
निशान निरौला
इलाम, २ माघ । मोरङकी निकिता राई पछिल्लो एक वर्षदेखि मोडलिङ तथा अभिनय क्षेत्रमा सक्रिय रहेकी छन् । छोटो समयमै दर्शकको ध्यान खिच्न सफल निकिताले ७–८ वटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।
उनी गायक चन्दन किशोर लिम्बूको चर्चित गीत ‘१६ वर्षे अल्लारे जोवन’ बाट विशेष चर्चामा आएकी हुन् । यसका साथै ‘मुटु रेटि’, ‘भुलेर टाढा’, ‘आधा बाटो’ जस्ता धेरै गीतहरूमा समेत उनले अभिनय गरिसकेकी छन् । म्युजिक भिडियोसँगै निकिता विभिन्न टेलिभिजन सिरियलहरूमा पनि देखिँदै आएकी छन् ।


आकर्षक प्रस्तुति, आत्मविश्वास र निरन्तर मेहनतका कारण निकिता मोडलिङ र अभिनय दुवै क्षेत्रमा सम्भावनायुक्त प्रतिभाका रूपमा उभिँदै गएकी छन् । भविष्यमा अझै चुनौतीपूर्ण र सशक्त भूमिकामा देखिने लक्ष्यका साथ अघि बढिरहेकी उनी मोरङबाट उदाउँदै गरेको नयाँ पुस्ताकी कलाकारका रूपमा चिनिन थालेकी छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

