
झापा, २६ पुस । झापाको बिर्तामोड नगरपालिका–४ मुनाल टोलबाट दुई जना युवकलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ ।
शुक्रबार साँझ इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–१ पाण्डे का २५ वर्षीय निरोज लिम्बू र भद्रपुर नगरपालिका–२ पृथ्वीनगरका २६ वर्षीय सागर प्रधानलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरूको साथबाट ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ प्लास्टिकबाहेक ४१ ग्राम ५८० मिलीग्राम बरामद गरिएको छ । साथै, स्क्रिन टर्ज मोबाइल २ थान, किप्याड मोबाइल १ थान र प्र १–०१–०१५ प ३४२७ नम्बरको स्कुटर पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
Facebook Comments Box

