
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
बिर्तामोड, २५ साउन । निर्मल पुर्जा ‘निम्स दाइ’सहित ब्रड पिक आरोहणका क्रममा ज्यान गुमाएका १० जना आरोहीको स्मृतिमा झापाको बिर्ताबजारमा पानी वितरण तथा दीप प्रज्वलन कार्यक्रम गरिएको छ। सैनिकमोड युथको आयोजना तथा अनारमनी सोसल युथ क्लबको सहकार्यमा शनिबार आयोजित कार्यक्रममा ब्रड पिक आरोहणका क्रममा ज्यान गुमाएका साहसी आरोहीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको योगदान र साहसको स्मरण गरिएको थियो। कार्यक्रममा सहभागीले दिवंगत आरोहीको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका थिए। अनारमनी सोसल युथ क्लबका अध्यक्ष राज मुखियाले ‘निम्स दाइ’सहित ब्रड पिक आरोहणका क्रममा ज्यान गुमाएका सबै आरोहीप्रति सम्मान व्यक्त गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले युवाहरू सामाजिक उत्तरदायित्वप्रति…
बिर्तामोड, २५ साउन । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् बिर्तामोड, झापाको आयोजनामा ३२औँ विश्व आदिवासी दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ। “प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचानसहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो प्रतिबद्धता” तथा “आदिवासी जनजातिको पहिचान, स्वायत्तता र अधिकारको पूर्ण ग्यारेन्टी गरौँ” भन्ने नाराका साथ आइतबार बिर्तामोडमा दिवस मनाइएको हो। दिवसको अवसरमा विभिन्न जातजातिका सांस्कृतिक झाँकीसहित र्याली निकालिएको थियो। “यूएनडीपी र आईएलओ १६९ सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर”, “३२औँ अन्तर्राष्ट्रिय आदिवासी दिवस सफल पारौँ” लगायतका नारासहितको र्याली बिर्तामोडको मुक्ति चोकस्थित हनुमान सेन्टरबाट सुरु भएको थियो। विभिन्न जातजातिका सांस्कृतिक झाँकी, नाराबाजी तथा प्लेकार्डसहितको…
सन्तोष शर्माझापा, २५ साउन । झापाको बाहुनडाँगीसहित मानव–हात्ती द्वन्द्व प्रभावित क्षेत्रमा डिभिजन वन कार्यालयले सुरक्षा, उद्धार र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै लैजान विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । बाहुनडाँगी क्षेत्रमा हाल सशस्त्र वन रक्षकको १५ सदस्यीय टोली सवारीसाधनसहित स्थायी रूपमा परिचालन गरिएको छ । वन रक्षकका लागि बाहुनडाँगीमै आवासको व्यवस्था गरिएको छ भने वन्यजन्तु बस्तीमा प्रवेश गरेको वा घाइते भएको सूचना प्राप्त हुनासाथ तत्काल उद्धार र पुनः वन क्षेत्रमा पुनस्र्थापना गर्न सवारीसाधन तयारी अवस्थामा राखिएको डिभिजन वन कार्यालय झापाका सूचना अधिकारी हिमाल पाठकले जानकारी दिनुभयो । भारतबाट आउने जंगली हात्तीलाई मानव बस्तीमा प्रवेश गर्न रोक्न सीमावर्ती क्षेत्रमा सोलार फेन्सिङ निर्माण…
इलाम, २५ साउन । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो खस्नुका साथै नदी तथा खोलाले सडक कटान गर्दा प्रमुख राजमार्ग र सडकखण्ड अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँदा विभिन्न क्षेत्रमा यातायात सेवा प्रभावित भएको छ। प्रहरी प्रधान कार्यालयले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, इलाम, रसुवा, रुकुम पश्चिम र लमजुङका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको जनाएको छ। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थली, नार्केस्थित बीपी राजमार्गमा आज बिहान ४ बजे वर्षाका कारण माथिबाट लेदोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी–सिन्धुली सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका…
झापा, २५ साउन । सौरमासअनुसार साउनको अन्तिम सोमबार आज बिहानैदेखि झापासहित देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । आज बिहानैदेखिको झापाको अर्जुनधारा जलेश्वरधाम, कोटीहवन, सताक्षीधाम लगायतका मन्दिरमा भक्तजन बिहानैदेखि जर्लापणका लागि भीड लागेका छन् । शिव आराधना र धार्मिक आस्थाको विशेष दिनहिन्दू धर्मावलम्बीका लागि साउन महिना भगवान् शिवको आराधना र उपासनाका लागि विशेष मानिन्छ। साउन महिनाका सोमबारलाई अझ महत्वपूर्ण दिनका रूपमा लिइन्छ। यस दिन भक्तजनले बिहानै स्नान गरी शिवालयमा पुगेर भगवान् शिवलाई जल, दूध, बेलपत्र, धतुरो तथा फूल अर्पण गरी पूजा–आराधना गर्ने परम्परा छ। साउने सोमबारका दिन विशेषगरी महिला तथा युवतीहरूले व्रत बस्ने र भगवान् शिवको पूजा गर्ने चलन छ।…
