
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, ३१ असार । सिटी एक्सप्रेस फाइनान्स कम्पनीले राजधानी बाहिरको पहिलो साखा विर्तामोडमा खोलेको छ । झापाको विर्तामोडमा खोलिएको उक्त साखा कार्यालयको विर्तामोड नगरपालिकाका प्रमुख धुब्रकुमार शिवाकोटीले आइतवार उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै बैंङ्गिङ क्षेत्र देश आर्थिक समृद्धि बनाउनका लागि महत्वपुर्ण सारथी भएको भन्दै विर्तामोड नगरवाशीले बैँकलाई सहयोग गर्ने बताउनुभयो । साथै बैंकले उद्योगपतिको साथमा खेती किसानी गर्ने किसानहरुलाई समेत ऋण लगानी गर्नुपने बताउनुभयो । विदेशमा रहेका एनआरएनहरुको लगानी रहेको उक्त बैकले अवको वर्षदिनभित्रमै देशका ७ बटै प्रदेशमा शाखा विस्तार गर्दै लगिने बैँकका अध्यक्ष चन्द्र टन्डनले बताउनुभयो । कार्यक्रममा उद्योग बाणिज्य संघका उपाध्यक्ष पृथ्वी डाँगी , बैकका कार्याकारी अधिकृत भीष्मराज…
दुनियाँमा १३ अंकलाई अशुभ मानिन्छ । आखिर किन रु १३ नम्बरको रहस्य के छ रु मानिसहरु यो अंकको प्रयोग गर्नमै हिच्किचाउनुको कारण के छ रु अझ पश्चिमी देशहरुमा १३ अंक प्रतिको विकर्षण र त्रासले आम मानिसमा जरो गाडेको पाइन्छ । १३ नम्बरप्रति यस्तो भय सिर्जना हुनमा धेरै घटना तथा संयोगहरु छन् । ती संयोगहरुले यस्तो माहोल सिर्जना गर्यो कि मानिसहरु यो संख्याप्रति नै डराउन बाध्य भए । यशुमा विश्वास राख्ने मानिसहरुका अनुसार एकदिन यशुलाई रात्रीभोजमा सँगै रहेको एकजना मानिसले विश्वासघात गरेको थियो । संयोग कस्तो भने त्यो मानिस १३ नम्बर कुर्सीमा बसेको थियो । त्यसपछि सबै मानिसहरुले यो अंकलाई दुर्भाग्यपूर्ण…
ताप्लेजुङ, ३१ असार । ताप्लेजुङको सिरिजंघा गाउँपालिकाअन्तर्गत सिनाम आम्बेगुदिन सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । गएरातिको वर्षासँगै माथिबाट झरेको पहिरोले सडक पुरेपछि आज बिहानैदेखि उक्त सडक खण्डमा चल्ने यातायात बन्द भएको स्थानीयवासीले बताएका छन् । सिनाम र आम्वेगुदिन जोड्ने नेगुखोला नजिकै दुई ठाउँमा झरेको पहिरोले सडक पुरेको स्थानीयवासी भीम थेबेले जानकारी दिए । उनका अनुसार तेल्लोक र आम्वेगुदिनबाट पाँचथर, इलाम साथै झापाको बिर्तामोड जाने सवारी साधन बीचबाटोमा नै रोकिएका छन् भने यात्रु अलपत्र परेका छन् । यस्तै ताप्लेजुङ सदरमुकामतर्फ गएका र सदरमुकामबाट तेल्लोक आम्वेगुदिन आएका सवारी साधनसमेत बीचैमा रोकिएका छन् । थेबेका अनुसार बिहानैदेखि पहिरोले बाटो अवरोध भए…
पथरी, ३१ असार । भूमिसुधार कार्यालय विराटनगरका नायब सुब्बा दामोदर खतिवडालाई रु ३० हजार घुससहित पक्राउ गरिएको छ । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा कार्यरत प्रहरी निरीक्षक राजन कार्कीसहितको टोलीले आज विराटनगर कार्यालयबाटै पक्राउ गरेको हो । प्रहरी निरीक्षक कार्कीले रु ३० हजार घुससहित पक्राउ गरेको पुष्टी गरे । उनले भने – ‘भूमिसुधार कार्यालय विराटनगरका नायब सुब्बा दामोदर खतिवडा रु ३० हजार नगदसहित पक्राउ गरिएको हो ।’ विराटनगरका एक व्यक्तिसँग मोहियानी हक दिलाइदिने भन्दै खतिवडाले घुस मागेको बताइन्छ । तिनै व्यक्तिले अख्तियारलाई सम्पर्क गरेर यसबारे जानकारी दिएका थिए । घुस दिने व्यक्तिको पहिचान अख्तियारले गोप्य राखेको छ ।
झापा, ३० असार । झापालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने योजना धकेलिँदै गएको छ । सन् २०१७ भित्रै झापालाई नै खुला दिसामुक्त घोषणा गर्ने अभियान सञ्चालन गरिए पनि त्यो सफल हुन सकेन । निर्धारित समयभित्र जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न नसकिएपछि २०७५ को जेठ मसान्तसम्ममा खुला दिसामुक्त जिल्ला घोषणा गर्ने लक्ष्य निर्धारण गरिएको थियो । तर, एक महिना बित्न लाग्दा पनि लक्ष्य हासिल हुन सकेको छैन । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख सोम पोर्तेलले अभियान सम्पन्न गर्न केही जटिलता थपिएकाले तोकिएको समयमा खुला दिसामुक्त जिल्ला घोषणा गर्न नसकिएको बताउनुभयो । झापामा अहिले…
