपामा रहेका नौवटा वडाबाट यही साउन १ गतेदेखि एकीकृत कम्प्युटर प्रणालीबाट राजश्व संकलन गर्ने कार्य शुरु भएको नगरपालिकाका सूचना अधिकृत कृष्ण भट्टराईले वताउनुभयो । नगरपालिकाका सबै वडाबाट दैनिक सरदर रु ३५ हजार राजश्व संकलन हुने गरेको छ । नगरपालिकाले नगरमा सम्पूर्ण ठेक्कापट्टाको कार्य अनलाइन माध्यमबाट गर्न शुरु गरेको छ । नगरपालिकाले भित्र हुने सम्पूर्ण निर्माण कार्य कम्प्युटर अनलाइन माध्यमबाट शुरु गर्दा नगरपालिकाको काम पारदर्शी देखिनाका साथै जनतामा सुशासनको अनुभूति हुने विचार नगरपालिकाका प्रमुख दिलीपकुमार अग्रवालले बताउनुभयो ।…
बाँके, ११ साउन । जोखिमपूर्ण रुपमा भारतका विभिन्न ठाउँ लान लागिएका १६ बालकको उद्धार गरिएको छ । नेपालगन्ज जमुनाहा नाकामा भारतीय सिमा सुरक्षा बल एसएसबीले बिहीबार साँझ ती बालकलाई उद्धार गरी बाँके प्रहरीको जिम्मा लगाइएको छ । रोजगारीका लागि उत्तराखण्ड लगिरहेको अवस्थामा चेकजाँचका क्रममा थाहा पाएर उनीहरुलाई उद्धार गरिएको हो । यसैगरी मानव तस्करीको आरोपमा एसएसबीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्णबहादुर नेपाली, अम्बरलाल, चेतबहादुर, तुलबहादुर, मानबहादुर र लल्लु विक रहेका छन् । उनीहरुलाई आवश्यक कारबाहीका लागि बाँके प्रहरीलाई बुझाइएको छ ।
काठमाडौँ, ११ साउन । प्रतिनिधिसभाको बैठकमा “राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५” प्रस्तुत भएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले उक्त विधेयक सदनमा प्रस्तुत गर्नुभएको हो । विधेयक सदनमा प्रस्तुत गर्दै मन्त्री पोखरेलले मौलिक हकको रुपमा रहेका शिक्षा र स्वस्थ्यलाई ऐन बनाएर कार्यान्वयन गर्नेतर्फ सरकार अग्रसर रहेको बताउनुभयो । उहाँले विधेयकमा आयोगलाई विश्वास गरिएको र स्वास्थ्य क्षेत्रका समाधान त्यसै आयोगका माध्यमबाट समाधान हुने धारणा व्यक्त गर्नुभयो । मन्त्री पोखरेलले विधेयक मुलुकका लागि आवश्यक भएर नै ल्याइएको बताउँदै सहमतिमा छलफल गरी शिघ्ररुपमा अघि बढाउनका लागि सहयोग गर्न सांसदलाई आग्रह गर्नभयो । उक्त विधेयकमाथि विरोधको सूचना हाल्नुभएका…
भक्तपुर, ११ साउन । महानगरीय प्रहरी परिसर भक्तपुरले काठ चोर्ने गिरोहलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरीले साउन ९ गते सूर्यविनायक नगरपालिका–४ दधिकोट एकताचोकमा शिवजी श्रेष्ठले सञ्चालन गरेको खाँडादेवी फर्निचर उद्योगबाट काठ चोरी गरी लैजाने क्रममा पक्राउ गरेका गिरोहलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा दोलखा गौरीशंखर–६ घर भई हाल सूर्यविनायक बस्ने २३ वर्षीय भिम तामाङ, सिन्धुली ध्याङ्ले–७ घर भई हाल सूर्यविनायक बस्ने १७ वर्षीय टल्के थोकर, सिन्धुली ध्याङ्कले–७ घर भई हाल सूर्यविनायक बस्ने २० वर्षीय राजकुमार थोकर, रामेछाप सुनपाती–२ घर भई हाल ललितपुर ज्यासलमा बस्ने ३२ वर्षिय दिपाक खपाङ्गी रहेका छन् । प्रहरीले गिरोहलाई खाँडादेवी फर्निचर उद्योगबाट…
यकिना अगाध यसपाली बर्खामा अरु बेलाभन्दा धेरै ठूलो पानी पर्यो । ठाउँ ठाउँमा पहिरो गएको र मान्छेहरु बगाएको समाचारहरु सुनिन थाले । यस गाउँका पूजारी बाजे यी खबरहरु सुनेर साह्रै डराए । यो बर्खा सकुशल टार्नका लागि उनी रातदिन भगवान गुहार्न थाले । अरु दिनभन्दा त्यसदिन झनै ठूलो पानी पर्ने संकेत देखापर्न थाल्यो । रिमरिमे उज्यालो हुँदा सिमसिमे रहेको पानी बढ्दै बढ्दै ठूलो ठूलो थोप्लामा परिणत भयो । ऊ हतार हतार हातमुख धोइ चोखिएर मन्दिर गए । भगवानसँग आशिर्वाद मागे– ‘हामी अबलाको रक्षा गर्नुस् हे भगवान ’ सयौं पटक मन्दिरको मुर्तिमा लम्पसार परेर रक्षाको लागि याचना गरिरह्यो र भगवानले रक्षा…