
पछिल्लो समय कलाकारहरूको नाम दुरुपयोग गरेर सामाजिक सञ्जालमार्फत पैसा उठाउने क्रम बढेको छ । हालै नायक अनमोल केसीको नामबाट पनि पैसा मागेको विवरणहरू सार्वजनिक भएका छन् ।
अनमोल आफैले सामाजिक सञ्जाल फेसबुकमार्फत सचेत गराउँदै आफूले कसैसँग पैसा नमागेको र नक्कली एकाउन्टबाट आएका आग्रहलाई बेवास्ता गर्न आग्रह गरेका छन् ।
यसअघि नायिका केकी अधिकारी, स्वस्तिमा खड्का, रिमा विश्वकर्मालगायतका कालाकारको नाम दुरुपयोग गरेर पैसा माग्ने काम भएका थिए ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

