
भद्रपुर, १० असोज । ऐतिहासिक नगर भद्रपुरको पहिचानका रूपमा स्थापित गर्ने लक्ष्य लिएर असोज २८ गते मिनी म्याराथन प्रतियोगिता गरिने भएको छ ।
भद्रपुर नगरपालिका ८ नम्बर वडा कार्यालयको आयोजनामा नगरपालिकाको अस्तित्व स्थापित गर्ने लक्ष्य लिएर नगर स्तरीय भद्रपुर दौड प्रतियोगिता हुने भएको हो । विभिन्न व्यक्ति, संघ संस्था शुभचिन्तक लगायतको आर्थिक सहयोगमा विजयादशमीको अवसरमा सवै जात, धर्म, वर्ग र समुदायको साझा कार्यक्रमका रूपमा नगर स्तरीय भद्रपुर दौडको अवधारणा ल्याइएको वडाध्यक्ष गौरव सुब्बा मनोजले जानकारी दिए ।

वडाध्यक्ष सुब्बाका अनुसार ३ लाख ५ हजार खर्च हुने प्रतियोगितामा प्रथम पुरस्कार २१ हजार, दोश्रो १५ हजार तेस्रो १० हजार र सान्त्वना समेत रहने छ । महिला र पुरुष समूह बीच फरक–फरक प्रतिष्पर्धा हुने दौडमा पुरुष ६.७ किमी र महिला ३ किमी दुरीमा दौडने छन् ।
भद्रपुर–८ स्थित सगरमाथा चौक एमरल्ड एकाडमी हुँदै चन्द्रगढी ट्रेड युनियन चौक चन्द्रगढी विमानस्थल रोड मेची अस्पताल हुँदै भानु चौक सगरमाथामा प्रतियोगिता टुङ्गिने छ । कार्यक्रमा ९३ वर्षीय सामाजिक अगुवा व्यक्तित्व केशवसिंह राईले रिवन काटी उद्घाटन गर्ने खेलले गुमनाम स्वरूपको भद्रपुर नगरलाई राष्ट्रिय अन्र्तराष्ट्रि नजर पर्ने स्थानमा राख्ने लक्ष्य आयोजकको छ ।
हरेक वडाबाट २०, प्रति विद्यालय २० तथा सर्वधारण गरी ८ सय ५० जनाले प्रतियोगितामा भाग लिने अनुमान आयोजकको छ । आर्मी पुलिस लगायत सरकारी कर्मचारीले सहभागिता जनाउन नपाउने दौडमा उमेर हद तोकिएको छैन । ५० रुपैयाँ दर्ता शुल्क लाग्ने प्रतियोगिता बिहान ७ वजेबाट सुरु हुने वडा सचिव नेत्रप्रसाद पोखरेलले जानकारी दिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
