
सान नेपाल
गौरादह, ३० असोज । गौरादह ७ ग्वालडुब्बामा सञ्चालन भइरहेको वडा स्तरिय खेलकुद नगर भलिबल प्रतियोगितामा सोमबार भएको सेमी फाइनल खेल बाट वडा नं. ७ र २ फाइनलमा प्रवेश गरेका छन् ।
खेलकुद विकास समिति गौरादह ७ ले आयोजना गरेको खेलमा हिजो सम्पन्न दुई सेमिफाइनल खेलमा वार्ड नं. ७ ले ४ लाई २५÷१७ र २६÷२४ को सोझो सेटमा पराजित गरेको थियो । त्यसैगरी वार्ड नं. २ ले ३ लाई २६÷२४, २३÷२५ र २५÷२० को सेटमा पराजित गरेको छ । आज वार्ड नं. ७ र २ का बिच खेल भइरएको छ । आज नै जनप्रतिनिधी र नगरपालिका कर्मचारी बिच मैत्रिपुर्ण खेल हुने आयोजक समितिका अध्यक्ष राजेस राईले जानकारी गराए । फाइनल खेलमा प्रथम द्धितिय र तृतिय हुने दुई टिमलाई क्रमसः २२ हजार, १५ हजार र ७÷७ हजार दरले पुरस्कारको घोषणा गरिएको छ ।

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
