झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १५ कात्तिक । बथानबाट एक्लिएको हात्तीको एउटा छावालाई सोमबार मेचीनगरबाट उद्धार गरिएको छ । भारतबाट आइतबार नेपाल पसेको करिब आठ महिनाको सो छावा मेचीनगरको वडा नं ४, ६ र ७ का विभिन्न स्थानमा डुल्ने गरेको थियो । वन कर्मचारी र स्थानीय बासिन्दाले सो छावालाई मेचीनगर–७ गोमनसरीबाट नियन्त्रणमा लिएर मेचीनगर–४ स्थित दशगजामा भारतीय वन कार्यालयका कर्मचारीलाई बुझाएका छन् । उद्धारको पहलकर्ता मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीका अनुसार धानबारीमा डुलिरहेको अवस्थामा आज दिउँसो १ बजे छावालाई उद्धार टोलीले नियन्त्रणमा लिएको थियो भने अपराह्न ४ बजेतिर भारतीय वन कार्यालयका कर्मचारीलाई जिम्मा लगाइएको थियो । नियन्त्रणमा लिइएको हात्तीको छावालाई मिनी ट्रकमा हालेर दशगजासम्म…

Read More

झापा, १५ कात्तिक । ‘क’ वर्गका २६ वटै वाणिज्य बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरूको नाफा सामान्य रूपमा बढेको छ । बैंकहरूले साउन, भदौ र असोजमा १८ अर्ब ६४ करोड ६८ लाख नाफा कमाएका हुन् । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५।९४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा यी बैंकले १७ अर्ब ७० करोड ५७ लाख रुपैयाँ नाफा कमाएका थिए । तीन महिनामा बैंकहरूको निष्क्रिय कर्जा बढेका कारण नाफा बढेको देखिएको छ । राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेस्टमेन्ट बैंकको निष्क्रिय कर्जा घटेको छ भने सेन्चुरी कमर्सियल बैंकको स्थिर रहेको छ । यस अवधिमा सबैभन्दा…

Read More

झापा, १५ कात्तिक । आइतबारदेखि सामाजिक सञ्जालमा एउटा फोटो ‘भाइरल’ भएको छ । आधा भत्किएको झोलुङ्गे पुलको बीचबाट पुलमा चढ्न मिल्ने गरी बनाइएको आकर्षक काठेपुल रमाइलो विषय बनेको छ । तर, त्यस्तो पुलको दुःखको कथा अर्कै छ । कर्णाली प्रदेशको कालीकोट जिल्लाको जिते कर्णालीमा कर्णाली नदी तर्नका लागि स्थानीयले गरेको वैकल्पिक व्यवस्था यो पुल रहेको छ । गत असोज १९ यता लगातार परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले उक्त पुल भत्काएको थियो । त्यही पुलबाट कर्णाली वारपार गर्न योग्य बनाउन सङ्घीय, प्रदेश र स्थानीय सरकार कसैको आँखा परेन । त्यसपछि स्थानीय नरजङ्ग मल्लको पहलमा काठको भ¥याङ निर्माण गरेर वारपार गर्न…

Read More

झापा, १५ कात्तिक । नेपाली कांग्रेस प्रदेश नं–१ का सभापति उद्वव थापाले नेपालको इतिहासमा राजनीतिक परिवर्तनका लागि विभिन्न चरणमा गठबन्धनको अभ्यास भएको बताउनुभएको छ । ब्यवस्था परिवर्तनका लागि भएका आन्दोलनहरुमा गठबन्धन दलको सहकार्यबाट नै राजनीतिक परिवर्तन सम्भव भएको बताउँदै सभापति थापाले अहिलेको गठबन्धन पनि चुनावकेन्द्रित मात्रै नभएको बताउनुभएको हो ।लोकतान्त्रिक–बाम गठबन्धन संयुक्त संयन्त्र विर्तामोड नगर समितिको आयोजनामा विर्तामोडमा सम्पन्न कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सभापति थापाले देश र जनताको समृद्धिका लागि गठबन्धनको विकल्प नभएको दावी गर्नुभएको हो । कार्यक्रमका विशेष अतिथि एवं झापा क्षेत्र नं–२ निर्वाचन परिचालन समितिका संयोजक सुधिरकुमार शिवाकोटीले संविधान र लोकतन्त्रविरोधी षडयन्त्रलाई परास्त गर्न गठबन्धन भएको…

Read More

भद्रपुर, १५ कात्तिक । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला यतिबेला मतदाताको घरदैलोमा हुनुहुन्छ । झापा क्षेत्र नं. ३ बाट लोकतान्त्रिक–बाम गठबन्धनका साझा उम्मेदवार बन्नुभएका उहाँ मतदातालाई आफ्नो योगदानको स्मरण गराउन मतदाताको घरदैलोमा पुग्नुभएको हो । दक्षिणी झापाको कचनकवल गाउँपालिकाका मतदातासँग भेटघाटमा नेता सिटौलाले तत्कालीन विद्रोही माओवादीसँग १२ बुँदे सहमति, शान्ति प्रक्रिया, संविधान निर्माण जस्ता महत्वपूर्ण काम गरेर देशलाई आवश्यक पर्दा भूमिका खेलेको उल्लेख गर्नुभयो । “मैले मुलुकमा राजनीतिक स्थिरता र संविधान निर्माणमा महत्वपूर्ण काम गरेको छु”, उहाँले भन्नुभयो, “नीति निर्माण तहमा बसेर काम धेरै काम गरेको छु ।” झापा क्षेत्र नं. ३ को उन्नतिका लागि पूर्व–पश्चिम हुलाकी सडक, उत्तर–दक्षिण मेची…

