
कनकाई, १० असोज । झापाको कनकाईमा जारी ‘प्रथम टिभिएस अन्तरप्रदेश टि–ट्वान्टी क्रिकेट’ प्रतियोगिताको आजको खेलमा विराटनगर बिजयी भएको छ ।
आज भएको दोस्रोल सेमिफाइन खेलमा खुकुरी क्लब भैरहवालाई ५ विकेटले पराजित गर्दै विराटनगरले फाइनलको यात्रा तय गरेको हो । यो जीतसँगै प्रतियोगिताको उपाधिका लागि विराटनगर र युथ क्लब राजविराजबीच प्रतिस्पर्धा हुने भएको छ ।

पहिलो इनिङमा ब्याटिङ रोजेको भैरहवाले ७ विकेट गुमाउँदै १३० रन जोडेको थियो । जसका लागि भैरहवाका ब्याटम्यान्स मिनाल गुरुङले २९ र निश्चल चौधरीले ३५ रन जोडेका थिए ।
१३१ रनको विजय लक्ष्य पाएको विराटनगरले १८ ओभर ३ बलमा ५ विकेट गुमाउँदै चुनौती पूरा गरेको थियो । विराटनगरका तर्फबाट मञ्जिल श्रेष्ठले २९ र सिद्धान्त लोहनीले १९ रन बनाएका थिए । त्यस्तै, अजय राजवंशी र अमर राउटेलाले अविजित १७ र १८ रन जोडेका थिए ।
विराटनगरका तर्फबाट २ विकेट र अविजित १७ रन जोड्न सफल अजय राजवंशी खेलको म्यान अफ द म्याच भए । उनलाई आयोजक समितिका अध्यक्ष निशेष ओलीले नगद २ हजार र ट्रफी प्रदान गरे ।
कनकाई चेतना युवा क्लब र ह्वाइट वास क्लबको आयोजनामा जारी प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा विजेताले रू ५१ हजा र उपविजेता रू ३१ हजार प्राप्त गर्ने छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
