झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, १९ मंसिर । सांसदहरुले मजदुर, किसान र सर्वसाधारणलाई पनि निवृत्तिभरण (पेन्सन) व्यवस्था गर्न प्रस्ताव गरेका छन् । संघीय संसद्को अर्थ समितिको मंगलबारको बैठकमा उनीहरुले सरकारी र सार्वजनिक संस्थानका कर्मचारीलाई मात्र नभई मजदुर, किसान र सर्वसाधारणलाई पनि पेन्सन व्यवस्था गर्न प्रस्ताव गरेका हुन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Read More

विराटनगर, १९ मंसिर । मोरङको सुन्दर हरैचा नगरपालिकाले निसान पिकअप भ्यान इलाका प्रहरी कार्यालय बेलबारी मातहत रहेको प्रहरी चौकी गछियालाई हस्तान्तरण गरिएको छ । सङ्घीय मामिल तथा सामान्य प्रशासन मन्त्रालयले शान्ति सुरक्षा व्यवस्थापनका लागि सो नगरपालिकालाई बा२झ १८७ नंको सो प्रदान गरेको थियो । सो सवारी साधन सुन्दर हरैचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक घनश्याम श्रेष्ठमार्फत सो चौकीलाई हस्तान्तरण गरिएको हो ।

Read More

उर्लाबारी, १८ मङ्सिर । प्रदेश नं १ मा आगामी पुस १ गतेदेखि बिहान र बेलुका दुई÷दुई घण्टा टिपर चलाउन रोक लगाइएको छ । टिपरका कारण दुर्घटना बढेपछि प्रदेश नं १ ट्राफिक प्रहरी कार्यालयले बिहान ९ देखि ११ बजेसम्म र दिउँसो ३ देखि ५ बजेसम्म मुख्य राजमार्ग र सहायक मार्गमा टिपर चलाउन रोक लगाएको हो । सो समयमा सडकमा बढी चाप हुने भएकाले टिपर चलाउन रोक लगाइएको प्रदेश नं ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक रविकुमार पौडेलले जानकारी दिनुभयो ।

Read More

काठमाडौँ, १८ मङ्सिर । नेपाल विद्युत् प्राधिकरणले ग्राहकको घर तथा कार्यालयमा नै नगई प्रविधिको प्रयोग गरेर मिटर रिडिङ गर्न स्क्ने प्रविधि भित्र्याएको छ । प्राधिकरणले सो प्रविधिलाई एडभान्स मिटरिङ इन्फास्टक्चर (एएमआई) नाम दिएको छ । विद्युत्का ग्राहकको घरमा रहेको मिटरमा एक प्रकारको मोडियन जडान गरेपछि प्राधिकरणको कार्यालयबाटै कुन ग्राहकले कति विद्युत् प्रयोग गरे र त्यसवापत के कति रकम तिर्नुपर्छ भन्ने जानकारीसमेत उक्त प्रणालीबाट सहजै पत्ता लाग्नेछ । सो प्रणालीको आज प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुभारम्भ गर्नुभयो । प्राधिरकणले त्यस्तो प्रणाली पहिलो पटक रत्नपार्क वितरण केन्द्रमा शुरु गरेको वितरण केन्द्रका इञ्जिनीयर दृष्टि पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार सो प्रणाली…

Read More

काठमाडौँ, १८ मङ्सिर । नेपाल गुणस्तर तथा नापतौल विभागले पेट्रोलियम पदार्थमा ठगी गर्ने पेट्रोल पम्पलाई कारवाही गरेको छ । विभागले १० लिटर पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दा ४०० मिलिलिटरसम्म ठगी गरेको भन्दै विजय आयल स्टोर कलैयालाई आज कारवाही गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले सफ्वयरका माध्यामबाट व्यापक ठगी गरेकाले कारवाही गरेको बताउनुभयो । “कानून प्रक्रिया पूरा गरी तीन महीना कैद सजाय र १० हजार जरिवाना गरेका छौँ”, उहाँले भन्नुभयो । पछिल्लो समय सफ्टवयर प्रविधिको प्रयोग गरी ठगी गर्नेक्रम बढेपछि विभागले यस्ता पेट्रोल पम्पमाथि विशेष निगरानी शुरु गरेको छ । विभागले एक महीना अगाडि मात्र यसरी ठग्ने १२ पेट्रोल पम्पलाई…

