
झापा, २२ मंसिर । भारतीय रियालिटी शो बिग बोस १९ को उपाधि गौरव खन्नाले जितेका छन् । मुम्बईमा आइतबार भएको ग्रान्ड फिनालेमा फरहाना भट्ट उपविजेता बनिन् ।
प्रतियोगितामा अमाल मलिक पाँचौँ, तान्या मित्तल चौथो र प्रणीत मोरे तेस्रो स्थानमा रहे। विजेता बनेका गौरव खन्ना चर्चित टिभी अभिनेता हुन्। उनी सीआईडी र अनुपमा जस्ता लोकप्रिय टिभी शोहरूमा देखिइसकेका छन्। शो जितेबापत गौरवलाई बिग बोसको ट्रफीसँगै ५० लाख रुपैयाँको नगद पुरस्कार प्राप्त भएको छ।
यस सिजनको सुरुवात अगस्ट २४ मा भएको थियो र कुल १८ प्रतिस्पर्धीहरू सहभागी भएका थिए । फिनालेको क्रममा शोका होस्ट सलमान खान अभिनेता धर्मेन्द्रलाई सम्झँदै भावुक भएका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


