
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
ताप्लेजुङ, २ कात्तिक । ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ स्थित याम्फेवा खोला नजिक गए राति ट्रयाक्टर दुर्घटनामा परी चार जनाको निधन भएको छ । ५५५६ नम्बरको ट्रयाक्टर दुर्घटनामा हुँदा मैवाखोला वडा नम्बर ५ काम्सङ बस्ने वर्ष ३१ का ट्रयाक्टर चालक पासाङ शेर्पा, वर्ष २४ को फुर्वा शेर्पा, मैवाखोला–४ ओदक बस्ने एकाघरका वर्ष २२ को शर्मिला शेर्पा र वर्ष १७ को लाकी शेर्पाको निधन भएको मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिए । उनका अनुसार उनीहरु सबैको घटनास्थलमा नै निधन भएको हो । ट्रयाक्टर सडकबाट करिब दुई सय मिटरमुनि झरेको बताइएको छ । अध्यक्ष वनेमका अनुसार ट्रयाक्टर चालक पासाङ र उनका भाइ…
विराटनगर, २ कात्तिक । पत्रकारिता पेशालाई मर्यादित र स्वच्छ बनाउँदै पत्रकारहरुले निष्पक्ष समाचार सम्प्रेषण गर्नुपर्ने मंगलबार प्रदेश नं. १ को विराटनगरमा सम्पन्न भएको प्रदेशस्तरीय कार्यशालाका सहजकर्ताहरुले जोड दिएका छन् ।मिडिया एक्सन नेपालद्वारा आयोजित पत्रकारहरूलाई निस्पक्ष रिपोर्टिङ तथा दुस्प्रचार र घृणायुक्त अभिव्यक्तिको रोकथामका विषयमा अभिमुखीकरण कार्यक्रममा प्रशिक्षकहरुले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा निष्पक्ष भएर समाचार संकलन, प्रकाशन तथा प्रसारण गर्न सुझाइएका छन् ।उनीहरुले घृणायुक्त अभिव्यक्ति र दुष्प्रचारबाट बच्नुपर्नेमा जोड दिइएका छन् । मिडिया एक्सन नेपालका अध्यक्ष एवम् सञ्चार विज्ञ लक्ष्मणदत्त पन्तले निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन पत्रकारहरुको महत्वपूर्ण भूमिका रहने भन्दै निर्वाचनको बेला पत्रकारले चनाखो भएर समाचार सम्प्रेषण…
बिर्तामोड, २ कात्तिक । कार्यकर्ता भेटघाट तथा निर्वाचन प्रचारका क्रममा झापा आउनु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज क्षेत्र नं १ र ५ मा आयोजना हुने दुई वटा कार्यक्रममा सहभागी हुनुहुनेछ । आज विहान ११ बजे क्षेत्र नं १ स्थित को धुलाबारीमा हुने कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन पनि सहभागी हुनुहुनेछ । यसैगरी दिउसो २ बजे दमकको रोयल पार्टी प्यालेसमा आयोजना गरिएको क्षेत्र नं ५ स्तरीय नेता तथा कार्यकर्ता सहभागी हुने कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्नु हुने एमाले पोलिटव्यूरो सदस्य देवेन्द्र दाहालले जानकारी दिनुभयो । हिजो अध्यक्ष ओलीको स्वास्थ्यमा केही समयस्या आएपछि प्रेस चौतारी झापाले आयोजना गरेको कार्यक्रममा…
भद्रपुर, २ कात्तिक । झापाको बिर्तामोड नगरपालिकाले भारतीय माछा बिक्री–वितरणमा लगाएको प्रतिबन्ध फिर्ता लिन नेपाल माछा व्यापार श्रमिक संघ झापाले माग गरेको छ । बिर्तामोडमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी संघले त्यस्तो माग गरेको हो । बिर्तामोड नगर कार्यपालिकाको बैठकले गत गत असोज ६ गते भारतबाट आयात हुने मरेको माछा बिक्रीमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सो निर्णय फिर्ता लिएर गरिखाने वातावरण बनाइदिन श्रमिक संघले आग्रह गरेको हो । सरकारको निर्णय बमोजिम एलसी खोलेर निश्चित रकम जम्मा गरेको सात दिनभित्र माछा ल्याइसक्नुपर्ने र पशु क्वारेन्टाइनले प्रमाणित गरी भन्सार प्रक्रिया पूरा गरेर ल्याइएको माछा चिस्यान प्रक्रिया (कोल्ड चेन)–मा राखेपछि नबिग्रिएसम्म…
झापा, २ कात्तिक । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली नेपाल आर्मीले पदक तालिकामा फराकिलो अग्रता बनाएको छ । आर्मीले आज बिहानसम्म ८५ स्वर्ण, ५८ रजत र ३९ कास्यसहित १८५ पदक जितेर तालिकाको शीर्ष स्थानमा रहन सफल भएको हो । उसले अन्य टोलीलाई दोब्बरभन्दा बढीले पछि पारेको छ । नेपाल पुलिस क्लबले ३७ स्वर्ण, ३१ रजत र ४० कास्य गरी कूल एक सय आठ पदक जित्दै दोस्रो स्थानमा रहेर आर्मीलाई पछ्याइरहेको छ । त्यसैगरी, सशस्त्र प्रहरी बलको (एपीएफ) ले ३१ स्वर्ण, ३४ रजत र ५५ कास्य पदक जितेको छ । उसले हालसम्म कूल १२० पदक जितेको छ…
