झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ८ मंसिर । प्रदेश १ मा यस्तो छ दलहरुको प्रगति— नेकपा एमालेबाट विजयी तथा अग्रता लिएका क्षेत्रहरू१, योगेश भट्टराई, ताप्लेजुङ (विजयी)२, बसन्तकुमार नेम्वाङ, पाँचथर (अग्रता)३, महेश बस्नेत, इलाम १ (अग्रता)४, सुवासचन्द्र नेम्वाङ, इलाम २ (अग्रता)५, देवराज घिमिरे, झापा २ (अग्रता)६, लालप्रसाद साँवा लिम्बू, झापा ४ (अग्रता)७, केपी शर्मा ओली, झापा ५ (विजयी)८, राजेन्द्रकुमार राई, धनकुटा (अग्रता)९, घनश्याम खतिवडा, मोरङ १ (अग्रता)१०, ऋषिकेश पोखरेल, मोरङ २ (अग्रता)११, भगवती चौधरी, सुनसरी ३ (अग्रता)१२, जगदिशप्रसाद कुसियैत, सुनसरी ४ (अग्रता)१३, मानबीर राई, सोलुखुम्बु (अग्रता)१४, अम्बर बहादुर रायमाझी, उदयपुर २ (विजयी) नेपाली कांग्रेसबाट विजयी तथा अग्रता लिएका क्षेत्रहरू१, विश्वप्रकाश शर्मा, झापा १ (विजयी)२, दिपक…

Read More

झापा, ८ मंसिर । पछिल्लो समय आयात हुने वस्तुको सूचीमा सबैभन्दा माथि रहँदै आएको डिजेल, पेट्रोल र एलपीजी ग्यास आयात पोहोरको तुलनामा घटेको पाइएको छ । डिजेल आयातको परिमाण २६ दशमलव ६३ प्रतिशतले घटेको हो । पेट्रोलियम पदार्थ आयातको मात्रा घटे पनि कच्चा तेलको मूल्यमा भएको चर्को वृद्धि र नेपाली मुद्रा अवमूल्यनका कारण पैठारीका लागि बाहिरिएको रकम भने बढेको छ । पोहोर ३४ अर्ब ३३ करोड २१ लाख रुपैयाँ डिजेल आयातमा बाहिरिएकोमा यसपालि यो घटेर ४४ अर्ब २८ करोड ५३ लाख १९ हजार रुपैयाँ पुगेको छ । यसपालि साउन ( कात्तिकमा सबैभन्दा बढी आयात भएको वस्तु डिजेल नै हो ।…

Read More

झापा, ८ मंसिर । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि मङ्सिर ४ गते भएको निर्वाचन सुरक्षामा खटिएका एक लाख १५ हजार म्यादी प्रहरी (अस्थायी) को बिहीबार बिदाइ गरिँदै छ । गृह मन्त्रालयले तयार पारेको विशेष सुरक्षा योजनाअन्तर्गत निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी भर्ना गरिएको थियो । नेपाल प्रहरीले गत असोज ३० गते ७७ वटै जिल्लाबाट एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गरेको थियो । नेपाल प्रहरीका केन्द्रीय सहप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बिहीबार म्यादी प्रहरीको बिदाइ गरिने जानकारी दिए । उनका अनुसार म्यादी प्रहरीलाई धन्यवाद तथा प्रमाणपत्रसहित बिदाइ गरिने तयारी छ । निर्वाचन सुरक्षा योजनाअन्तर्गत नेपाली सेना,…

Read More

भद्रपुर, ८ मंसिर । झापा क्षेत्र नं. १ मा विजय भएसँगै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको संसदीय यात्रा शुरु भएको छ ।्प्रतिनिधिसभा निर्वाचन अन्तरगत झापा क्षेत्र नं. १ मा नेकपा (एमाले) का स्थायी समिति सदस्य अग्नि खरेललाई पराकिलो मतान्तरले पराजित गरेसँगै महामन्त्री शर्माको संसदीय यात्रा शुरु भएको हो । उहाँले महामन्त्री शर्माले ३९ हजार ६२४ मतका साथ विजयी हुनुभएको छ भने उहाँका निकटम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार एमाले स्थायी समिति सदस्य अग्नि खरेलले २५ हजार ३४९ मत प्राप्त गरी उपविजयी बन्नु भएको झापा क्षेत्र नं. १ का निर्वाचन अधिकृत टंकबहादुर महतले जानकारी दिनुभयो । पिता पर्शुराम र माता सावित्री शर्माका…

