झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ३० कात्तिक । भारतीय कम्पनी कोंकण रेल्वे कर्पोरेसनले रक्सौल-काठमाडौँ रेलमार्गको फाइनल लोकेसन सर्भेको काम आगामी चार महिनाभित्रै तयार पार्ने भएको छ । कर्पोरेसनले गत वर्षदेखि काठमाडौं-रक्सौल रेलमार्गको सर्भे अध्ययन गरिरहेको छ । २०७८ साल असोज २२ गते नेपाल र भारतका उच्च अधिकारीबीच रक्सौल–काठमाडौँ रेलमार्गको फाइनल लोकेशन सर्वे भारतीय पक्षले गर्ने समझदारीपत्र (एमओयु) मा हस्ताक्षर गरेका छन् । यस अघि २०७७ साल फागुन २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौं–रक्सौल ब्रोडगेज रेलमार्ग निर्माणका लागि आवश्यक काम अघि बढाउन नेपाल र भारत सरकारबीच हुने समझदारीपत्र स्वीकृत गरेको थियो । सोही अनुसार असोजमा सम्झौता भएको हो । रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालले कोंकण…

Read More

झापा, ३० कात्तिक । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रदेश नम्बर १ मा गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् । सत्ता गठबन्धनभित्रको मत विभाजन नहुने हो भने एमालेका कतिपय शीर्ष नेताहरूलाई नै हम्मेहम्मे पर्ने देखिएको स्थानीय पत्रकारहरू बताउँछन् । उक्त प्रदेशको चार जिल्लामा नेपाली कांग्रेससहितको गठबन्धनका उम्मेदवारहरू बढी सुरक्षित देखिएको र नेकपा एमालेका उम्मेदवारहरू प्रतिरक्षामा रहेको पत्रकार युवराज गौतम बताउँछन् । उनका अनुसार स्थानीय तहको मतको आधारमा अघिल्लो निर्वाचनको अवस्था र उम्मेदवारको लोकप्रियताको अवस्थालाई विश्लेषण गर्दा एमालेका भन्दा गठबन्धनका उम्मेदवार धेरै अगाडि छन् । चुनावी रणनीति र प्रचार शैलीले मात्रै मतदाताको मन फर्कन्छ भनेर ढुक्क हुने अवस्था नदेखएकाले एमालेलाई अधिकांश क्षेत्रमा चुनाव…

Read More

बनियानी, २९ कात्तिक । पूर्वपश्चिम लोकमार्ग अन्तरगत झापाको कनकाई नगरपालिका–७ स्थित दुर्गापुरमा आज बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–६ का ५२ वर्षीय नरेन्द्र मैनाली र उनकी श्रीमती ५० वर्षीया सीतादेवी मैनाली रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आज दिउँसो ३ः५० बजे कनकाई–७ दुर्गापुरमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ६७९४ न.को बसले विपरीत दिशाबाट आउँदै गरेको मे ७ प ५०९२ न.को मोटरसाइकललाई ठक्कर दिएको थियो । उक्त दुर्घटनामा मोटरसाइकल चालक नरेन्द्र र मोटरसाइकलको पछाडि सवार सीतादेवी गम्भीर घाइते भएकी थिइन् । घाइते उनीहरुलाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा…

Read More

झापा, २९ कात्तिक । वैदेशिक रोजगार विभागमा कार्यरत नायव सुब्बा प्रमोद पाण्डे पक्राउ परेका छन् । वैदेशिक रोजगार कसुरमा मिलापत्र पश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीसँग घूस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले उनलाई ३० हजार घूससहित पक्राउ गरेको हो । यस्तै खानतलासी गर्दा स्रोत नखुलेको थप ३२ हजार ५५ रुपैयाँ पनि फेला परेको अख्तियारले जनाएको छ । कार्यकक्षबाट मंगलबार पक्राउ परेका उनीमाथि अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । रातोपाटीबाट

Read More

सन्तोष शर्माझापा, २९ कात्तिक । झापा क्षेत्र नं. १ ले यतिबेला मुलुककै ध्यान खिचेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) का दुई ‘हेवी वेट’ बीचको प्रतिस्पर्धाले झापा १ ले मुलुककै ध्यान खिचेको हो । चुनावी रणमैदानमा परिणाम आफ्नो पक्षमा पार्न मुख्यतः यहाँ पाँच दलका दुई गठबन्धनबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र एमाले–राप्रपा तालमेलका तर्फबाट अग्नि खरेल उम्मेदवार बन्नुभएको छ । खरेल र शर्मासहित यो क्षेत्रमा १५ जनाको उम्मेदवारी परेको छ । जसमध्ये ३…

