झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

विराटनगर, ५ असोज । मोरङको बुढीगंगा गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी धमाधम माओवादी केन्द्रमाप्रवेश गरेका छन् । केही समयअगाडि नेकपा एमालेका नेता बलभद्र सरदार थारु माओवादी केन्द्र प्रवेश गरेका थिए । सरदारको माओवादी प्रवेशसँगै एमालेबाट बुढीगंगा २ को वडाध्यक्षमा झिनोमतले पराजित प्रमोद चौधरी, वडा नम्बर ५ का वडाध्यक्षका उम्मेदवार सिभिल चौधरीसहित ४० भन्दा बढी एमाले, काँग्रेस तथा स्वतन्त्र व्यक्तिहरु बुधबार काठमाडौंस्थित प्रचण्ड निवास खुमलटार पुगेर माओवादीमा प्रवेश गरेका हुन् । ‘लामो समय हामी एमालेमा रहि रगत पसीना बगायौं । तर, एमालेले हमीलाई चिन्न सकेन र राजनीतिक रूपमा पनि स्खलित हुँदै गयो,’ वडा नम्बर ५ का वडाध्यक्षका उम्मेद्वार सिभिल चौधरीले भने,…

Read More

बिर्तामोड, ५ असोज । झापाको बिर्तामोड–४ स्थित शिक्षा बहुद्देश्यीय सहकारी संस्थाको १०औं साधारणसभा अन्तरगत आज शनिश्चरे सेवा केन्द्रको प्रतिनिधि छनोट भएको छ । अर्जुनधारास्थित अर्जुनधारा धामको सभाहलमा आज इकाइगत प्रतिनिधि छनोट कार्यक्रम अन्तरगत प्रतिनिधि छनोट भएका हुन् । संस्थाका अध्यक्ष सुव्रत न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका उपप्रमुख खग्गमाया पराजुली हुनुहुन्थ्यो । कार्यक्रममा प्रमुख अतिथि पराजुलीले सहकारीले बचत तथा ऋण कारोबार मात्र नगरी उद्देश्य अनुरुपका काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारीहरुले नाफासँगै सामाजिक कार्यमा समेत विशेष कदम चाल्नुपर्ने बताउनुभयो । “ऋण लिने सोचले मात्र सहकारीमा सदस्य बन्ने गरेको पाइएकोछ’, उहाँले सदस्यहरुलाई ऋण लिएर आय आर्जनमा लाग्न आग्रह…

Read More

एजेन्सी । ऋणमा डुबेकी एक महिला त्यतिबेला चकित परिन् जसले उनले केएफसीको चिकन स्यान्डविचको प्याकेटबाट ५४३ डलर (लगभग ७० हजार रुपैयाँ) भेटिन् ।​ जर्जियाको ज्याकसनकी ती महिला ग्राहक अफिसको लञ्च ब्रेकमा नजिकैको केएफसी गएर चिकन स्यान्डविच प्याक गरेर लिएर आएकी थिइन् । अफिस फर्केर खाजा खान लाग्दा हजुरआमा भइसकेकी ती महिला चकित परिन् किनभने उनले स्यान्डविच मुनी नोटको बन्डल देखिन् । आफू ऋणमा डुबेको भएपनि आफूले त्यो पैसा राख्न नमिल्ने उनलाई थाहा थियो त्यसैले उनले यसबारे प्रहरीलाई खबर गरिन् । उनले डब्ल्यूएसबी–टीभीसँगको कुराकानीमा भनिन्, ‘मैले पैसा गन्न सुरु गरेँ । ५५० डलरसम्म गनेपछि म रोकिएँ र उक्त पैसालाई खाममा हालेँ…

Read More

झापा, ५ असोज । आत्महत्या रोकथाम तथा न्युनिकरणका लागि १ नम्बर प्रदेश प्रहरी कार्यालयले पर्चा पम्प्लेट बितरण तथा माईकिङको माध्यमबाट जनमानसमा सचेतना फैल्याउने कार्यको थालनी गरेको छ । असोज २ गते देखि १ नम्बर प्रदेशका १४ वटै जिल्लाहरुबाट आत्महत्या रोकथाम तथा न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रमको शुभारम्भ भएसँगै प्रदेश प्रहरीले तराईका जिल्लामा चेतनामुलक माइकिङ तथा पर्चा पम्प्लेट वितरण गर्ने कार्यको थालनी गरेको हो । प्रदेश प्रहरी कार्यालय बिराटनगरले कार्यालयको अटो टेम्पोमा प्रहरी कर्मचारी खटाई पहिलो चरणमा झापा, मोरङ र सुनसरी जिल्लाका ग्रामीण इलाकासम्म पुग्ने गरी आजैबाट चेतनामुलक माइकिङ तथा पर्चा पम्प्लेट वितरण गर्ने कार्य भएको छ ।

Read More

झापा, ५ असोज । झापा र ताप्लेजुङका दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लागी दुई जनाको मृत्यु भएको छ । झापाको अर्जुनधारा नगरपालिका(१० का २७ बर्षीय ईन्द्र चेम्जोङको स्थानीय सेती खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको छ । करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लागेर घाईते भएका चेम्जोङलाई उपचारको लागी झापाको बि।एण्ड।सि। अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । त्यस्तै, ताप्लेजुङको सिदिङवा गाउँपालिका–३ का २५ बर्षीय बिक्रम ताम्लिङको करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेर मृत्यु भएको हो । सोमवार दिउँसो माछा मार्न भनी साम्सिङ…

