
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २१ मङ्सिर । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी फागुन २१ गते हुनेगरी समयसीमा निर्धारण गरिएको छ । निर्वाचनका लागि राजनीतिक दलहरूले आन्तरिक रूपमा तयारीलाई तीव्र पारेका छन् । आयोगले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सञ्चालन गर्ने भएको छ । आज बिहान १० बजेदेखि अपराह्न ४ः०० बजेसम्म समानुपातिक निर्वाचन प्रणालीका लागि राजनीतिक दलले आवेदन दिने समयसीमा निर्धारण गरेको छ । समानुपातिकतर्फको निर्वाचनका लागि आवेदन दिएका राजनीतिक दलको सूची भने यही मङ्सिर २४ गते प्रकाशित हुनेछ । यसरी आवेदन…
झापा, २१ मंसिर । असोज पहिलो साता हत्या भएकी मोरङ लेटाङ नगरपालिका–२ फडानीकी १३ वर्षीया अंशु गौतमका हत्या आरोपमा एक जना पक्राउ परेका छन् । अंशुको हत्यामा संलग्न भएको आरोपमा मोरङ प्रहरीले बिचारी भनिने पदम अधिकारीलाई पक्राउ गरेको हो । अधिकारी अंशुका छिमेकी भएको प्रहरीले जनाएको छ । असोज २१ गते घरबाट हराएकी अंशुको शव १८ दिनपछि लेटाङ र बेलबारीको सिमानामा पर्ने बेलबारी–चिसाङ साझेदारी सामुदायिक वनभित्र कुहिएको अवस्थामा फेला परेको थियो । स्थानीयले घाँस काट्न जाँदा शव देखेर प्रहरीलाई खबर गरेका थिए । अंशुको शव टाउको र शरीर छुट्टिएको अवस्थामा भेटिएको थियो । अंशुको बलात्कारपछि धारिलो हतियार प्रयोग गरी हत्या…
झापा, २० मंसिर । नेपाल सितोरियो कराते डो संघको आयोजनामा बिर्तामोडमा तीन दिनदेखि सञ्चालित ब्ल्याक बेल्ट ग्रेडिङ दीक्षान्त कार्यक्रम आज सम्पन्न भएको छ । संङ्घको वार्षिक कार्यक्रम अनुसार बिर्ताबजारस्थित महेन्द्ररत्न मावि डोजोमा ब्ल्याक बेल्ट फस्ट, सेकेण्ड र थर्ड डानको ग्रेडिङ दीक्षान्त भएको हो । ग्रेडिङ परीक्षामा झापा, इलाम र सुनसरीका १३० जना खेलाडी सहभागी थिए । खेलाडीहरूलाई प्रयोगात्मकसहित सैद्धान्तिक ज्ञानसमेत प्रदान गरिएको बताइएको छ । सो दीक्षान्तको समापन कार्यक्रम मेची आँखा अस्पतालको सभाहलमा गरिएको थियो । उक्त अवसरमा सहभागी खेलाडीहरुले काता प्रदर्शन गरेका थिए भने उनीहरुलाई १०० पूर्णाङ्कको वस्तुगत प्रश्न सोधेर लिखित परीक्षा पनि लिइएको थियो । नेपाल सितोरियो कराते…
स्वस्थ रहनका लागि आफूलाई रोगबाट बचाउन जरुरी हुन्छ । र रोगबाट बच्न रोगप्रतिरक्षा प्रणाली मजबुत हुनुपर्छ । आफ्नो खानामा त्यस्ता पदार्थहरु समावेश गर्नुस्, जसले तपाईको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ । आउनुस आज हामी तपाईँलाई केही त्यस्ता पेय पदार्थ ९जुस० को बारेमा जानकारी गराउछौँ, जसको नियमित सेवनले मात्रै तपाईँलाई सम्भावित रोगहरुबाट बचाउछ र स्वस्थ राक्छ । १. कागतीको रस सजिलै पाइने कागतीको सेवनले रोग प्रतिरक्षा क्षमता बढाउन मद्दत गर्छ । प्रसस्त मात्रामा भिटामिन सी एन्टीअक्सीडेनट पाइने हुँुदा यसले बिबिध प्रकारका रोगबाट बचाउँछ । २. स्याउको जुस एउटा अंग्रेजी कथन नै छ दिनहुँ एउटा स्याउ खाने ब्यक्ति डाक्टरकोमा कहिल्यै जान…
यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक गरिएको छ । माघ १ गतेबाट प्रदर्शनमा आउने चलचित्रको टिजरमा बाबा र छोरीको इमोस्नल सम्बन्ध देखाइएको छ । आमाको अनुपस्थितिमा बुवासँग रहेकी छोरी र उनीहरूबीचको इमोस्नल सम्बन्धको कथा टिजरमा देख्न सकिन्छ । बुवाको भूमिकामा दयाहाङ राई छन्, जसले छोरी (शाइसा गौचन)को लालनपालन र शिक्षाको जिम्मेवारी उठाएका छन् । यसका लागि उनी स्कुलमा काम गर्छन् । छोरीले जानअन्जानमा नै आमाको अभावको महसुस गरिरहेकी छन् । यो दयाहाङले पनि महसुस गरेका छन् । सिर्जना निङलेखु स्कुलकी शिक्षिका हुन् । उनी त्रिकोणात्मक प्रेममा रहेको छनक टिजरले दिएको छ । दयाहाङ राई र प्रकाश…
