add
खेलकुद स्थानीय खबर

झापाका ३१ कबड्डी खेलाडी छानिए

add

बिर्तामोड, १९ मंसिर । जिल्लास्तरीय कबड्डी प्रतियोगिताबाट १६ महिला र १५ जना पुरुष खेलाडी छानिएका छन् ।

हल्दिबारी माविको खेल मैदानमा भएको जिल्लास्तरीय छनोटबाट पहिलो चरणमा १६ महिला तथा १५ जना पुरुष खेलाडी छानिएका हुन् । दोस्रो चरणको छनोट प्रक्रियाबाट छानिने महिला १० र पुरुष १० जना खेलाडीहरुले प्रदेशस्तरीय प्रतियोगितामा प्रतिष्पर्धा गर्ने र सो प्रतियोगिताबाट छनोट हुने खेलाडीले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने जिल्ला खेलकुद विकास समिति झापाले जनाएको छ ।

राष्ट्रिय खेलकुद परिषद्ले प्रदेश नम्बर ५ का विभिन्न स्थानमा आयोजना गर्ने राष्ट्रिय प्रतियोगितामा झापाबाट समावेश हुने छनोट कार्य धमाधम भइरहेको समितिले जनाएको छ ।

Facebook Comments