
एजेन्सी, २ चैत । विश्व चलचित्र जगतको सबैभन्दा प्रतिष्ठित ओस्कार अवार्ड (एकेडेमी अवार्ड्स) को ९८औँ संस्करण सम्पन्न भएको छ।
हलिउडका हस्तीहरूको उपस्थितिमा भएको भव्य समारोहमा पल थोमस एण्डरसनको फिल्म ‘वान ब्याटल आफ्टर अनदर’ ले बाजी मारेको छ। यस फिल्मले ‘बेस्ट पिक्चर’ र ‘बेस्ट डाइरेक्टर’ सहित कुल ६ विधामा ओस्कार जितेर यस वर्षको ओस्कारमा आफ्नो बर्चस्व कायम गरेको हो।
अभिनयतर्फ फिल्म ‘ह्याम्नेट’ बाट जेसी बक्लीले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् भने फिल्म ुसिनर्सु का लागि माइकल बी जोर्डनले उत्कृष्ट अभिनेताको ट्रफी उचालेका छन्।
जोर्डनको फिल्म ‘सिनर्स’ ले प्राविधिक र पटकथा गरी अन्य महत्त्वपूर्ण विधाहरूमा पनि आफ्नो दह्रो उपस्थिति जनाएको छ। त्यस्तै, वान ब्याटल आफ्टर अनदरबाटै सिन पेनले उत्कृष्ट सहायक अभिनेता र फिल्म ुवेपन्सु बाट एमी मडिगनले उत्कृष्ट सहायक अभिनेत्रीको ओस्कार हात पारेका छन्।
एनिमेटेड फिल्मतर्फ के(पप डेमन हन्टर्स उत्कृष्ट घोषित भएको छ भने अन्तर्राष्ट्रिय फिचर फिल्मको विधामा ुसेन्टिमेन्टल भ्यालुु ले ओस्कार जितेको छ। डकुमेन्ट्री विधामा ‘मिस्टर नोबडी एगेन्स्ट पुटिन’ ले अवार्ड जितेको छ। फिल्म ‘फ्याङ्कनस्टाइन’ ले प्रोडक्सन डिजाइन, मेकअप र कस्ट्युम डिजाइन जस्ता विधामा क्लिन स्वीप गर्दै प्राविधिक रूपमा आफूलाई अब्बल सावित गरेको छ।
पटकथातर्फ र्यान कुगलरले ‘सिनर्स’ का लागि मौलिक र पल थोमस एण्डरसनले ुवान ब्याटल आफ्टर अनदरु का लागि एडाप्टेड पटकथामा ओस्कार जितेका छन्। भिजुअल इफेक्ट्समा ‘अवतार– फायर एण्ड ऐश’ ले आफ्नो विरासत जोगाउँदै अवार्ड जितेको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


