
एजेन्सी । ऋणमा डुबेकी एक महिला त्यतिबेला चकित परिन् जसले उनले केएफसीको चिकन स्यान्डविचको प्याकेटबाट ५४३ डलर (लगभग ७० हजार रुपैयाँ) भेटिन् । जर्जियाको ज्याकसनकी ती महिला ग्राहक अफिसको लञ्च ब्रेकमा नजिकैको केएफसी गएर चिकन स्यान्डविच प्याक गरेर लिएर आएकी थिइन् ।
अफिस फर्केर खाजा खान लाग्दा हजुरआमा भइसकेकी ती महिला चकित परिन् किनभने उनले स्यान्डविच मुनी नोटको बन्डल देखिन् । आफू ऋणमा डुबेको भएपनि आफूले त्यो पैसा राख्न नमिल्ने उनलाई थाहा थियो त्यसैले उनले यसबारे प्रहरीलाई खबर गरिन् ।
उनले डब्ल्यूएसबी–टीभीसँगको कुराकानीमा भनिन्, ‘मैले पैसा गन्न सुरु गरेँ । ५५० डलरसम्म गनेपछि म रोकिएँ र उक्त पैसालाई खाममा हालेँ । त्यो खाम बन्द गरेँ र प्याकेटमा स्यान्डविचलाई जसरी राखिएको थियो त्यसरी नै राखेँ र छेउमा थन्काएर राखे । त्यसको केही बेरमा प्रहरी आइपुगे । ’
अनुसन्धानपछि प्रहरीले के पत्ता लगायो भने उक्त रकम केएफसीको दैनिक डिपोजिट थियो जुन जोओनीको ब्यागमा गल्तीले परेको थियो । प्रहरीले फेसबुक पेजमा भनेको छ, ‘मिसेस ओलिभरले उत्कृष्ट काम त गरेकी नै हुन् तर उनले म्यानेजरको जागिर पनि जोगाइदिइन् ।’
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



