
सुरुङ्गा, २० कात्तिक । झापाको शरणामतिमा आजदेखि प्रदेश नम्बर १ स्तरीय भलिबल प्रतियोगिता शुरु भएको छ ।
झापा गाउँपालिका शरणामतिस्थित जनता माविको खेल मैदानमा शुरु भएको प्रतियोगिताको झापा क्षेत्र नं. ४ का सांसद एलपी साँबा लिम्बूले उद्घान गर्नुभयो । प्रतियोगितामा प्रदेश नम्बर १ का १३ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको उद्घाटन खेल धनकुटाकाको पाख्रीबास नगरपालिका र झापाको बाह्रदर्शी गाउँपालिकाबीच भएको खेलमा पाख्रीवास नगरपालिका २१÷२५ र २०÷२५ को सोझो सेटमा विजयी भएको छ ।
त्यसैगरी दोस्रो खेल झापाको बिर्तामोड नगरपा

लिका र धनकुटाकै सागुरीगढी गाउँपालिका बीच भएको थियो । खेलमा सागुरीगढी गाउँपालिका २–१ सेटले विजयी भयो ।
यस्तै, तेस्रो खेल कनकाई नगरपालिकालाई १५÷२५ र १९÷२५ मा हराउँदै भद्रपुर नगरपालिका विजयी भएको छ भने चौथो खेलमा दमकलाई हराउँदै ताप्लेजुङको सिदिङ्बा गाउँपालिका विजयी भएको छ । पाँचौँ खेलमा झापाको गौरादह नगरपालिकाले मोरङको उर्लाबारीलाई पराजित गरेको छ ।
त्यस्तै, आजको अन्तिम खेलमा आयोजक झापा गाउँपालिकाले कमल गाउँपालिकालाई २–१ को अन्तरले हराएको छ । कात्तिक २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथमले रू ६१ हजार, दोस्रोले रू ४१ हजार, तेस्रोले रू १५ हजार र चौथोले रू १० हजार पाउने खेल संयोजक गजेन्द्र ताम्लीले बताउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
