
भद्रपुर, ६ मंसिर । झापाको भद्रपुर–९ स्थित ग्यालेक्सी अंग्रेजी आधारभूत विद्यालयको आयोजनामा अन्तर विद्यालय ग्यालेक्सी कप फुटबल प्रतियोगिता सुरु भएको छ ।
भद्रपुर तथा मेची नगरका संस्थागत आधारभूत विद्यालयले प्रतिस्पर्धा गर्ने गरी सुरु भएको प्रतियोगिताको उद्घाटन खेल आयोजक ग्यालेक्सीलाई हराउँदै भद्रपुर–५ को गुरुकुल अंग्रेजी आधारभूत विद्यालयले ३—२ को अन्तरमा जित हात पारेको छ ।

त्यसैगरी, दोस्रो खेल हिमालय धुलाबारीलाई ४—१ अन्तरमा पछि पार्दै इष्ट होराइजनले जित्न सफल भयो । त्यसैगरी, डोल्मा मेमोरियल भद्रपुर–६ लाई हिमालयन भद्रपुर–७ ले ४—० अन्तरमा हराउन सफल भयो । लिटल एञ्जल मेची नगरलाई सेन्ट कुजुर भद्रपुर १० ले पछि पार्दै दोश्रो चरणमा प्रवेश गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष गोपाल अग्रवालको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा भद्रपुर ९ का वडाध्यक्ष शनिलाल राजवंशी, नगर शिक्षा अधिकारी ज्ञानबहादुर पौडेल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै प्रिन्सिपल वेदप्रकाश घिमिरेले खेलकुद स्वास्थ्य र अनुशासनका लागि अनिवार्य भएकोल अन्तर विद्यालय फुटवल प्रतियोगिताले विद्र्थीको क्षमता विकासमा प्रभाव पार्ने धारणा राखेका थिए । २८ वटा विद्यालयले भाग लिएको प्रतियोगिता ५ दिनसम्म चल्ने आयोजकले जानकारी दिएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