झापा, २ कात्तिक । सरकारले आज र भोलि देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बालबालिकालाई स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ । भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र जुकाको औषधि सन् २००१ देखि खुवाउन थालिएको हो । वर्षमा दुई पटक पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिन्छ ।
झापा, २ कात्तिक । निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान तोकिएको समयमा नहुने भएको छ। तिहारअघि रिट्ठेपानी डाँडा कटानको काम सुरु गर्ने र तिहारलगत्तै परीक्षण उडान गरी आगामी पुस १७ गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणको तयारी थियो तर प्रस्ताव मूल्याङ्कनको काममा ढिलाइ हुँदा परीक्षण उडान लम्बिने देखिएको हो। पूर्व–पश्चिम दिशामा रहेको दुई हजार पाँच सय मिटर लम्बाइ र ४५ सय मिटर चौडाइ रहेको धावनमार्गको सामुन्नेमा सो डाँडा पर्छ। विमानस्थल सञ्चालनअघि विमानस्थलको पूर्वी सिमानाबाट १.३५ किलोमिटरको दूरीमा रहेको रिट्ठेपानी डाँडाको ४० मिटर काट्नुपर्ने हुन्छ। प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार हवाई सुरक्षाका लागि विमानस्थल छेउको सो डाँडा कटान…
भद्रपुर, १ कात्तिक । झापा गौरादह नपा–८ जुरोपानीका ३६ वर्षीय विरन साहले सामान्य विवाद हुँदा १५ वर्षीय भतिज हेमराज साहलाई गोली प्रहार गरेका छन् । उनले आफ्नै घर अगाडि होम मेड पेस्तोलले गोली हानेर भतिजलाई घाइते बनाएका हुन् । ढाडमा चोट लागे गम्भीर घाइते भएका उनलाई लाइफलाइन अस्पताल दमक सामान्य उपचारपछि बिर्तामोडस्थित बिएण्डसी अस्पताल रेफर गरिएको छ । प्रहरीले घटनास्थबाट एक राउण्ड गोली र खोका फेला परेको छ । यता, गोलि हान्ने व्यक्तिको खोजी गर्ने क्रममा आजै ८ बजे घटनास्थलबाट करिब १०० मिटर उत्तरपर्ने सुकुना खोला किनारमा कन्चटमा गोली लागेको अवस्थामा काका विरन फेला परेका छन् । घटनास्थलबाट होम मेड…
बिर्तामोड, १ कात्तिक । गठबन्धन दलका जिल्ला नेतृत्वले गठबन्धन दलका उम्मेद्वारविरुद्ध गतिविधि नगर्न सम्पूर्ण नेता÷ कार्यकर्तालाई सचेत गराएको छ । नेपाली कांग्रेस झापाका कार्यबाहक सभापति केशवराज पाण्डे, नेकपा एसका अध्यक्ष बेदराज रेग्मी, नेकपा माओवादीका राजु आचार्य अग्नीले संयुक्त विज्ञप्ति जारी गर्दै जिम्मेवार भएर चुनावी प्रचारमा लाग्न आह्वान गरेका हुन् ।‘गठबन्धन दलका तमाम् नेता, कार्यकर्ताहरुले प्रतिगामी तत्वले चलाएको निराधार हल्ला र अनेक भ्रमलाइ चिर्दै गठबन्धन दलका साझा उम्मेद्वारहरुको पक्षमा जनलहर सिर्जना गर्ने कार्यमा अहोरात्र खटेर निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न निष्ठा, त्याग, समर्पण र इमान्दारीपूर्वक सबै नेता कार्यकर्ताको योगदान रहने विश्वास हामीले लिएका छौं’–विज्ञप्तिमा भनिएको छ–‘यो विश्वासलाई कुठाराघात हुनेगरी विपक्षी उम्मेद्वारसँग…
बिर्तामोड, १ कात्तिक । दिपावलीको अवसरमा मेची महाकाली बुहारी संयुक्त आवाज झापाले सुस्तमनस्थिति सरोकार समाज कनकाइमा आश्रित बालबालिकालाई खाद्यान्न सहयोग गरेको छ । बुहारी संयुक्त आवाजका झापा जिल्ला अध्यक्ष शिखा खड्का गणेशको नेतृत्वमा गएको टोलीले चामल, दाल तेल, नून, चिनी, आलु, सोयाविन, चाउचाउ, बिस्कुट लगायतका खाद्य सामग्री र भाडा धुने, नुहाउने साबुन गरी १५ हजार मूल्य बराबरको सामग्री सहयोग गरेको हो । कार्यक्रममा संस्थाका उपाध्यक्ष गंगा भट्टराई, सचिव कविता थापा, सहसचिव अम्बिका गिरी, कोषाध्यक्ष परु सुवेदी लगायत सदस्य र आजीवन सदस्यहरुको सहभागिता रहेको थियो । पूर्ण अपाङ्ग, आंशिक अपाङ्ग एवम् सुस्त मनस्थिति भएकासहित गरी सुस्त मनस्थिति सरोकार समाज कनकाईमा १६…