गौरादह, १९ कात्तिक । गौरादह नगर पालिका ८ स्थित खेलकुद विकास समितिले वडा स्तरीय नकआउट भलिवल प्रतियोगिता आयोजना गरेको छ ।
अरुणोदय प्रा.वि. को खेल मैदानमा संचालन गरिएको भलिवल प्रतियोगितामा नगरभित्रका ८ वटा वडा सहभागी भएका छन् । यही २२ गतेसम्म सन्चालन हुने भलिवल खेलमा विजेताले नगद २० हजार र दास्रो हुनेले नगद १५ हजार सहित ट्रफी, मेडल प्रमाणपत्र हात पार्ने छन् ।
आइतवार भएको उद्घाटन खेलमा वार्ड नं. ३ र ६ बीच भएको थियो । उद्घाटन् खेलमा वडा नं. ३ ले ६ लाई २५÷१७, २५÷१३ को सोझो सेटमा पराजीत गरेको छ । त्यसैगरी दास्रो खेल वडा नं. ८ र ९ बीच भएको थियो । उक्त खेलमा वडा नं. ८ ले ९ लाई २५÷१४ र २५ ÷ ११ को सोझो सेटमा पराजित गरेको छ । आज हुने खेल वडा नं. ४ र ७ तथा वडा नं. १ र २ बीच हुने आयोजक समितिका अध्यक्ष लुका प्रसाद राजवंशीले बताए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।