
भद्रपुर, १८ कात्तिक । विशाल लिम्बुको ह्याट्रिकले न्यु स्टार फुटबल क्लव खोपबारी झापाको भद्रपुर आयोजित जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधी उचालेको छ ।
भद्रपुर माविको खेल मैदानमा शनिबार भएको फाइनल खेलमा रेड स्टार फुटबल क्लव बिर्तामोडलाई शुन्यको विरुद्ध तीन गोल गर्दै न्यु स्टार खोपबारीले उपाधी उचालेको हो । उपाधी उचालेसँगै न्यु स्टार खोपबारीले नगद ५० हजारसहित ट्रफि प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएका रेड स्टार बिर्तामोडले नगद ३० हजारसहित ट्रफि प्राप्त गरेको छ ।

उपाधीका लागि मैदानमा उत्रिएका दुवै टिमले पहिलो हाफ बराबरीमा खेल टुंगो लगाएका थिए । दोस्रो हाफ्को ३७ औ मिनेटमा न्यु स्टारका जर्सी नम्बर १० का विश्वास लिम्बुले डि–वक्स अगाडिबाट प्रहार गरेको बलले जाली चुमे र टिमलाई अग्रता दिलाए ।
दोस्रो हाफ्मा आक्रमक पारी खेल्दै न्यु स्टारले रेड स्टारलाई दवाव राखे । सोही दवावको फाइदा उठाउँदै खेलको ५८ औ र ६३ मिनेटमा न्यु स्टारका लिम्बुले थप दुई गोल गर्दै ह्याट्रिक गरे । खेलको म्यान अफ द म्यान रेड स्टारका लिम्बु घोषित भए । उनलाई समृद्धि बचत तथा ऋण सहकारी संस्था भद्रपुरले नगद ३ हजारले पुरस्कृत गरेका थिए । त्यस्तै म्यान अफ द टुर्नामेन्ट न्यु स्टारका सनम राईले घोषित भए ।
उनलाई स्व. रामप्रसाद अग्रवाको स्मृतिमा उनका परिवारले उपल्बध गराएको नगद हजारसहित ट्रफिले पुरस्कृत गरेका थिए । प्रतियोगितामा विजेता टिमलाई नगद पुरस्कार मुख्य प्रायोजक रमपम चाउचाउले प्रदान गरेका थिए, भने उपविजेतालाई जुनतारा कन्टक्सन एण्ड इन्जिनियरीङ्ग बिल्र्डस भद्रपुरले प्रदान गरेका थिए ।
रोयल क्लव भद्रपुरका अध्यक्ष प्रकाश राईको अध्यक्षता तथा भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षतामा भएको प्रतियोगितामा वडा नम्बर ५ का वडा अध्यक्ष बन्धु कार्की, नेपाली काँग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेल, रमपम चाउचाउका गणेश प्याकुरेल, गोपाल अग्रवाल, आदीबासी जनजातिका नगर अध्यक्ष सन्तोष राजवंशी, वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक प्रकाश जवेगू, आयोजक समितिका संयोजक सन्तोष क्षेत्री लगायतले पुरस्कार वितरण गरेको कार्यक्रमको सञ्चालन योगेन्द्र पौडलले गरेका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
