
बिर्तामोड, ३१ असार । सिटी एक्सप्रेस फाइनान्स कम्पनीले राजधानी बाहिरको पहिलो साखा विर्तामोडमा खोलेको छ ।
झापाको विर्तामोडमा खोलिएको उक्त साखा कार्यालयको विर्तामोड नगरपालिकाका प्रमुख धुब्रकुमार शिवाकोटीले आइतवार उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै बैंङ्गिङ क्षेत्र देश आर्थिक समृद्धि बनाउनका लागि महत्वपुर्ण सारथी भएको भन्दै विर्तामोड नगरवाशीले बैँकलाई सहयोग गर्ने बताउनुभयो ।
साथै बैंकले उद्योगपतिको साथमा खेती किसानी गर्ने किसानहरुलाई समेत ऋण लगानी गर्नुपने बताउनुभयो । विदेशमा रहेका एनआरएनहरुको लगानी रहेको उक्त बैकले अवको वर्षदिनभित्रमै देशका ७ बटै प्रदेशमा शाखा विस्तार गर्दै लगिने बैँकका अध्यक्ष चन्द्र टन्डनले बताउनुभयो ।
कार्यक्रममा उद्योग बाणिज्य संघका उपाध्यक्ष पृथ्वी डाँगी , बैकका कार्याकारी अधिकृत भीष्मराज चालिसे लगायातले सफलताको शुभकामना राख्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

