
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १२ कात्तिक । नेपाली कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्ने भएको छ । आज प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर घोषणापत्र सार्वजनिक गर्नेछन् । ‘निरन्तरतमा नविनता’ नाराका साथ संविधान कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीयताको सवलीकरण लगायतका विषलाई प्राथमिकतामा राखेर कांग्रेसले घोषणापत्र तयार गरेको छ ।
झापा, १२ कात्तिक । छठ पर्वको आज दोस्रो दिन, खरना गरी मनाइँदै छ । छठ पर्वको दोस्रो दिनलाई खरना भनिन्छ । यस दिन व्रतालुहरूले नुहाएर चोखो भई साँझपख खीर बनाएर चन्द्रमालाई चढाउने धार्मिक चलन छ । शुक्रबार ‘अरबा–अरबाइन’ र ‘नहाय–खाय’ दुवै विधिलाई पूरा गरेका व्रतालुले कार्तिक शुक्ल पञ्चमीका दिन शनिबार दिउँसो निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खीर कूलदेवता र छठीदेवीलाई चढाएर प्रसाद स्वरुप खानेछन् । यसवर्ष तिथिको घटबढले शुक्रबार तृतीया र चौथी दुवै परेको थियो। पर्वको प्रारम्भमा व्रतालुले शुक्रबार ‘नहाय–खाय’ विधि पूरा गरे । ‘नहाय–खाय’ विधि कात्तिक शुक्ल चौथी तिथिमा गरिन्छ । कात्तिक शुक्ल तृतीयाकै दिन शुक्रबार…
झापा, १२ कात्तिक । अधिकांश टीकापुरबासीको खेत छ बर्दियाको दौलतपुरमा । खेतीपाती गर्नदेखि अन्नबाली भित्र्याउन टीकापुरबासीहरु दौलतपुर पुग्नुपर्छ । दौलतपुरबासी पनि किनमेलको लागि टीकापुर पुग्नै पर्छ । सुदूरपश्चिम प्रदेशको टीकापुर नगरपालिका र लुम्बिनी प्रदेशको राजापुर नगरपालिका जोड्ने दौलतपुर घाटमा पुल नभएकै कारण वर्षौंदेखि दुबै ठाउँका स्थानीय जोखिमपूर्ण डुंगाबाट वारपार गर्दै आएका हुन् । हिउँदयाममा नदीमा पानीको बहाव केही कम हुने भए पनि बर्खामा उर्लदो भेलमा भने स्थानीय ज्यानकै बाजी थापेर आउजाउ गर्छन् । कैलालीको टीकापुर बजार राजापुर नगरपालिकाको दौलतपुर, टिहुनीलगायतका दर्जनौं गाउँको मुख्य बजार हो । दौलतपुर घाट भएर दैनिक हजार बढी स्थानीय डुंगाबाट बजारसम्म पुग्छन् । कर्णाली नदीले दुबै…
झापा, १२ कात्तिक । ऐन बनेको तीन वर्षपछि पहिलो पटक वातावरण संरक्षण तथा जलवायु परिवर्तन राष्ट्रिय परिषद्को बैठक आउने साता बस्दैछ। वातावरण संरक्षण ऐन, २०७६ ले जलवायु परिवर्तन तथा वातावरण संरक्षणका लागि प्रधानमन्त्रीको अध्यक्षतामा परिषद्को गठन गर्ने व्यवस्था गरे पनि ऐन बनेको लामो समय बित्दा पनि परिषद्ले पूर्णता पाएको थिएन । गत भदौ २१ गते सरकारले यो परिषद् मा रिक्त सदस्यको नियुक्ति गरेको थियो। कात्तिक २० गतेदेखि इजिप्टमा संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन ९कोप(२७० आयोजना हुन लागेको सन्दर्भमा त्यसअघि नै परिषद्को बैठक बस्ने लागेको हो। यो बैठकमा कोप(२७ का लागि नेपालको तयारीबारे छलफल तथा जलवायु अनुकूलन तथा न्यूनीकरणका लागि थप अन्तर्राष्ट्रिय…
कनकाई, ११ कात्तिक । कनकाई नगर बाल सञ्जालको आयोजनामा सामूहिक देउसीभैलो खेलिएको छ । नेपाली मौलिक भेषभूषा र बाजागाजासहित नगर बाल सञ्जाल र वडा बाल क्लबहरु मिलेर कनकाईमा देउसीभैलो खेलिएको हो । मनोरञ्जनका लागि मात्र नभएर नेपालीको मौलिक परम्परा जोगाई राख्न र चेतना बढाउनकै लागि सामूहिक देउसीभैलो कार्यक्रम आयोजना गरिएको नगर बाल सञ्जालका अध्यक्ष अभिशेक मिश्रले बताउनुभयो । परम्परागत शैलीमा देउसीभैलो खेल्ने चलन हराउँदै गएको अवस्थामा बालमैत्री स्थानीय शासन युक्त नगरका रूपमा कनकाई नगरपालिकाले घोषणा गर्न तयारी गरिरहेको बेला सरकारको ५१ र कनकाई नगरले तोकेको ५२ वटा मापदण्डअनुसार नै देउसी तयार पारेको र यो प्रयास देशभरमै पहिलो र नयाँ रहेको…
