
बिर्तामोड, ६ मंसिर । नेपाल कराँते महासंघ, महेन्द्र रत्न डोजो बिर्ताबजारमा अभ्यासरत १० जना खेलाडीलाई आज स्थानीय एक खेलप्रेमीले कराते ड्रेस (गी) प्रदान गरेका छन् ।
बिर्तामोड नगरपालिका– ३ का खेलप्रेमी वीरबहादुर तामाङ (बीरु)ले कराँते खेलाडीहरुका लागि प्रोत्साहनस्वरुप १० थान गी प्रदान गरेको प्रशिक्षक दुर्गाराज निरैलाले जानकारी दिएका हुन् ।

महेन्द्र रत्न डोजो बिर्ताबजारमा अभ्यासरत खेलाडीहरु प्रकृति राई, मनोज राजवंशी, एलिसा दास, सुमन राजवंशी, दिवस हास्दा, शितल शर्मा, सन्ध्या शर्मा, एन्जिला साहा, सुनिल साहा र पूजा मुर्मुलाई गी प्रदान गरिएको प्रशिक्षक निरौलाले बताए ।
महेन्द्र रत्न डोजो बिर्ताबजारमा ८० जनाभन्दा बढी खेलाडीहरु प्रशिक्षण लिइरहेको डोजोका व्यवास्थापक मिरा शिवाकोटी बताउँछिन् । गी हस्तान्तरण गर्न आयोजित संक्षिप्त कार्यक्रममा खेलाडीका अभिभावकसहित स्थानीय खेलप्रेमीहरुको उपस्थिति थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
