
मुम्बई, २१ मंसिर । चर्चित रियालिटी शो ‘बिग बोस १९’ अहिले अन्तिम चरणमा छ । शोका होस्ट सलमान खानले विजेताको नाम घोषणा गर्नेछन् । दर्शकहरू त्यो पलको प्रतीक्षामा छन् ।
शोको ट्रफीका लागि शीर्ष ५ जना प्रतिस्पर्धीहरूबिच कडा प्रतिस्पर्धा हुनेछ । सामाजिक सञ्जालमा अहिले फिनालेलाई लिएर फ्यानहरूमाझ ठुलो चर्चा परिचर्चा छ । समाचारका अनुसार ‘बिग बोस १९’ को ग्रान्ड फिनाले ७ डिसेम्बर, २०२५ (आज) हुनेछ ।
ओटीटीका दर्शकहरूका लागि जियो सिनेमा र डिज्नी लाइभ प्रसारण हुनेछ । टेलिभिजन दर्शकहरूका लागि कलर्स टिभीले राति १०ः ३० बजेबाट प्रसारण गर्नेछ ।
शोको सुरुवात २४ अगस्ट, २०२५ मा भएको थियो । सुरुमा शोमा १८ जना प्रतिस्पर्धीहरू सहभागी थिए । अहिले ५ प्रतिस्पर्धी बाँकी छन् । गौरव खन्ना, अमाल मलिक, तान्या मित्तल, फरहाना भट्ट र प्रणित मोरे प्रतिस्पर्धी छन् ।
फिनालेमा विजेता घोषणा अघि विभिन्न साङ्गीतिक तथा नृत्य प्रस्तुतिहरू हुनेछन् । कार्यक्रमको अहिलेसम्म पुरस्कार राशिको आधिकारिक घोषणा भएको छैन । अघिल्ला सिजनहरूमा सामान्यतया विजेतालाई करिब ५०र५५ लाख भारतीय रुपैयाँ र ट्रफी दिइने गरिएको थियो ।
यसैलाई आधार मान्दै फ्यानहरूले यस वर्षको विजेताले पनि यस्तै नगद पुरस्कार प्राप्त गर्न सक्ने अनुमान गरिएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