बिर्तामोड, ११ कात्तिक । साहित्य चौतारी झापाले दीपावलीमा दक्षिणारहित सामूहिक सडक देउसी खेलेको छ । नेपाली मौलिक भेषभूषा र बाजागाजासहित साहित्य चौतारीले बिर्तामोडमा सडक देउसी खेलेको हो । नेपालीको मौलिक परम्परा जोगाई राख्न दक्षिणारहित सामूहिक सडक देउसी खेलिएको साहित्य चौतारीका संरक्षक देवीभक्त श्रेष्ठले बताए । साहित्य, कला, संगीत र संस्कृतिको संरक्षणमा जुटेको साहित्य चौतारीले २०५८ सालदेखि हरेक वर्ष दक्षिणारहित सामूहिक सडक देउसी खेल्दै आएको संरक्षक श्रेष्ठले जानकारी दिए । परम्परागत शैलीमा देउसी भैलो खेल्ने चलन हराउँदै गएको अवस्थामा साहित्य चौतारीले लेखक तथा पत्रकार, कलाकार र सर्जकलाई जम्मा पारेर सडक देउसी खेलिएको साहित्य चौतारीका अध्यक्ष हस्त परियारले बताए । परम्परागत कला…
झापा, ११ कात्तिक । उनी एक सन्यासी थिए, जसलाई सञ्चारमाध्यमले ‘विश्वका सबैभन्दा फोहोरी मान्छे’ भनेर चिनाउँथे। तिनै मानिसको ९४ वर्षको उमेरमा निधन भएको छ । केही महिना अघि मात्रै उनले दशकौँपछि पहिलो पटक नुहाएका थिए । साबुन र पानीले ५० वर्षभन्दा लामो समय ननुहाएका उनले यी दुवै चिजलाई आफूभन्दा परै राखे । उनलाई यी दुई वस्तुको प्रयोग गर्दा बिरामी हुने डर थियो । अमोउ दक्षिणी इरानको फार्स प्रान्तमा बस्थे । पहिले पनि उनको गाउँबासीले उनलाई नुहाउन सुझाएका थिए । तर उनी शरीर सफा गर्ने कुराबाट परै रहन्थे । तर स्थानीय सञ्चारमाध्यमका अनुसार केही महिनाअघि अमोउ हाजी गाउँलेसामु झुक्न पुगे ।…
झापा, ११ कात्तिक । तिहार सकिएसँगै छठ पर्वको रौनक सुरु भएको छ । विशेषत सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रुपमा लिइन्छ । झापा, मोरङ, सुनसरीसहित सम्पूर्ण तराई–मधेसका प्रमुख बजारमा निकै चहलपहल बढेको छ। लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठ पर्व विधिवत् रूपमा आरम्भ हुन्छ । तराईका जिल्लामा छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्नेको भिडभाड छ । खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो…
ताप्लेजुङ, ११ कात्तिक । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा एक घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । भाइटीकाको दिन बुरुम्खिम टोलका स्थानीय भीष्मराज खुदाङको घर जलेर नष्ट भएको हो । बिहीबार दिउँसो भएको आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको सुरुम्खिमका वडाध्यक्ष लक्ष्मण तामाङले बताए । आगलागीबाट घरभित्र भएको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायतका अन्य सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा अनुमानित रु १५ लाख बढीको क्षति भएको हुनसक्ने तामाङले जाकारी दिए । क्षतिको यकिन विवरण भने आइनसकेको उनले बताउनुभयो । आगलागीको कारण पनि खुल्न नसकेको वडाध्यक्ष तामाङले जानकारी दिए । रासस
बिर्तामोड, १० कात्तिक । नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले अतिविपन्न तथा बिरामी दशनामी बन्धुलाई आर्थिक सहयोग गरेको छ । नगर समितिले बिर्तामोड–६ स्थित बुट्टाबारीका एक वर्ष अघिदेखि जिब्रोको समस्याका कारण थलिएका ७२ वर्षीय गंगाबहादुर गिरीलाई उनको घरमै पुगेर आर्थिक सहयोग गरेको हो । नगर समितिले देउसी–भैलो अभियानकै क्रममा नगद ५ हजार एक सय रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो । नेपाल दशनामी समाज प्रदेश नं. १ का अध्यक्ष तथा नगर सल्लाहकार चन्द्रप्रसाद गिरी, समाजका प्रदेश नं. १ सह–सचिव तथा नगर सल्लाहकार पदमबहादुर पुरी (प्रकाश), समाजका प्रदेश सदस्य, झापा कोषाध्यक्ष तथा सल्लाहकार बालकृष्ण गिरी, नगर अध्यक्ष अर्जुन गिरीले संयुक्त रुपमा…