
सान नेपाल
गौरादह, २८ असोज । गौरादह ७ ग्वालडुब्बा स्थित खेलकुद विकास समितिले बडादशैंको अवसरमा सञ्चालन गरेको वडा स्तरीय भलिवल प्रतियोगितामा शनिबार ३ खेल भएका छन् ।
वार्ड नं. ७ ‘ए’ र वार्ड नं. ९ का बिच भएको पहिलो खेलमा वार्ड नं. ७ ‘ए’, वार्ड नं. ७ ‘वी’ र वार्ड नं. २ बीच भएको दोस्रो खेलमा वार्ड नं. २ तथा वार्ड नं. ४ र ६ बिच भएको तेस्रो खेलमा वडा ४ विजयी भएको छ ।

विजया दशमीको अवसरमा वडा कार्यालय वार्ड नं. ७ द्वारा आयोजना गरिएको भलिवल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः २२ हजार, १५ हजार र ८ हजार रुपैयाँ पुरस्कारको घोषणा गरिएको छ । आइतबार (आज) ३ खेल सञ्चालन गरिने आयोजक समितिका सदस्य उमेश खरेलले बताए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