Read More

भद्रपुर, १८ मङ्सिर । झापाको चारआली प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक उत्तमकुमार कार्की घुस लिएको अभियोगमा सेवाबाट निलम्बनमा परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार प्रसनी कार्कीले जिल्ला प्रशासन कार्यालयबाट तारेखमा रिहा भएका मेचीनगर नगरपालिका–१३ का यादव भट्टाराईसँग आफूले छुटाइदिएको भन्दै सोमबार रु १५ हजार घुस लिएका थिए । इलाका प्रहरी कार्यालय अनारमनीमा भट्टाराईविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता भएको थियो । जिल्ला प्रशासन कार्यालयले रु आठ हजार धरौटीमा भट्टाराईलाई आइतबार रिहा गरेको थियो । घुस लिएको हल्ला फैलिएपछि कार्कीले हिजै सो रकम फिर्ता गरेका थिए । घुस लिएको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयले प्रसनी कार्कीलाई…

Read More

सप्तरी, १८ मङ्सिर । कारागारबाट छुटाउन पहल गर्छु भन्दै एक बन्दीकी श्रीमतीसँग लाखौँ रुपैयाँ ठगी गर्नुका साथै बलात्कार गरेको आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका निवासी राष्ट्रिय जनता पार्टीका एक नेता पक्राउ परेका छन् । राजपा नेपाल जिल्ला कोषाध्यक्ष रहेका छिन्नमस्ता–५ लोखरमका मनोजकुमार मेहतालाई सो आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक भावेश रिमालका अनुसार आइतबार पक्राउ परेका मेहताविरुद्ध बलात्कार तथा ठगी दुवै मुद्दा दर्ता गरी कारवाही अगाडि बढाइएको हो । उक्त पार्टीका सदस्य सुनिलकुमार झाले पार्टीका साथीले जानकारी गराएपछि आफूले थाहा पाएको बताउनुभयो । राजविराज कारागारमा पुर्पक्षका लागि थुनामा रहेका पीडितका श्रीमान्लाई छुटाइ दिने…

Read More

काठमाडौँ, १८ मङ्सिर । प्रदेश नं १ का चार जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङको समग्र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले इलामको टुँडिखेलमा आगामी पुस ५ देखि १६ गतेसम्म ‘मेची क्षेत्र पर्यटन महोत्सव इलाम–२०७५’ आयोजना गरिने भएको छ । चार जिल्लालाई पर्यटकीय गन्तव्यका रूपमा विस्तार गर्ने तथा पर्यटनको माध्यमबाट स्थानीय जीविकोपार्जनमा आत्मनिर्भर बनाउने उद्देश्यले महोत्सव गर्न लागिएको आयोजक इलाम पर्यटन प्रवद्र्धन सरोकार समितिले जनाएको छ । बाह्र दिनसम्म चल्ने महोत्सवमा १५० व्यावसायिक स्टल रहने छन् । चार जिल्लाका कृषि उत्पादन, हस्तकलाका सामग्री प्रदर्शनीका साथै परम्परागत जातीय संस्कृति झल्कने प्रस्तुति रहने आयोजकले जनाएको छ । पचास हजारभन्दा बढीले महोत्सव अवलोकन गर्ने आयोजकको…

Read More

करीब एक दशकपछि यस वर्ष प्रदर्शनमा आएको फिल्म ‘नाइँँ नभन्नू ल ५’ बाट अभिनयमा कमब्याक जनाएकी अभिनेत्री निरुता सिंहले एक नयाँ फिल्म साइन गरेकी छन् । भेट्रान निर्देशक विकासराज आचार्यले निर्देशन गर्ने फिल्म ‘हजार जुनी सम्म’ मा उनी फाइनल भएको निर्माण टिमले जानकारी दिएको छ । अभिनेत्री र निर्देशकको यो दोस्रो सहकार्य हुनेछ । निरुतालाई ‘नाइँ नभन्नू ल ५’ बाट विकासले नै कमब्याक गराएका थिए । हाल निरुता मह सञ्चारको फिल्म ुदाल भात तरकारीु गर्न मुम्बईबाट नेपाल आएकी छन् । अझै २ महिना उनी नेपालमा नै रहने बताइएको छ । फिल्ममा उनी हरिवंश आचार्यको श्रीमतीको भूमिकामा देखिँदैछिन् । ‘हजार जुनी…

Read More

उर्लाबारी, १८ मङ्सिर । मोरङको उर्लाबारी नगरपालिका– ६ उर्लाबारी–मधुमल्ला सडकखण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । को१९प ४४७५ नं को मोटरसाइकल सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार उर्लाबारीका २५ वर्षीय अमित धिमालको मृत्यु भएको हो । गम्भीर घाइते अमितको उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । गम्भीर घाइते मोटरसाइकल चालक ३० वर्षीय बोरिस धिमालको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

Read More