
बिर्तामोड, १६ मंसीर । गायक किरण विमलीको सुमधुर स्वरमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । झापाली गायक विमलीको ‘उधुमै राम्री’ बोलको म्युजिक भिडियो सोमबार ओएसआर डिजिटल युटुव च्यानलमार्फत सार्वजनिक भएको हो ।
गायक विमलीले यसअघि पनि दशैं तिहार, उकाली बाटो, आउ बस म्युजिक भिडियो दर्शकमा माझ ल्याएका थिए । उनका ती म्युजिक भिडियोहरुले दर्शकको मन खिचेको थियो । गायक बिमलीको स्वरमा सजिएको ‘उधुमै राम्री’ बोलको गीत अहिले बजारमा चर्चामा छ ।
जसको लेखक डिपी खनाल, संगीत देवेन्द्र बराल, एरेन्ज विश्व अधिकारी, मिक्स÷मास्टर किशोर थापा, रेकोडिक्स राजेश श्रेष्ठ छन् । गीतको रेकडिङ एवान म्युजिशियन स्टुडियोमा गरिएको छ ।
मेकअफ आर्टिस पुनम चौधरी र यमुना पाण्डे, इडिटिङ स्टुडियो आइक्याच स्टुडियो रहेको छ । निर्देशक तथा कोरियोग्राफ रोशन विश्वकर्मा रहेको म्युजिक भिडियोमा अभिषेक श्रेष्ठ, जुना सुन्दास, करिश्मा शाही, सरोज प्रजालगायतको अभिनय रहेको छ ।