झापा, २० मंसिर । जेनजी आन्दोलनका क्रममा झापाका प्रहरी कार्यालयहरूमा आक्रमण गर्ने ४६ जना पक्राउ परेका छन् । त्यसमध्ये २१ जना जेल चलान भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । उनले चार जना नाबालकलाई अभिभावकको जिम्मा लगाइएको , ती नजना धरौटीमा रिहा भएको , ७ जना हाजिरी जमानीमा छुटेको र बाँकीमाथि अनुसन्धान भइरहेको जानकारी दिएका छन् । बिर्तामोडमा तोडफोड र आगजनी गर्ने ८ जना हिजो जेल चलान भएका छन् । चार जनालाई पुर्पक्षका लागि र चार जनालाई धरौटी तिर्न नसकेर कारागार पठाइएको हो । आपराधिक उपद्रव, थुनुवा भागे भगाएको र हातहतियार मुद्दामा झापा जिल्ला अदालतमा थुनछेक…
झापा, २० मङ्सिर । झापाको शिवसताक्षीमा मध्यराति श्रीमतिको बाम्फोक प्रहारबाट श्रीमान गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । शिवसताक्षी नगरपालिका वडा नं। ११ झिलझिलेमा शुक्रबार राति करिब १२ बजे सामान्य घरायसी विवादका क्रममा ४४ वर्षीया श्रीमती कमला तामाङले ३३ वर्षीय श्रीमान टंकबहादुर सुब्बामाथि धारिलो हतियार बाम्फोक प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए । बाम्फोक प्रहारबाट टंकबहादुरको दाहिने खुट्टामा गहिरो चोट लागेको र बिएण्डसी अस्पता बिर्तामोडमा उपचार भइरहेको प्रहरीको भनाइ छ । घाइतेको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । घटनामा संलग्न श्रीमति कमलालाई बाम्फोकसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको खड्काले बताए । घटनाको विषयमा…
काठमाडौँ, २० मंसिर । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच भइरहेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा विराटनगरले टस जितेर पहिला बलिङ रोजेको हो । सुदूरपश्चिम अपराजित रहेर छ खेलबाट १२ अङ्क जोडेर पहिलो क्वालिफायरमा पुगिसकेको छ । आठ अङ्कसहित प्लेअफमा सुरक्षित भएको विराटनगरलाई भने पहिलो क्वालिफायर खेल्न आजको जीत आवश्यक छ । राम्रो रनरेटका साथ जीत निकालेको सुदूरपश्चिमसँग विराटनगरले पहिलो क्वालिफायर खेल खेल्नेछ । अन्यथा लुम्बिनी लायन्ससँग इलिमिलेटर खेल्नेछ । त्यसपछि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र काठमाडौँ गोर्खाज भिड्नेछन् । आजै दिउँसो ३ः३० बजे चितवन राइनोज र…
एजेन्सीँ, २० मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जन्मसिद्ध नागरिकता अन्त्य गर्ने योजनासँग सम्बन्धित मुद्दा सर्वोच्च अदालतमा पुगेको छ । संवैधानिक रूपमा अत्यन्तै संवेदनशील मानिने यो विषयमा सर्वोच्च अदालतले हिजो सुनुवाइ गर्न सहमति जनाएको अल जजिराले उल्लेख गरेको छ । अदालतले अझै सुनुवाइको मिति तोकेको छैन, तर आउँदो वर्षको शुरूतिर बहस प्रारम्भ हुने र जून महिनासम्ममा निर्णय आउने अनुमान गरिएको छ । ट्रम्पले आफ्नो कार्यकालको पहिलो दिन, जनवरी २० मा, एक कार्यकारी आदेश जारी गर्दै अवैधानिक रूपमा अमेरिकामा रहेका व्यक्तिहरू वा अस्थायी भिसामा रहेका अभिभावकका बालबालिकालाई स्वतः अमेरिकी नागरिकता नदिइने व्यवस्था घोषणा गर्नुभएको थियो । तर संघीय अदालतहरूले लगातार यो…
झापा, २० मंसिर । हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । आज राति गण्डकी प्रदेशको हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू–भागमा पनि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।