Read More

बिर्तामोड, २९ कात्तिक । झापाको बिर्तामोडस्थित प्रसाईं मार्केटमा आज बिहान आगलागी भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको मुक्तिचोक पूर्वोत्तर धरान टेलर्सको माथिल्लो तल्लामा रहेको ‘वङ्ल रेडिमेट’ पसलमा आगलागी भएको हो । राजु वंशलले सञ्चालनमा ल्याएको सो कपडा पसलमा आगलागी हुँदा एक करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ । बिर्तामोड नगरपालिकाको वारुणयन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए । रासस

Read More

बिर्तामोड, २९ कात्तिक । झापाका पत्रकारको सामाजिक सुरक्षाका लागि नेपाल पत्रकार महासंघ झापा शाखाले १ करोडको लक्ष्यसहित स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा ६४ लाख रुपैयाँ जम्मा भएको छ । कोषको ब्याजबाट पत्रकारहरु बिरामी तथा घाइते भएको अवस्थामा उपचार खर्च समेत उपलब्ध गराउन थालिएको महासंघ झापाले जनाएको छ । सहारा नेपाल साकोससहित विभिन्न सहकारी संस्था, विद्यालय , सामाजिक तथा व्यवसायिक संस्थाले कोषमा रकम सहयोग गरेका हुन् । व्यक्तिगत रुपमा समेत पितृको स्मृति, जन्मोत्सव तथा विवाहउत्सव लागायतका सन्दर्भमा दाताहरुले दिएको सहयोगबाट कोषमा उक्त रकम जम्मा भएको हो । पत्रकारको उपचार तथा दीगो हितका लागि कोषलाई सहयोग गर्ने सबै दाताहरुप्रति महासंघको हालै…

Read More

बिर्तामोड, २९ कात्तिक । यही मंसिर ४ गते हुने आम निर्वाचनमा लोकतान्त्रिक–बाम गठबन्धन संयुक्त संयन्त्रबाट मतदानकेन्द्रमा खटिने एजेन्टहरुका लागि एकदिने प्रशिक्षण कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । गठबन्धनका तर्फबाट झापा क्षेत्र नम्बर–२ प्रदेशसभा २ मा खटिने एजेन्टहरुलाई प्रशिक्षण दिइएको हो । लोकतान्त्रिक–बाम गठबन्धन संयुक्त संयन्त्र क्षेत्र नम्बर–२ निर्वाचन परिचालन समितिका संयोजक सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा प्रशिक्षण सम्पन्न भएको हो । प्रशिक्षणलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका पूर्व केन्द्रीय सदस्य समेत रहनुभएका शिवाकोटीले प्रोक्सी मतदान रोक्न एजेन्टको भुमिका महत्वपूर्ण हुने बताउँदै इमान्दारीपूर्वक कार्य गर्न आग्रह गर्नुभयो । मतपत्रमा मतदान अधिकृतको सहीछाप भए– नभएको, स्वस्तिक छाप ठिक अवस्थामा छ वा छैन ? भन्ने…

Read More

अर्जुनधारा,२९ कात्तिक । नेपाल मगर विद्यार्थी संघ झापाले बिद्यालय तथा बालगृहका बालबालिकालाई स्टेशनरी बितरण गरेको छ । बन्दी सहायता नेपालद्वारा संचालित मनमाया आमा बालगृह र जुनकीरी सार्वजनिक प्राथमिक बिद्यालय अर्जुनधारा ११ का एक सय १० जना विद्यार्थीलाई स्टेशनरी बितरण गरेको हो । २०७९ सालको तिहारमा मगर संस्कृती जोगाउदै देउसी खेलिएको , त्यसबाट संकलन रकमले हामी पनि विद्यार्थी र विद्यार्थी मै खर्च गर्ने निर्णय अनुसार इन्दिरा रानाले कारागार रहेको अभिभावकसँग आस्रित बालबालिका र अति बिपन्न बालबालिकाहरुलाइ स्टेशनरी बितरण गरेको सल्लाहकार प्रभास थापाले बताए ।  नेपाल मगर विद्यार्थी संघ झापाका अध्यक्ष मुना रानाको अध्यक्षता र नेपाल मगर संघ जिल्ला अध्यक्ष तथा बिद्यालय सस्थापक…

Read More

झापा, २९ कात्तिक । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भङ्गेरीमा आमाछोरीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २१ वर्षका पुष्कल भनिने सोनम तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । उनका अनुसार ती व्यक्ति घरेलु हतियारसहित उक्त घरतर्फ गएको, घटनास्थलमा उनले बोकेको घरेलु हतियार र उनको चप्पल भेटिएको छ । घटनालगत्तै उनी फरार रहेको पाएपछि काठामाडौँतर्फ जान लागेको समयमा आज बिहान पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याउन लागिएको छ । बीस वर्षीया सम्झना पाण्डे औखतिवडाओ र उनकी छोरी तीन वर्षीया कृष्टिना खतिवडाको सोमबार साँझ…

Read More