काठमाडौँ, २९ असार । दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगिता काठमाडौँमा आजदेखि शुरु भएको छ । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो संघद्वारा आयोजित उक्त प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले एक कार्यक्रमबीच गर्नुभयो । प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, चीन र तुर्किमिनिस्तानका खेलाडी सहभागि छन् । उद्घाटन कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार ९विश्वकर्मा०ले यस किसिमको प्रतियोगिताले खेलक्षेत्र र खेलाडीको स्तरोउन्नति हुने बताउनुभयो । प्रतियोगितामा जुनियर र सिनियरका उमेर समूह, तौल समूहमा स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याट्रन, टिम प्याट्रन तथा सेल्फ डिफेन्समा प्रतिस्पर्धा हुनेछ । यही असार ३१ गतेसम्म हुने उक्त प्रतियोगितामा १५० स्वर्ण, १५० रजत र ३०० कास्य पदकका लागि प्रतिस्पर्धा…
काठमाडौं, २९ असार । सरकारले गरीबको पहिचान गर्दै परिचय पत्र वितरण शुरु गरेको छ । गरीबको वर्गीकरण गरे अति गरीबलाई रेडकार्ड, मध्यमलाई पहेँलो कार्ड वितरण शुरु गरेको हो । २६ जिल्लामा पहिचान भएका गरिब परिवारका लागि आजदेखि परिचय पत्र प्रदान गर्न थालेको हो । सरकारी अभियान सुरु भएसँगै अब तत्काल ३ लाख ९१ हजार ८३१ घर परिवारले गरिबीको परिचयपत्र पाउनेछन् । सरकारले गरिबीका आधारमा तीन प्रकारका काडइ वितरण गर्नेछ । चरम गरिबले रातो कार्ड पाउनेछन् भने मध्यम गरिवले पहेँलो कार्ड र सामान्य गरिबले नीलो कार्ड पाउनेछन् । मानव विकास सूचकांक भन्दा तल रहेका जिल्लाहरुबाट परिचयपत्र वितरण सुरु गरिएको मन्त्रालयले जनाएको…
काठमाडौँ, २९ असार । स्थानीय गाईको संरक्षणका लागि इच्छा लाग्नेबाट सहयोग संकलनका लागि श्रीमदभागवत ज्ञान महायज्ञ शुरु भएको छ । श्रीकृष्ण प्रेम संस्था नेपाल (कृप्सन) ले असार २४ गते आइतबारदेखि शुरु गरेको महायज्ञ असार ३० गते शनिबार सकिने छ । अग्रवाल भवन कमलपोखरीमा भइरहेको महायज्ञमा उपस्थित हुनेलाई सहयोग गर्नेपर्ने अनिवार्यता नगरिएको अध्यक्ष लक्ष्मी पोखरेलले राससलाई जानकारी दिनुभयो । “भागवत मागी खाने भाँडा बनेको छ, हामी कथा सुन्न सबैलाई आमन्त्रण गर्छौं, कथा सुन्दैमा दान गर्नुपर्छ, भन्ने अनिवार्य छैन, गीत, संगीत र नृत्यका माध्यमबाट स्रोतालाई दान गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको होइन”–उहाँले भन्नुभयो । कार्यक्रममा आचार्य इन्द्रेशले कथावाचन गरिरहनुभएको छ । इच्छुक…
काँकडभिट्टा, २९ असार । भानु साहित्यिक प्रतिष्ठान काँकडभिट्टाले कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेसहित साहित्यकार र पत्रकारलाई सम्मान गरेको छ । २०५ औँ भानु जयन्तीको अवसरमा आज काँकडभिट्टामा भएको कार्यक्रममा सामाजिक क्षेत्रमा विशिष्ठ योगदान पु¥याएबापत कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेलाई रु एक लाखको भानु पुरस्कार प्रदान गरिएको हो । पत्रकार राजु अधिकारीलाई रु २५ हजारको धनमाया देवकुमारी, प्रजापति उप्रेती पत्रकारिता पुरस्कार र साहित्यकार राजेन्द्र संग्रौलालाई रु २५ हजारको हेमराज मेदनी खरेल साहित्यिक पुरस्कार प्रदान गरिएको छ । दृष्टिविहीन गायक जेठा मुर्मुलाई भानु प्रतिभा पुरस्कार र इञ्जिनियर रुद्र मैनालीलाई प्रतिभा सम्मान प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीले जानकारी दिनुभयो ।…
कल्पना पौडेल काठमाडौँ, २९ असार । चिकित्सा शिक्षाका लागि वार्षिक ५०० बढी विद्यार्थी विदेशिने गरेको पाइएको छ । हरेक वर्ष नेपालका पाँच मेडिकल कलेजमा पढ्ने विद्यार्थीबराबरको संख्या विदेशिने गरेको पाइएको हो । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा नेतृत्वको आयोगले आगामी १० वर्षसम्म मेडिकल कलेज खोल्न नहुने र विश्वविद्यालयले पनि थप सम्बन्धन दिन नपाउने सुझाव दिएपछि त्यस्तो अवस्था आएको हो । नेपालका सञ्चालनमा रहेका २३ वटा मेडिकल कलेजको सिट संख्या कटौती गरिएपछि विदेशिने विद्यार्थीको संख्यामा बढोत्तरी हुन पुगेको हो । नेपाल मेडिकल काउन्सिलका अनुसार सन् २०१७ मा एमबिबिएसका अध्ययनका लागि एक हजार ६३१ र बिडिएसमा ५५५ जना भर्ना भएका थिए…