admin

झापा, ३ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औं महाधिवेशनबाट पुनः नेतृत्वमा दोहोरिने रणनीतिमा जुटेका छन्। संस्थापन इतर समूहका आधा दर्जन नेता नेतृत्वमा पुग्न प्रतिस्पर्धाको तयारीमा जुटेसँगै सभापतिमा दोहोरिन देउवालाई थप सहज हुने उनी पक्षका नेताको बुझाइ छ । संस्थापन पक्षबाटै उपसभापति विमलेन्द्र निधि र पूर्व उपसभापति गोपालमान श्रेष्ठले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। निधि र श्रेष्ठ सभापतिको प्रतिस्पर्धामा अन्तिमसम्म मैदानमा टिकिराखे भने देउवाका लागि नेतृत्वमा दोहोरिन कठिन हुनेछ । १३औं महाधिवेशनमा तत्कालीन संस्थापन पक्षबाट विद्रोह गर्दै कृष्णप्रसाद सिटौलाले नेतृत्वमा प्रतिस्पर्धा गर्दा रामचन्द्र पौडेल कांग्रेसको मूल नेतृत्वमा पुग्न नसकेको बताउँदै देउवा निकट एक नेताले भने, ‘१४औं…

Read More

बलिउड अभिनेत्री प्रीति जिन्टा आमा बनेकी छन् । ४६ वर्षीया प्रीतिले सरोगेसीको माध्यमबाट जुम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् । सामाजिक सञ्जाल इन्स्टाग्रामबाट प्रीतिले यो कुराको जानकारी दिएकी छन् । उनले लेखेकी छन्, ‘जीन र म आज निक्कै खुशी छौं । किनकि, आज हामीले जय जिन्टा गुडइनफ र जिया जिन्टा गुडइनफलाई स्वागत गरेका छौं ।’ प्रीतिले जिन्दगीको नयाँ यात्रालाई लिएर निक्कै नै उत्साहित भएको पनि लेखेकी छन् । उनले लेखेकी छन्, ‘म डाक्टर र नर्सका साथै सबैलाई यो सुखद् यात्राका लागि धन्यवाद दिन चाहन्छु । सबैलाई धेरै माया ।’ प्रीतिले १० वर्ष कान्छा अमेरिकी नागरिक जेन गुडइनफसँग सन् २०१६ फ्रेब्रुअरी २९…

Read More

झापा, २ मंसिर । राष्ट्रियसभाको निर्वाचन माघ १२ गते हुने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निर्वाचनको मिति तोकेको एक मन्त्रीले जानकारी दिए । राष्ट्रियसभाका २० सदस्यको कार्यकाल फागुन २० गते सकिँदैछ । उनीहरुमध्ये एक जना राष्ट्रपतिबाट मनोनित हुने हुन् भने १९ जना निर्वाचनबाट आउनेछन् । राष्ट्रियसभा सदस्यको पदावधि समाप्त हुनु ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

Read More

बिर्तामोड, २ मंसिर । झापाको बिर्तामोड नगरपालिका–६ बुट्टाबारीमा तीव्र गतिमा रहेको कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको नम्बर नखुलेको कारले ठक्कर दिँदा पैदल यात्री इलामको देउमाई नगरपालिका–६ का ३० वर्षीय आकाश लिम्बूको मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार बुधबार साँझ साढे ६ बजे दुर्घटनामा गम्भीर घाइते भएका लिम्बूको उपचारका क्रममा बिर्तामोडको बिएन्डसी अस्पतालमा मृत्यु भएको हो । उनलाई राति १०ः४० बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् ।

Read More

झापा, २ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४७ जनामा कोरोना संक्रमण भएको छ । ४४१ जनाको पीसीआर परीक्षण गर्दा ४५ र ५५ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २०, मोरङमा १५, सुनसरीमा ७, उदयपुर, तेहृथुम र पाँचथरमा १–१ जनामा संक्रमण देखिएको हो । झापाको विर्तामोडमा ६, मेचीनगर र अर्जुनधारामा ३–३, शिवसताक्षी र भद्रपुरमा २–२, हल्दिबारी, गौरादह, दमक र कमल गाउँपालिकामा १–१, मोरङको विराटनगरमा ११, सुन्दरहरैचामा २, पथरीशनिश्चरे र रंगेलीमा १–१, सुनसरीको इटहरीमा ४ र धरानमा ३, उदयपुरको त्रियुगा, तेहृथुमको म्याङलुङ र पाँचथरको हिलिहाङमा…

