झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बनियानी, १९ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रेदश नं. १ कमिटीमा झापाका ३३ जना परेका छन् । जसमा पूर्व एमालेबाट २० र पूर्व माओवादी केन्द्रबाट १३ जना रहेको नेकपा झापाले जनाएको छ । मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्यको नामावलीलाई अन्तिम रुप दिएको नेकपा नेता मणिकुमार साम्पाङ (विजय)ले जानकारी दिनुभयो । पूर्व एमालेबाट प्रदेश कमिटी सदस्यमा सोमनाथ पोर्तेल, बसन्त बानियाँ, मेनुका काफ्ले, जसमाया गजमेर, पवित्रा निरौला खरेल, बिर्ख प्रधान, हिराकुमार थापा, विमला बिश्वकर्मा, टुन्ज बराइली, चिन्तन पाठक झापा, विष्णु शिवाकोटी, विष्णुप्रसाद प्रसाईं, लोकबहादुर धिमाल, रोमणि भट्टराई, रोमनाथ ओली, राजिव घिमिरे, सुमित्रा भण्डारी, दीपक कार्की, होमबहादुर थापा,…

Read More

उर्लाबारी, १९ मंसिर । अस्थायी ट्राफिक प्रहरी बिट उर्लाबारी र युथ रेडक्रस सर्कल उर्लाबारीको संयुक्त आयोजनामा मंगलबारदेखि सडक सुरक्षा सप्ताह सुरु भएको छ । सो कार्यक्रमअन्तर्गत उर्लाबारी चोकमा ट्राफिक नियमसम्बन्धी जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको छ । ट्राफिक र युथ रेडक्रस सर्कलका युवाहरुले पैदल यात्रुहरुलाई सडक पार गर्ने र सवारी चालकलाई सवारी चलाउने तरिका सिकाउनुका साथै ट्राफिक नियमसम्बन्धी प्रचा, पम्पलेट र स्टिकर बितरण गरेको युथ सर्कलका सचिव सुजित जैसवालले जानकारी दिए ।

Read More

बिर्तामोड, १९ मंसिर । झापा मेचीनगर–१० का फोक्सो क्यान्सरपीडित कालीप्रसाद राजवंशीलाई विद्यार्थीले आर्थिक सहयोग प्रदान गरेका छन् । बिर्तामोडस्थित गोमेन्द्र बहुमुखी महाविद्यालयमा अध्ययनरत् ‘जीएम ब्याचलर ग्रुप’का विद्यार्थीले विद्यार्थीहरुबाटै आर्थिक संकलन गरेर क्यान्सरपीडित राजवंशीलाई प्रदान गरेका हुन् । बिर्तामोडस्थित मनकामना कलेज, देवी मावि र एमिटी कलेजका विद्यार्थीहरुबाट संकलित रू ३२ हजार ३५२ मंगलबार राजवंशीका आफन्त गौतम राजवंशीलाई हस्तान्तरण गरिएको ग्रुपका संयोजक विश्वकीरण राजवंशीले बताउनुभयो । क्यान्सरपीडित राजवंशीको हाल चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । उहाँको उपचारमा रू ९ लाखभन्दा बढी खर्च भइसकेको र थप उपचार गर्नुपर्ने भएकाले सहयोग पुगोस् भन्ने उद्देश्यले रकम संकलन गरेर प्रदान गरिएको संयोजक राजवंशीले बताउनुभयो…

Read More

बिर्तामोड, १९ मंसिर । जिल्लास्तरीय कबड्डी प्रतियोगिताबाट १६ महिला र १५ जना पुरुष खेलाडी छानिएका छन् । हल्दिबारी माविको खेल मैदानमा भएको जिल्लास्तरीय छनोटबाट पहिलो चरणमा १६ महिला तथा १५ जना पुरुष खेलाडी छानिएका हुन् । दोस्रो चरणको छनोट प्रक्रियाबाट छानिने महिला १० र पुरुष १० जना खेलाडीहरुले प्रदेशस्तरीय प्रतियोगितामा प्रतिष्पर्धा गर्ने र सो प्रतियोगिताबाट छनोट हुने खेलाडीले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने जिल्ला खेलकुद विकास समिति झापाले जनाएको छ । राष्ट्रिय खेलकुद परिषद्ले प्रदेश नम्बर ५ का विभिन्न स्थानमा आयोजना गर्ने राष्ट्रिय प्रतियोगितामा झापाबाट समावेश हुने छनोट कार्य धमाधम भइरहेको समितिले जनाएको छ ।

Read More

काठमाडौँ, १९ मङ्सिर । सरकारसँग वार्ता शुरु भएपछि नेपाल शिक्षक महासङ्घले घोषित आन्दोलनका कार्यक्रम स्थगन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्थ तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा वार्ता गरी माग सम्बोधनको पहल गर्ने आश्वासन दिएपछि महासङ्घले मङ्सिर २१ गतेका लागि घोषणा गरिएको ‘काठमाडौँ जाऔँ’ कार्यक्रम स्थगन गरेको हो । मङ्सिर १४ गते पनि महासङ्घले उपत्यकाका सामुदायिक विद्यालयको पठनपाठन अवरुद्ध गराई काठमाडौँमा प्रदर्शन गरेको थियो । सो दिन छुटेको पढाइ मङ्सिर २९ गते शनिबार पूर्ति गरिने महासङ्घले जनाएको छ । स्थानीय तहबाट विद्यालय शिक्षाको अधिकार फिर्ता ल्याउन संविधान संशोधन गरिनुपर्ने, शिक्षकहरुसँग विगतमा भएका सम्झौता कार्यान्वयन…

