झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, ३ भदौ । नेपाल यातायात मजदुर सङ्घले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयले करीब १५ हजार श्रमिक कर्मचारीको रोजगारी विस्तापित भएको बताएको छ । सङ्घका अध्यक्ष धर्मराज भण्डारीले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयसँगै देशभरका ४०० समितिमा कार्यरत १५ हजार श्रमिक कर्मचारी रोजगारीबाट विस्तापित भएको बताउनुभयो । सङ्घको शनिबार बसेको बैठकले भदौ १ बाट लागू भएको मुलुकी देवानी संहिताले दुर्घटनाबाट मृत्यु भएमा सवारी चालकलाई १० वर्ष कैद तोकेको भन्दै आपत्ति जनाएको छ । बैठकले मुलुकको संरचनाअनुसार गत महाधिवेशनले सङ्घको विधान परिमार्जन गरेकाले सोअनुसारको संरचनाका लागि देशभर अभियान थाल्ने, नयाँ स्थानमा सङ्गठन विस्तार गर्ने, तोकिएको न्यूनतम पारिश्रमिक सबै यातायात मजदुरमा…

Read More

झापा, ३ भदौ । झापाको धान सुपरजोनमा उत्पादित चैत धानको एक प्रजातिमा जिंकको मात्रा अत्याधिक रहेको पाईएको छ । ‘सुख्खा ३’ नाम दिइएको सो प्रजातिको धानको चामलमा जिंक तत्वको मात्रा अत्यधिक पाइएको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले जनाएको छ । कार्यालयले गरेको अनुसन्धानमा सुख्खा ३ धानको सय ग्राम चामलमा १५ दशमलव ८ मिलिग्राम जिंक पाइएको कार्यालय प्रमुख प्रमोद कोइरालाले बताए । उनका अनुसार सामान्यतया प्रति सय ग्राम चामलमा ७ देखि १० मिलिग्राम जिंक पाइने गरेको तर सुख्खा ३ मा १५ दशमलव ८ मिलिग्राम पाइनु फाइदाजनक रहेको छ । ‘जिंकको अभावमा मानिसको शरीरमा विभिन्न किसिमको रोग लाग्छ तर…

Read More

मेचीनगर, ३ भदौ । झापाको मेचीनगरमा एकै घरका तीन जना डेङ्गु रोगले बिरामी भएका छन् । मेचीनगर–३ बाहुनडाँगीकी ३५ वर्षीया शर्मिला राई, उनको ११ वर्षीय छोरो अमन राई र २७ वर्षीय देउरानी सरिता राई डेङ्गुबाट सङ्क्रमित भएका हुन् । डेङ्गु सङ्क्रमित तीनैजनालाई उपचारका लागि विर्तामोडस्थित बिएण्डसी शिक्षण अस्पतालमा भर्ना गरिएको छ । झापाको काँकरभिट्टा, विर्तामोड र दमक नगर क्षेत्रमा विगत वर्षमा डेङ्गु सङ्क्रमण फैलिएको भए पनि बजारबाट निकै टाढा बाहुनडाँगीको ग्रामीण क्षेत्रमा डेङ्गु रोगी फेला परेको यो पहिलो पटक हो । एक साताअघि शुरुमा ११ वर्षीय अमन राईमा टाउको दुख्ने समस्यासँगै कडा ज्वरो आएपछि रक्त परीक्षण गर्दा डेङ्गु सङ्क्रमण पत्ता…

Read More

काठमाडौं, ३ भदौ । भारतबाट पेट्रोलियम पदार्थ आयातमा एक दुई दिनमात्र रोकिए मुलुकमा पेट्रोलियम पदार्थको हाहाकार हुने भएको छ । पेट्रोलियम पदार्थको खपत बार्षिक २० प्रतिशतले बढेर पनि भण्डारण क्षमता नबढाउँदा पेट्रोल स्टक क्षमता पाँच दिनमा झरेको छ । पेट्रोल ढुवानीमा अवरोध भए आम उपभोक्तालाई पेट्रोल आपूर्ति गर्न कठिन हुने आयल निगमले जनाएको छ । निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराइले भने, पेट्रोलियम पदार्थको खपत वृद्धि भए पनि भण्डारण क्षमता बढेन सकेन । आजको नागरिक दैनिकमा खबर छ ।

Read More

काठमाडौँ, ३ भदौ । एशियाली महादेशको सबैभन्दा ठूलो खेल महोत्सवको आज साँझ इण्डोनेसियाको जाकार्तास्थित गेलोरा बुङ कार्नो रङ्गशालामा त्यहाँका राष्ट्रपति जोको विडोडोले उद्घाटन गरेका छन् । समारोहमा इण्डोनेसियाका चर्चित कलाकारहरू अन्गुन, राइसा, टुलुस, इडो कोण्डोलोगिट लगायतले आफ्नो प्रस्तुति दिए । उद्घाटन समारोहमा नेपालबाट खेलाडी, प्रशिक्षक, अफिसियल गरी ८० जना सहभागी थिए । उद्घाटन समारोहको मार्चपासमा भारोत्तोलनका कमलबहादुर अधिकारीले नेपालको राष्ट्रिय झण्डा बोकेका थिए । एशियाडमा ४५ देशका ११ हजार ५०० खेलाडी सहभागी छन् । ४० खेलका ४२० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । इण्डोनेसियाका सर्वाधिक ९५१ खेलाडीले प्रतिस्पर्धा गर्ने एशियाली खेलकूदमा समग्रमा सबैभन्दा बढी स्वर्ण जितेको चीनले ८७९ खेलाडी सहभागी गराएको छ…