Read More

झापा, ५ भदौ । झापाको सात वटा पालिकामा डेंगु संक्रमित फेला परेका छन् । जिल्लाका सात वटा पालिकाका ३५ जनामा डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका डेंगु तथा महामारी फोकल पर्सन विरेन्द्र दासले जानकारी दिनुभयो । उहाँका अुनसार दमक नगरपालिकामा छ जना, मेचीनगरमा सात जना, बिर्तामोडको बीएण्डसी हस्पिटलमा १२ जना, बिर्तामोडमा दुई जना, भद्रपुरमा तीन जना, अर्जुनधारामा तीन, बुद्धशान्तिमा एक र कमल गाउँपालिकामा दुई जनामा डेंगु संक्रमण देखिएको छ । हालै कार्यालयलाई फेयर नेटको सहयोगमा चार सय थान डेंगु परीक्षण कीट प्राप्त भएको छ भने कार्यालयमा दुई सय थान डेंगु परीक्षण कीट रहेको छ । सोमध्ये जिल्लाका १५ वटै पालिकालाई…

Read More

बुद्धशान्ति, ५ असोज । पूर्वेली । झापाको बुद्धशान्ति गाउँपालिकाले १०० दिनको कार्य उपलब्धी सार्वजनिक गरेको छ । गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले पदग्रहण गरेको १०० दिन पूरा भएको अवसरमा सो अवधिमा गाउँपालिकाले सम्पन्न गरेको कामको उपलब्धी सार्वजनिक गरेको हो । गाउँपालिका कार्यालयको सभाहलमा पत्रकार भेटघाट गर्दै बुद्धशान्ति गाउँपालिकाले आफूले सम्पन्न गरेको कामको उपलब्धी सार्वजनिक गरेको हो । वडा नं. १ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता अनिल वाग्लेले १०० दिनका कार्य उपलब्धी सार्वजनिक गरेका हुन् । उनले आगामी विकासका योजनाहरूका बारेमा धारणा राखेका छन् । यस्तै कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख मनोज प्रसाईँले गाउँपालिकालाई समृद्ध र सबल…

Read More

झापा, ५ असोज । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा ८६ दल भाग लिँदै छन्। साउन २० गतेसम्म निर्वाचन आयोगमा दर्ता कायम रहेका दलको सङ्ख्या भने ११६ छ तर समानुपातिक निर्वाचन प्रणालीतर्फ ६८ राजनीतिक दल दर्ता भएकामा सोमबार ४८ दलले मात्र उम्मेदवारको बन्दसूची बुझाए। समग्र निर्वाचन प्रक्रियाबाट ३० दल पहिले नै बाहिरिए भने समानुपातिक प्रणालीमा २० दलले भाग लिएनन्। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा दलले संविधान, ऐन तथा प्रचलित कानुनको अधीनमा रही निर्वाचनमा भाग लिन सक्ने व्यवस्था छ। लिन सक्ने भनेपछि नसक्ने पनि अवस्था रहन्छ तर चुनावमा भाग नलिने भए किन दल दर्ता गरियो भन्ने…

Read More

झापा, ५ असोज । आगामी ४ मंसिरमा तय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका छन् । प्रमुख राजनीतिक दलले प्रभावशाली नेता, पटकपटक सांसद–मन्त्री भएका नेतालाई नै ‘समानुपातिक उम्मेदवार’को बन्द सूचीमा राखेपछि आलोचना तीव्र बनेको हो । प्रतिनिधिसभाका १ सय १० र प्रदेशसभाका २ सय २० सिटका लागि राजनीतिक दलले उम्मेदवार सूची सोमबार नै आयोगमा बुझाएका छन् । सूचीमा परेकाको विवरण जाँच कार्य भइरहेको छ । सूची सच्याउन आयोगले १६ असोजसम्मको समय दिएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल(जसपा),…

Read More

झापा, ५ असोज । सरकारवादी फौजदारी विचाराधीन मुद्दामा प्रतिवादीले अदालतमा राख्ने धरौटी रकम मुद्दा जितेमा स्वतः फिर्ता पाउने कानुनी प्रावधान छ। तर यस्तो रकम राजस्व खातामा राख्न लगाएर सरकारले उपयोग गर्दै आएको छ। आफैले जम्मा गरेको रकम महिनौंसम्म धाउँदा पनि फिर्ता नपाउँदा सरोकारवाला हैरानी खेपिरहेका छन्। चाहिएका बेला फिर्ता लिने गरी कसैलाई विश्वासमा राख्न दिइएको नासोसरहको वस्तुररकम धरौटी हो । यस्तो नासोको रकम सरकारका हातमा पुगेपछि फिर्ता नहुनु दुःखद हो। यसरी धरौटीबापतको करोडौं रकम राजस्वमा दाखिला भएको छ। राजस्वबाट चल्नुपर्ने सरकारले ुट्रेजरी डिफिसियटु को कारण देखाउँदै धरौटीको रकम राजस्व खातामा दाखिला गर्न परिपत्र गरेपछि सर्वोच्च र मातहतका अदालत रकम हाल्न…

Read More