
काठमाडौँ, १८ माघ । चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ ।
ग्रान्डी अस्पतालका अनुसार उनको १२ बजेर ४५ मिनेटमा निधन भएको हो । चलचित्र पत्रकार सङ्घका निवर्तमान अध्यक्ष सिटौलाको ४५ वर्षकै उमेरमा निधन भएको हो ।

चुनावी प्रचारमा अछाम पुग्दा एक्कासि बेहोस भएर ढलेपछि सिटौलालाई नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौँ ल्याएको थियो ।
चलचित्र पत्रकारहरू तथा शुभेच्छुकहरूलाई अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा दिउँसो २ः ३० देखि ३ः०० बजे सम्म राखिनेछ । उनी फिल्म अनलाई द सिनेमा टाइम्सका सञ्चालक पनि हुन् ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

