
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ६ मंसिर । पछिल्लो १५ दिनयता बजारमा दैनिक अत्यावश्यकीय उपभोग्य वस्तुको भाउ महँगिएको छ । भान्छामा नभई नहुने दाल, चामल, खाने तेललगायतको भाउ पुनः महँगिएको हो । तरकारी, मासु र इन्धनको पनि मूल्य वृद्धि भएको छ । सरकार र सरकारका नियमनकारी निकाय सङ्घीय तथा प्रदेश सभाको निर्वाचनमा केन्द्रित भएको मौका छोपी व्यापारीहरूले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहानामा खाद्यवस्तुको भाउ बढाएका हुन् । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो १५ दिनमा खाने तेलको मूल्य प्रतिलिटर १० रुपियाँसम्म बढेको छ । तोरीको तेल प्रतिलिटर १० रुपियाँ, सनफ्लावर प्रतिलिटर १० रुपियाँ र भटमासको तेल प्रतिलिटर पाँच रुपियाँ बढेको सङ्घले जनाएको छ ।…
कनकाई, ५ मंसिर । झापा क्षेत्र नम्बर ४ को को मतगणनामा स्वतन्त्र पार्टीका उम्मेद्वारले अग्रता लिएका छन्। झापा ४ मा ४ हजार ५ सय १२ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका घण्टी चुनाव चिह्नका शम्भु ढकालले १ हजार ७ सय ८१ मत ल्याएर अग्रता कायम नै राख्नु भएको छ। झापा ४ मा नेकपा एमालेका लालप्रसाद साँबा लिम्बूले १ हजार ४ सय ६९ मत र नेपाली कांग्रेसका देउमान थेबेले ८ सय २७ स्वतन्त्रकि उम्मेद्बार खुस्बु ओलिले ७३ मत प्राप्त गर्दा २ सय४४ मत बदर भएको निर्वाचन अधिकृत प्रकाश गौतमले जानकारी दिनुभयो। झापा ४ मा सङ्घीय निर्वाचनमा ६ स्वतन्त्रसहित १८ उम्मेद्वार चुनावी प्रतिस्पर्धामा…
भद्रपुर, ५ मंसिर । झापा क्षेत्र नम्वर ३ को चार हजार चार सय ५३ मत गणना गर्दा राप्रपाका अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले आफ्नो अग्रतालाई बढाउँदै ५६१ मत पुरयाएका छन् । प्राप्त मत परिणाम अनुसार लिङ्देनको २ हजार २ सय ४६ तथा नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको एक हजार ६ सय ८५ मत रहेको छ । यस्तै प्रदेश सभा तर्फ क को ३ हजार २ सय ३८ मत गणाना हुँदा नेपाली काँग्रेसका भूमिप्रसाद राजवंशीको अग्रता कायममै रहेको छ । राजवंशीको एक हजार ५ सय ११ मत छ भने नेकपा एमालेका बसन्तकुमार बानियाको एक हजार ४ सय ३२ मत रहेको छ…
झापा, ५ मंसिर । झापा क्षेत्र नम्बर ४ को को मतगणनामा स्वतन्त्र पार्टीका उम्मेद्वारले अग्रता लिएका छन् । झापा ४ मा ३४४८ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका घण्टी चुनाव चिह्नका शम्भु ढकालले १३४८मत ल्याएर अग्रता बनाउनुभएको छ। झापा ४ मा नेकपा एमालेका लालप्रसाद साँबा लिम्बूले १११८ मत र नेपाली कांग्रेसका देउमान थेबेले ६३२ मत प्राप्त गर्नुभएको छ। झापा ४ मा सङ्घीय निर्वाचनमा ६ स्वतन्त्रसहित १८ उम्मेद्वार चुनावी प्रतिस्पर्धामा रहनुभएको छ। झापा ४ मा कुल १ लाख २३ हजार १ सय २४ मतदातामा ७९ हजार ६ सय ५७ जनाले मतदान गरेको निर्वाचन अधिकृत प्रकाश गौतमले जानकारी दिनुभयो।
दमक, ५ मंसिर । झापा क्षेत्र नं. ५ मा नेकपा एमाले झण्डै दोब्बर मतले अग्रता कायम गरेको छ । यो क्षेत्रमा ६२२५ मत गणना गर्दा एमालेका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पार्टी अध्यक्ष केपी शर्मा ओली (सूर्य) ले ३२१२ मत प्राप्त गरेका छन् भने सत्ता गठबन्धनका खगेन्द्र अधिकारी (रुख) ले १५२३ मत पाएका छन् ।
