
मेचीनगर, २० मंसिर । दार्जीलिङको पानीघट्टामा जारी गोल्ड कप अन्र्तगत मंगलबार भएको खेलमा न्यू स्टार क्लब काँकरभिट्टा विजयी भएको छ ।
दार्जिलिङ रङगोल फुटबल क्लवलाई ४–५ गोल अन्तरले पराजित गर्दै न्यू स्टार विजयी भएको हो । निर्धारित समयअवधिभर दुवै टिमका तर्फबाट गोल हुन नसकेपछि खेल बराबरीमा रोकियो । त्यसपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

अब डिसेम्बर १० तारिख हुने क्वाटर फाइनल खेलमा न्यू स्टार र एम.एम. एफसी निरपानीयाँबीच प्रतिस्पर्धा हुनेछ ।
पानीघट्टा गेम्स एण्ड स्पोर्टस एशोसिएशनद्धारा आयोजित सो प्रतियोगिताको फाइनल खेल डिसेम्बर २३ तारिख हुने एशोसिएशनका अध्यक्ष जितमान तामाङले बताए ।
यही डिसेम्बर २ तारिखबाट सुरु प्रतियोगितामा नेपाल र भारतका गरी १६ वटा फुटबल क्लवले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले १ लाख तथा उपविजेता टिमले ८० हजार भारतीय रुपैयाँसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