Read More

काठमाडौं, ३ भदौ । नेपाली सुगन्धित जडीबुटीको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनमा निजी क्षेत्रलाई प्रोत्साहित गर्ने उद्देश्यले युरोपमा हुन लागेको एक कार्यक्रममा दर्जन सरकारी कर्मचारी सहभागी हुन लागेका छन् । जर्मन अन्तर्राष्ट्रिय विकास नियोग (जीआईजेड) नेपालको आयोजनामा हुने कार्यक्रममा व्यवसायी र निजी क्षेत्रको कोटामा समेत केन्द्र र प्रदेशका कर्मचारी जान लागेका हुन् । भदौ १६ देखि २४ सम्म उनीहरूले फ्रान्स र इटाली भ्रमण गर्नेछन् । भ्रमणमा संघको वन तथा वातावरण, प्रदेशको उद्योग, पर्यटन तथा वन मन्त्रालय र तत्कालीन वन कार्यालयका प्रमुख (डीएफओ)हरू सहभागी हुनेछन् । जीआईजेडकै जडीबुटी प्रवर्द्धन कार्यक्रम ‘इन्म्याप्स’का प्रोजेट मेनेजर कल्याण गौलीसहित तीन जना पनि भ्रमणमा जाँदै छन् । भ्रमणमा…

Read More

बिर्तामोड, ३ भदौ । झापाको कनकाई नदीमा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका–१ का २५ वर्षीय आशिष पोखरेल रहेको इलाका प्रहरी कार्यालय सुरुंगाले जनाएको छ । पौडी खेल्ने क्रममा पोखरेललाई खोलाले बगाएपछि साथीहरुले उद्धार गरी सुरुङ्गास्थित मेरीगोल्ड अस्पतालमा पु¥याएका थिए । उपचारका क्रममा पोखरेलको मृत्यु भएको प्रहरीले जनाएको छ । पोखरेल चार जना साथीसँगै पौडी खेल्न कनकाई नदीमा गएका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै, झापा गाँउपालिका–२ मा एक पुरुषको शव फेला परेको छ । खोल्सी किनारमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान हुन…

Read More

वि.सं.२०७५ साल भाद्र ०३ गते । आईतबार । ईश्वी सन् २०१८ अगष्ट १९ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । वर्षा ऋतु । श्रीशाके १९४० । श्रावण शुक्ल पक्ष । तिथि नवमी, अहोरात्र । नक्षत्र अनुराधा,४३ घडी ३६ पला,बेलुकी ११ बजेर ०३ मिनेट उप्रान्त ज्येष्ठा । योग ऐन्द्र ३४ घडि ५३ पला,बेलुकी ०७ बजेर ३४ मिनेट उप्रान्त वैधृती । करण बालव,बेलुकी ०५ बजेर ३० मिनेट उप्रान्त कौलव । आनन्दादीमा मृत्यू योग । चन्द्रराशि बृश्चिक । थकालीहरूको फालोपर्व। काठमाडौंमा सूर्योदय ५ बजेर ३६ मिनेट,सूर्यास्त बेलुकी ६ बजेर ३७ मिनेट । दिनमान ३२ घडी ३० पला । …

Read More

पोल्याण्डको एक बियर उत्पादक कम्पनीले दुनियामै अहिलेसम्मै नभएको बियर उत्पादन गरेको छ । यो बियरमा जुन तत्व पाइन्छ, त्यो सायद पेय पदार्थमा मिसाएर खाने कल्पना कसैले गरेको थिएन । हो, पोल्याण्डको बियर कम्पनी द अर्डर अफ योनीले साँच्चीकै योनी बियर बजारमा ल्याएको छ । यो बियरको नाम मात्र होइन, साँच्चीकै योनीमय छ । यसमा महिलाको योनीमा पाइने ल्याक्टिक अम्ल पाइन्छ । काटोइस सहरको बियाला माल्पा पबमा यो बियर पाइनेछ । यो बियरमा दुईजना हट सुन्दरी मोडेलहरु पाउलिना र मोनिकाको यौनांगका ब्याक्टेरियाको प्रयोग गरिएको छ । ती हानिरहीत ब्याक्टेरियाले यौनांगमा ल्याक्टिक अम्ल बनाउने काम गर्दछन् । महिला डाक्टरहले ती मोडेलका यौनांगबाट…

Read More

सुनसरी, २ भदौ । पसलमा गएर मानिसले पसलमा उपलब्ध वस्तु उपभोग गर्ने गर्छन् । त्यो हुनु स्वाभाविक हो तर मःमः पसलमा एक जना वडाध्यक्ष घुस खाएका छन् । खानुपर्ने मःमः तर खाए घुस । त्यसपछि के भयो समाचार पढ्नुसु– इटहरी उपमहानगरपालिका–१० का वडा सचिव विदुर रेग्मी सेवाग्राहीबाट घुस लिएकोे अभियोगमा पक्राउ परेका छन् । होटल सञ्चालन सम्बन्धी दर्ता स्वीकृतिको प्रमाणपत्र उपलब्ध गराउने भन्दै सेवाग्राहीबाट १३ हजार घुस लिएको अभियोग प्रमाणसहित शुक्रबार साँझ इटहरी–६ स्थित रोजरक मःम हाउसबाट उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । नियन्त्रणमा लिन खोज्दा सचिव रेग्मीले सादा पोशाकमा रहेका प्र्रहरी निरीक्षक राजन कार्कीको नेतृत्वका…

Read More