Read More

महानायक राजेश हमालका फ्यान हुन् उनी । हमाल भन्नासाथ उनी मरिहत्ते गर्छन् । मोरङ राजघाट दुर्गापुरीका हर्क तामाङको न त राजेश हमालसँग चिनजान नै छ, न त उनी रिलेटिभ मान्छे नै हुन् । तर हमालप्रति गर्ने माया र व्यवहारले सवैलाई आश्चर्य चकित बनाउँछ । कुरो १५ बर्षअघि हो, घरमा राजेश हमाल अभिनित देउता राजेश हमालको मृत्यु हुन्छ, त्यो दृश्य देख्नसाथ हर्कले राजेश हमालको मृत्यु भएको पीडा सहन नसकेर देउता फिल्मको सिडी र सिडी प्लेयर नै फुटाइ दिए । र, उनी कोठामा बसेर रुन थाले, त्यस दिन खाना समेत खाएनन् रे उनले । किनकी उनलाई असह्य पीडा भयो । यति मात्र…

Read More

काठमाडौं, १९ मंसिर । दक्षिणपुर्वी एसियाली मुलुकहरुबाट दक्षिण कोरिया घुम्न आउने पर्यटकहरुले अब १० बर्षे मल्टिपल बहुप्रदेश भिसा पाउने भएका छन् । कोरियाको न्याय मन्त्रालयका अनुसार बहुप्रवेश भिसा पाउने मुलुकहरुमा नेपाल, भारत, बंगलादेश, म्यानमार, कम्बोडिया, श्रीलंका, ईन्डोनेसिया, लाओस्, पाकिस्तान, फिलिपिन्स र भियतनामा रहेका छन् । डिसेम्बरबाट लागु हुने नयाँ भिसा नियमअनुसार कोरियाका लागि एकपटक प्राप्त गरेपछि १० बर्षसम्म आवातजावत गर्न पाइने छ । यससँगै बर्सेनि कोरिया घुम्न चाहने पर्यटकका लागि सहज भएको छ । यसअघि यी मुलुकहरुले कोरियाका लागि प्रत्येकपटक भिसाका लागि आवेदन दिनुपथ्र्यो । आजको कारोवार दैनिकमा खबर छ ।

Read More

बंगलादेश, १९ मंसिर । बंगलादेशका निजि मेडिकल कलेजमा पढेका विद्यार्थीहरु नेपालमा लिइने चिकित्सकीय लाईसेन्स परीक्षामा अनुत्तीर्ण हुने क्रम बढ्दै गएको छ । साढे तीन महिनाअघि लिइएको एमबीबीएसको लाईसेन्स परीक्षामा बंगलादेश पढेका १ सय २१ जना सहभागी भएकामा ९२ जना फेल भएका थिए । परीक्षामा सफल हुनेको संख्या २१।३ प्रतिशतमात्र छ । यस्तै, १२ दन्तचिकित्सकले परीक्षा दिएकामा ९ जना फेल भएका थिए । आठ महिनाअघि लिइएको परीक्षामा पनि २ सय ७ सहभागी भएकामा ६१ जना फेल भएका थिए । नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएनका अनुसार बंगलादेशका मेडिकल कलेजमा करिब ५ हजार नेपाली विद्यार्थी अध्ययनरत छन् । सरकारी भन्दा निजी मेडिकल कलेजमा पढ्ने…

Read More

काठमाडौँ, १९ मंसिर । थुप्रै देशमा राष्ट्रिय सुरक्षा नीतिलाई संविधानपछिको दोस्रो महत्वपूर्ण दस्तावेज मानिन्छ । तर नेपालमा भने यो नीति दशकौंंसम्म बेवास्ताको सिकार बन्यो । अहिले भने सरकारले यो नीतिलाई समयानुकूल बनाउन पहल थालेको छ । राष्ट्रिय सुरक्षा नीति २०७३ संसोधनका लागि छलफल तीव्र पारिएको छ । संसोधन नीतिमा कूटनीति र रक्षाबीच समन्वय बढाउने पहल हुँदैछ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सुरक्षा नीति २०७३ संसोधनको नेतृत्व गरिरहेका छन् । उनकै संयोजनमा परिमार्जनको काम भइरहेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Read More

राजविराज, १९ मंसिर । सप्तरीको अग्निसाइर कृष्णसवरण–१, घोघींदाहाका ४७ वर्षीय उमाकान्त चौधरी १२ वर्षदेखि साङ्लोमा बाँधिएका छन्। वस्तुभाउका दाम्लो चराउन लैजाने बेला खोलिन्छ तर उमाकान्त बाँधिएका–बाँधियै छन्। उनी मानसिक रोगबाट पीडित छन् । दुःख दिन थालेपछि २०६३ सालदेखि उनलाई बाँधेर राखिएको परिवारले जनाएको छ । उनलाई राख्न घर अगाडि नालीमाथि कटेरो बनाइएको छ । साङ्लो उनी सुत्ने खाटमा बाँधिएको छ । दुई फिट पनि लामो नभएको साङ्लोले गर्दा उनी चाहेर यताउता हिँड्न त के उभिन पनि सक्तैनन्। जाडो होस् वा गर्मी, उनको शरीरमा कट्टुबाहेक अन्य कपडा हुँदैन। ओढ्न–ओछ्याउन एउटा सिरक छ। जाडोमा काँपेर रात बिताउँछन्, दिनमा सुत्छन्। बसेकै ठाउँमा दिसापिसाब…

Read More