add
खेलकुद स्थानीय खबर

गौरादह–१ मा खेलकुद समितिः अध्यक्षमा सिग्देल

सान नेपाल
गौरादह, २४ पुस । गौरादह नगरपालिका वडा नं. १ मा वडा खेलकुद समिति गठन गरिएको छ ।

वडाबासीहरुको सोमबार भएको एक भेलाले पुण्य सिग्देलको अध्यक्षतामा १३ सदस्य रहेको वडा खेलकुद समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा यज्ञ खनाल रहेका छन् भनें सचिवमा कृष्ण भुजेल, कोषाध्यक्षमा सिताराम दंगाल रहेका छन् ।

त्यसैगरी समितिका सदस्यमा सान नेपाल, बुबुल सुब्बा, डिल्ली सिवाकोटी, रुका कोइराला, सिर्जना भण्डारी, गौरव राई, सञ्जिव कार्की, टंक कार्की र हस्त चौहान रहेका छन् । समितिले वडाभित्रका खेलकुद गतिविधिहरु सञ्चालन गर्ने र वडा कार्यलयले खेलकुद क्षेत्रमा लिएको लक्ष अनुरुप विभिन्न खेलका लागि खेलाडी उत्पादन गर्नको लागि महत्वपूर्ण भूमिका रहने बताइएको छ ।

नवगठित खेलकुद समितिको निकै फराकिलो क्षेत्र रहेकाले सो अनुरुप खेलकुद समितिले कार्य गर्नुपर्ने वडाध्यक्ष नगेन्द्र भण्डारीले बताए । ‘यो वडामा खेल प्रेमी युवाहरु धेरै हुनुहुन्छ’, उनले भने, ‘त्यसैले खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण कामहरु गर्न बाँकी छ ।’ खेलकुदको माध्यमबाट महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिने समेत उनले बताए ।

Facebook Comments