Read More

झापा, ८ मंसिर । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन खुला गर्न अझै एक हप्ता लाग्ने भएको छ । यातायात व्यवस्था विभागका कर्मचारी, प्रहरी र प्रदेश यातायात कार्यालयका कर्मचारीहरू निर्वाचनमा खटिएकाले विभागले नयाँ आवेदन खुला गर्न सकेको छैन । निर्वाचनको मत गणना अन्तिम चरणमा नपुग्दासम्म आवेदन खुलाउन सहज नुहने विभागले जनाएको छ । विभागले मङ्सिर १ गतेदेखि लाइसेन्स आवेदन बन्द गरेको थियो । कर्मचारीहरू निर्वाचनमा खटिनुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि नयाँ आवेदन बन्द गरेको हो । विभागले ट्राफिक प्रहरी र सम्बन्धित कार्यालयसँग समन्वय गरेर खुला गर्ने जनाएको छ । विभागका प्रवक्ता ईश्वरीप्रसाद पनेरुले भने, “प्रहरी र प्रदेश…

Read More

भद्रपुर, ७ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तरगत झापा क्षेत्र नं. २ मा प्रतिनिधिसभा र दुवै प्रदेशसभामा नेकपा (एमाले) का उम्मेदवारले जितेका छन् । प्रतिनिधिसभामा एमालेका उम्मेदवार देवराज घिमिरे २८ हजार ३७१ मतका साथ निर्वाचित हुनुभएको छ । उहाँले निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार स्वागत नेपालले २६ हजार ४४१ मत प्राप्त गर्नुभएको झापा क्षेत्र नं. २ का निर्वाचन अधिकृत केशवप्रसाद पन्तले जानकारी दिनुभयो । कूल ८७ हजार ३७१ मत खसेको झापा २ मा पाँच हजार ६९६ मत बदर भएको उहाँले बताउनुभयो । त्यस्तै, झापा २ (१) मा एमालेका एकराज कार्की दोस्रो कार्यकालका लागि प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको छ भने झापा…

Read More

भद्रपुर, ७ मंसिर । झापा क्षेत्र नं. ३ को प्रदेशसभा २ मा एमालेका छविलाल चुडाल विजयी भएका छन् । चुडाल १९ हजार ८७५ मतका साथ विजयी भएका छन् भने उनका निकटम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का पूर्णसिंह राजवंशीले १३ हजार ८३३ मत प्राप्त गरेका छन् ।

Read More

झापा, ७ मंसिर । झापा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा २ मा राप्रपाकी सविना बजगाईं विजयी भएकी छन् । बुधबार सम्पन्न अन्तिम मत परिणामबाट सत्ता गठबन्धनका श्यामवीर लिम्बुलाई हराउँदै सविना प्रदेश सदस्यमा चुनिएकी हुन् । बजगाईंले १३६२१ मत पाउँदा लिम्बुले १२२२५ मत पाएका छन् । राप्रपाले यस क्षेत्रमा नेकपा एमालेसँग तालमेल गरेको थियो ।

Read More

बिर्तामोड, ७ मंसिर । झापा क्षेत्र नं १ प्रदेश (१) मा सत्ता गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार गोपाल तामाङ विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी एमालेका रविन कोइरालालाई ४३८८ मतले हराउँदै तामाङ विजयी भएका हुन् । तामाङले २३०४५ मत पाउँदा कोइरालाले १८६५८ मत पाएका छन् । कोइराला एमालेका केन्द्रीय सदस्य तथा तत्कालीन संविधानसभा सदस्य पनि हुन्।

Read More