
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वर र अभिनय रहेको ‘पहाड भो मलाई यो उमेर काट्न ।।।’ बोलको गीत सार्वजनिक भएको छ ।
कवि तथा गीतकार दिनेश अधिकारीको शब्द रचनाको उक्त गीतमा सङ्गीतकार हरि लम्सालको सङ्गीत रहेको छ । म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका छन् ।
टुवेल्भ नोट्सले प्रकाशनमा ल्याएको यो गीतमा आफ्नो प्रिय मान्छेसँग बिछोड हुँदाको अवस्था, परिस्थिति र उसका अनेकन मनोदशालाई उजागर गरिएको छ ।
गीत र कविताको मिश्रण रहेको त्यस सृजनाले नेपाली गीतरसङ्गीतका श्रोतालाई एउटा फरक स्वाद दिने सङ्गीतकार लम्सालको विश्वास छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