झापा, २५ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले कोशी र लुम्बिनी प्रदेशका सबै भाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली एवं पहाडी भागमा साधारणतया बादल लागेको छ जनाएको छ । मधेस प्रदेशका साथै बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आंशिक बदली लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम…
झापा, २४ साउन । झापाको कनकाई नगरपालिका–७ दुर्गापुर बजारमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। आइतबार दिउँसो करिब ४ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत दुर्गापुर बजारमा दुर्गापुरबाट सुरुङ्गातर्फ जाँदै गरेको प्र.१–०१–०१ प ३९२९ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेकी अर्जुनधारा नगरपालिका–९ निवासी ५० वर्षीया मिरादेवी गौतमलाई ठक्कर दिएको थियो। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते गौतमलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएको थियो। उनको उपचारका क्रममा आइतबार साँझ ४ः५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–३ निवासी ३१ वर्षीय गोपाल रम्तेल समेत घाइते भएका छन्। उनको अनुहारमा चोट लागेको र सुरुङ्गास्थित स्थानीय मेडिकलमा उपचार गरिएको प्रहरीले जनाएको छ।…
बिर्तामोड, २४ साउन । झापाको बिर्तामोडमा अटो र ट्याक्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। बिर्तामोड नगरपालिका–२ बाह्रकोटीगाउँस्थित भित्री सडकखण्डमा मे १ ह ३८४२ नम्बरको अटो र मे १ त ७१५३ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा अटो चालक तयामुल हकसहित अटोमा सवार झापा गाउँपालिका–४ भामटोलीकी ३५ वर्षीया सुखी बीवीसहित पाँच जना घाइते भएका थिए। घाइते सबैलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो। उपचारका क्रममा सुखी बीवीको दिउँसो १ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते चार जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
नेपाली नारीहरुको हरितालिका तीज नजिकिएसँगै इलामको माइजोगमाईकी संगीता भण्डारीको ‘रानीहार’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । तीजको मौलिक्ता समेटेर तयार गरिएको गीतको म्यूजिक भिडियो ‘रानीहार’ डुस म्युजिक अफिसियल युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको हो । गीतकार डिपी खनालको शब्द, शंकर थापाको संगीत, केशबराज भट्टको निर्देशनमा तयार भएको गीतमा नव गायीका भण्डारीको स्वर रहेको छ । गीतको संगीत संयोजन विषम आचार्यले गर्नु भएको छ । ‘रानीहार’को म्युजिक भिडियोमा गायिक भण्डारीसँगै यासु भट्टराई र मिलासा वाग्लेको अभिनय रहेको छ । विशाल थापालले छायाङ्कन गर्नुभएको भिडियोमा सरोज बुढाथोकीले मेकअप तथा दीपक विष्टले भिडियोको सम्पादन तथा कलर गर्नु भएको छ । नृत्यतर्फ श्याम…
विराटनगर, २४ साउन । मोरङ, सुनसरी र झापाबाट लागू औषधसहित १० जना पक्राउ परेका छन् । साउन २३ गते जिल्ला सुनसरी, बराहक्षेत्र नगरपालिका–१, गुप्तबराहस्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको प्र.१.०२.००२ च ४८५१ नम्बरको कार र को ११ प ५६०१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा उक्त कारभित्र २२ वटा प्लाष्टिकका पोकामा लुकाई राखेको ४१८ किलो गाँजा फेला पारी कार चालक जिल्ला सुनसरी, धरान उपमहानगरपालिका–१३ का ३४ वर्षीय थमन राई, सोही कारमा सवार जिल्ला ओखलढुङ्गा, मानेभञ्ज्याङ गाउँपालिका–५ का २२ वर्षीया जिवनी राई, मोटरसाइकल चालक जिल्ला मोरङ, कटहरी गाउँपालिका–३ का २६ वर्षीय अमर कामत र मोटरसाइकलमा पछाडि सवार…