Read More

झापा, १ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६६ जनामा कोरोना संक्रमण भएको छ । ६५७ जनाको पीसीआर परीक्षण गर्दा ६२ र १३७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३३, झापामा १६, सुनसरीमा ८, उदयपुरमा ३, संखुवासभा र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा २६, सुनबर्षी, बेलबारी, लेटाङ, कटहरी, सुन्दरहरैचा, बुढीगंगा र कानेपोखरीमा १–१, झापाको भद्रपुरमा ४, विर्तामोडमा ३, मेचीनगर र अर्जुनधारामा २–२, कनकाई, दमक, शिवसताक्षी, कमल र झापा गाउँपालिकामा १–१, सुनसरीको धरान, इनरुवा र इटहरीमा २–२, बर्जु र…

Read More

काठमाडौँ, १ मंसिर । काठमाडौंको कोटेश्वरस्थित नेवारी खाजा घरमा किशोरीलाई यौन शोषण गरेको आरोपमा मानव बेचविखन अनुसन्धान ब्यूरोले एक जनालाई पक्राउ गरेको छ । गुल्मी घर भई कोटेश्वरमा खाजा घर चलाउने ५२ वर्षीय नेत्रलाल ज्ञवालीलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता अनुराग द्धिवेदीले बताए । गत बैशाख दोस्रो हप्तादेखि ज्ञवालीले १६ वर्षीया एक किशोरीलाई खाजा घरमा बन्धक बनाएर परपुरुषसँग शारीरिक सम्बन्ध राख्न बाध्य गराएका थिए । कोटेश्वरका अरु गेस्ट हाउसमा समेत लगेर ती किशोरीलाई दैनिक ३ देखि ५ जनासँग सम्बन्ध राख्न बाध्य पारेको ब्यूरोको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । गुल्मीको सत्यवती गाउँपालिका–४ घर भएका ज्ञवालीलाई कार्तिक १७ मा पक्रेर अदालतबाट म्याद…

Read More

झापा, १ मंसिर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत पाएका छन् । प्रदेश सभाको बैठकमा भएको मतदानमा मुख्यमन्त्री राईले विश्वासको मत पाएका हुन् । ९२ सदस्यीय प्रदेश सभामा आज भएको मत विभाजनमा विश्वासको मतको प्रस्तावको पक्षमा ५० मत र विपक्षमा २९ मत परेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।

Read More

झापा, १ मंसिर । नेकपा (एमाले) को दसौँ राष्ट्रिय महाधिवेशनका लागि ११ जिल्लाबाट अझै प्रतिनिधिको विवरण आउन बाँकी रहेको छ । ती जिल्लामा प्रतिनिधि छनोट भइसके पनि प्राविधिक कारणले विवरण अझै नआएको एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । उनका अनुसार कैलाली, कञ्चनपुर, बाजुरा, ताप्लेजुङ, पाँचथर, सुनसरी, सप्तरी, सिराहा, महोत्तरी, रौतहट र धनुषाबाट निर्वाचित भएका प्रतिनिधिको विवरण अझै प्राप्त नभएको हो । “महाधिवेशनका लागि सबै जिल्ला, विभाग र जनसंगठनमा प्रतिनिधि छनोट सम्पन्न भइसकेको छ”, उनले भने, “तर केही प्रक्रिया पु¥याउनुपर्ने भएकाले ती जिल्लाबाट विवरण आउन ढिलाइ भएको हो ।” यस्तै २२ जन सङ्गठनमध्ये छ वटाबाट प्रतिनिधिको विवरण नआएको…

Read More

झापा, १ मंसिर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले बुधबार प्रदेशसभामा विश्वासको मत लिँदै छन् । उनले मंगलबार नै विश्वासको मत लिने भनिएपनि विप्लव नेतृत्वको नेकपाको बन्दको कारण देखाउँदै बैठक स्थगित गरेर आजको लागि सारिएको थियो । राईलाई मत दिने पाँच दलीय सत्ता गठबन्धनमा ५० सांसद छन् । ९३ सदस्यीय प्रदेशसभामा हाल कायम संख्या ९२ छ । गठबन्धनमा काँग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ गरी ५० सांसद छन् । मुख्य विपक्षी एमालेसँग ४१ सांसद छन् ।

Read More