झापा, ५ मंसिर । झापाको निर्वाचन क्षेत्र नं. २ मा ११६०९ मतगणना भएको छ । जसमा एमालेको अग्रता कायमै रहेको छ । एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार देवराज घिमिरेले ३९७० मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार भद्र प्रसाद नेपाल (स्वागत) ले ३२५० मत र सत्ता गठबन्धनका उम्मेदवार हरिकुमार रानामगरले २३२४ मतका साथ तेस्रो स्थानमा छन् ।
भद्रपुर, ५ मंसिर । आइतबार सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा झापा क्षेत्र नं.३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता कायम गरेका छन । २००७ मत गणना गर्दा लिङ्देनले १००३ र कांग्रेस नेता कृष्ण सिटौलाले ७८४ मत पाएका छन् । तेस्रो स्थानमा ८९ मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ ।
झापा, ५ मंसिर । कोरोना भाइरस सङ्क्रमणले करिब दुई वर्षसम्म थलिएको पर्यटन क्षेत्रले पछिल्लो समय गति लिँदैछ । त्यसको प्रमाण हो, यो नोभेम्बर अघिसम्म नेपालमा ८८ हजार ५८२ जना विदेशी पर्यटक भित्रिएका छन् । सन् २०२२ को दशमहिना अवधिमा नेपालमा ४ लाख ७३ हजार ५६३ जना विदेशी पर्यटक भित्रिएका छन् । कोरोना संक्रमण सुरु हुनुअघि नेपालमा सन् २०१९ मा झन्डै १२ लाख विदेशी पर्यटक भित्रिएका थिए । सरकारले कोरोनापछिको पर्यटक आगमनलाई २०२३ सम्म ुरिकभरु गर्ने लक्ष्य लिएको छ । सरकारी लक्ष्यलाई बल पुग्ने गरी सिजनको आगमन बढ्दै गएको पर्यटन बोर्डले बताएको छ । यो वर्षको अझै दुई महिना समय बाँकी…
बनियानी, ५ मंसिर । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना आज बिहानदेखि झापाको झापा क्षेत्र नं. २ मा शुरु भएको छ । आज बिहान ३ः३० बजेदेखि झापा क्षेत्र नं. २ अन्तरगतको अर्जुनधारा नगरपालिका–११ मा खसेको मतको गणना शुरु गरिएको झापा क्षेत्र नं. २ का निर्वाचन अधिकृत केशवराज पन्तले जानकारी दिनुभयो । झापा २ मा हाल एक ठाउँबाट मत गणना शुरु भएको छ भने बिहान ९ बजेपछि पाँच÷छ वटा स्थानबाट गणना शुरु गरिने मत गणक कर्मचारी सौगात कटुवालले बताउनुभयो । करिब चार हजार पाँच सय मत गणना गर्न शुरु गरिएको र मत गणनाको परिणाम बिहान ९ः०० बजे घोषणा गरिने कटुवालले…
झापा, ५ मंसिर । नेपालमा भित्रिएको विदेशी लगानी बराबर नै लगानीकर्ताले लाभांश फिर्ता लगेको पाइएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक (असोज) सम्मको आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार विदेशी लगानीकर्ताले तीन महिनामा एक अर्ब ८० करोड रुपैयाँ लाभांश लगेका हुन् । जब कि सोही अवधिमा नेपालमा केवल एक अर्ब ८८ करोड रुपैयाँको विदेशी लगानी भित्रिएको तथ्याङ्कले देखाउँछ । यस हिसाबले नेपालमा भित्रिएको लगानीभन्दा फिर्ता लगेको लाभांश केवल आठ करोड रुपैयाँले मात्र कम हो, जुन लगानी र लाभांश फिर्ताको अनुपातमा अत्यन्त न्यून हो । लगानीकर्ताले तीन महिनामा लगेको लाभांश विगत दुई वर्षकै कुल लाभांशभन्दा…