Read More

भद्रपुर, १४ कात्तिक । झापाको भद्रपुर–५ स्थित मेची नदीमा उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व मनाइएको छ । छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ सकिएको छ । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन अर्थात् आज उदाउँदो सूर्यलाई अर्घ्य दिइएको हो । उदाउँदो सूर्यलाई अर्घ्य दिएर ब्रतालुले ब्रत तोडेका छन् । सूर्यको पूजा र उपासनाको यो पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको थियो ।

Read More

झापा, १४ कात्तिक । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकको कुल व्यापार घाटा ३ खर्ब ५९ अर्ब १७ करोड ८१ लाख ९ हजार पुगेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको गत असोज मसान्तसम्मको विवरणअनुसार गत वर्षको सोही अवधिको तुलनामा भने १३ प्रतिशतले व्यापार घाटा कम भएको छ । गत साउन, भाद्र र असोजमा ४ खर्ब ९९ करोड ८३ लाख रुपैयाँबराबरको आयात भएको छ भने सोही अवधिमा नेपालबाट ४१ अर्ब ८२ करोड १ लाख ९३ हजार रुपैयाँबराबरको मात्र निर्यात भएको छ । सो अवधिमा देशको कुल व्यापार ४ खर्ब ४२ अर्ब ८१ करोड ८४ लाखबराबर भएको विभागको तथ्यांकमा उल्लेख…

Read More

झापा, १४ कात्तिक । चालू आवको ७ महिनामा प्रधानमन्त्री रोजगार कार्यक्रम (पीएमईपी) अन्तर्गत दर्ता भएका बेरोजगार युवाको सङ्ख्या १ लाख ३३ ले बृद्धि भएको छ । गत आर्थिक वर्षको तुलनामा चालू आवको सोही अवधिमा बेरोजगार युवाको सङ्ख्या ७ लाख ८ हजार २४५ बाट वृद्धि भएर ८ लाख ४१ हजार ६६० पुगेको हो । आर्थिक वर्ष २०७७–०७८ मा न्यूनतम रोजगार कार्यक्रममा सहभागी हुन ७ लाख ५२ हजार ४५० जना बेरोजगार व्यक्तिको सूचीकरण भएको र तीमध्ये २ लाख बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगारी प्रत्याभूति गरिने राष्ट्रिय लक्ष्य तोकिएको थियो । प्रधानमन्त्री रोजगार कार्यक्रमका उपसचिव लोकनाथ भुसालले कार्यक्रमको लक्ष्य रोजगारी सृजनासँगै बेरोजगारको खोजी गरी…

Read More

झापा, १४ कात्तिक । शिक्षक सेवा आयोगले यस पटक पनि सामुदायिक विद्यालयमा रिक्त शिक्षक दरबन्दी पूर्ति गर्न तीन तहकै विज्ञापन तथा परीक्षा सञ्चालन गर्ने भएको छ। शिक्षा ऐनमा विद्यालय तहको संरचना दुई तह मात्र हुने उल्लेख गरे पनि आयोगले तीनै तहको संरचनाअनुसार शिक्षक नियुक्ति प्रक्रियालाई निरन्तरता दिने भएको हो। शिक्षा ऐनमा आधारभूत र माध्यमिक गरी दुई तहको विद्यालय शिक्षाको संरचना उल्लेख छ। शिक्षा नियमावली तथा शिक्षक सेवा आयोग नियमावलीमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका लागि फरक–फरक तरिकाबाट परीक्षा सञ्चालन गरेर शिक्षक छनोट गर्ने उल्लेख गरिएको छ । नियमावलीको उक्त व्यवस्था संशोधन भएपछि वा शिक्षक सेवा आयोगसम्बन्धी छुट्टै कानुन बनेमा…

Read More

झापा, १४ कात्तिक । आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि आज तीन राजनीतिक दलहरूले आफ्नो घोषणापत्र सार्वजनिक गर्दैछन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत (समाजवादी) र राप्रपाले चुनावका लागि तयार गरेको घोषणापत्र आज सार्वजनिक गर्न लागेका हुन् । माओवादीले सोमबार दिउँसो तीन बजे पार्टी हेडक्वार्टर पेरिसडाँडामा एक कार्यक्रमबीच पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोषणापत्र सार्वजनिक गर्ने जनाइएको छ ।्नेकपा एकीकृत समाजवादीले पनि आजै चुनावी घोषणापत्र दिउँसो ३ बजे बानेश्वरस्थित पार्टी कार्यालयमा कार्यक्रम गरेर .सार्वजनिक गर्न लागेको छ भने राप्रपाले आज बिहान साढे ११ बजे बानेश्वर बैङ्क्वेट थापा गाउँमा चुनावी घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको जनाइएको छ…

Read More