
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २८ कात्तिक । रुस–युक्रेन तनावका कारण लगातार बढिरहेको खानेतेलको मूल्य दशैंतिहार शुरू भएसँगै केही घटे पनि अहिले आएर बढ्न थालेको छ । तिहारयता खानेतेलको मूल्य प्रतिलिटर ५० रुपैयाँसम्मले बढिसकेको पाइएको छ । हरेक ब्रान्डको खानेतेलको खुद्रा मूल्य तिहारयता लिटरमा २० देखि ५० रुपैयाँसम्म बढेको खुद्रा व्यापार संघले बताएको छ । दशैंको बेला प्रतिलिटर २ सय ४० रुपैयाँमा पाइने सोयाबिन तेललाई अहिले २ सय ८० रुपैयाँसम्म पर्न थालेको छ । ३ सय २० रुपैयाँ लिटरको तोरीको तेल अहिले ३ सय ४० रुपैयाँसम्म पुगेको छ । त्यसैगरी २ सय ५० रुपैयाँ लिटर पर्ने सनफ्लावर तेलको मूल्य हाल ३ सय रुपैयाँसम्म पुगेको…
झापा, २८ कात्तिक । आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वमा रहेको सत्तारूढ गठबन्धनले जितेमा भावी प्रधानमन्त्री को हुने भन्नेमा अन्योल छ । यद्यपि, सो गठबन्धनले जितेमा कांग्रेस सभापति शेरबहादुर देउवा नै पुनः प्रधानमन्त्री हुने अनुमान गरिएको छ । आगामी ४ मंसिरमा हुने आमनिर्वाचनपछि को प्रधानमन्त्री बन्ला भन्ने सर्वत्र जिज्ञासा बढिरहेको अवस्थामा सत्तारूढ गठबन्धनले प्रधानमन्त्रीको निर्विकल्प उम्मेदवार छान्न सकेको छैन । सत्तारूढ दलभित्रै प्रधानमन्त्रीका रूपमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, पूर्व महामन्त्री शशांक कोइराला, कांग्रेस नेता शेखर कोइराला प्रधानमन्त्रीको दाबेदारका रूपमा देखिएका छन् । यस्तै, गठबन्धनको दोस्रो ठुलो दल माओवादी केन्द्रका…
झापा, २८ कात्तिक । नेपालमा प्रति एक लाख व्यक्तिमध्ये ९.४ प्रतिशत व्यक्तिमा दुर्घटनाजन्य क्षति भएको तथ्याङ्क छ । यसबाट हरेक वर्ष करिब तीन हजार व्यक्तिले ज्यान गुमाउँछन् भने करिब छ हजार व्यक्तिले गम्भीर प्रकृतिको चोटपटकको सामना गरिरहेका छन् । विश्वमा हरेक २४ सेकेन्डमा एक जना व्यक्तिले सडक दुर्घटनाका कारण ज्यान गुमाइरहेको तथ्याङ्क छ । त्यसैगरी विश्व बैङ्कको अध्ययनअनुसार नेपालमा सडक दुर्घटनाबाट राष्ट्रिय उत्पादनको १.५ प्रतिशत आर्थिक क्षति बेहोर्नु परेको छ । नेपाल दक्षिण एसियाली मुलुकमा सडक दुर्घटनाबाट जनधनको उच्च क्षति हुने देशमध्ये एक हो । दुर्घटनाबाट ज्यान जाने, अङ्गभङ्ग हुनेलगायतका क्षति हुन्छन् । सडक प्रयोगकर्तामध्ये पैदल यात्री, साइकल यात्री र…
विर्तामोड,२७ कात्तिक । लोकतान्त्रिक विधि ,उच्च प्रतिस्पर्धा ,मतदान शिक्षा ,मत परिणाम जस्ता बारेमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिने उदेश्यले विद्यार्थीलाई नमुना निर्वाचन गराइएको छ । आइतबार झापाको विर्तामोड स्थित आदर्श स्कुल अफ म्यानेजमेन्ट मा कक्षा ११ का विद्यार्थीलाई विद्यालय प्राङगमा कप्तान तथा उपकप्तान छनौट निर्वाचन सम्पन्न गरेको थियो । कलेजका शिक्षक नितेश शाह मुख्य निर्वाचन अधिकृत भई गरिएको निर्वाचनमा कप्तान तर्फ ८ जना र उपकप्तान तर्फ ६ जनाले भाग लिएका थिए । कुल १४८ मत खसेकोमा कप्तान तर्फ विद्यार्थी हरु रिता थापा १४ मत, काब्या ठ्कुरी २६मत ,आवास श्रेष्ठ १० मत,बाबुल बिष्ट २१ मत,अस्मिता अधिकारी ०२ मत ,युबराज दुलाल २६…
बिर्तामोड, २७ कात्तिक । नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्वअध्यक्ष तारा बरालले झापाली पत्रकारितालाई उदाहरणीय बनाउन आग्रह गर्नुभएको छ । विभिन्न स्वार्थलाई पत्रकारिता र महासंघबाट अलग राख्नुपर्ने बरालको भनाइ थियो । हाल अमेरिकामा बसोबास गर्दै आएका बरालले सो अवसरमा झापाप्रति आफूलाई सदैव गर्व रहेको बताउनुभयो । त्यस सन्दर्भमा उनले मुलुकमा प्रजातन्त्र वहालीको आन्दोलनसंगै व्यवसायिक पत्रकारिताको विकास र प्रेस स्वतन्त्रताको आन्दोलनमा झापाका पत्रकारले लिड गरेको स्मरण गर्नुभयो । पत्रकार महासंघ झापाको बर्तमान नेतृत्वले पत्रकारको दिगो हितमा उदाहरणीय काम गरेको भन्दै उहाँले प्रशंसा समेत गर्नुभयो । महासंघले पत्रकारको सामाजिक सुरक्षाका लागि स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा आफू अमेरिका फर्के लगत्तै त्यहाँका…
भद्रपुर, २७ कात्तिक । झापाबाट नेपालको राष्ट्रिय राजनीतिमा प्रभाव फैलाउन सफल नेताहरूमा नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पनि पर्दछन् । द्वन्द्व व्यवस्थापनदेखि निरङ्कुश राजतन्त्रको अन्त्य गर्ने कामसम्मका जिम्मेवारी सकुशल निर्वाह गरेका सिटौला वर्तमान संविधान लेखनका मस्यौदाकार पनि हुन् । संघीयता, बहुलवाद, धर्मनिरपेक्षता र गणतन्त्र नेपाल स्थापनामा महत्वपूर्ण योगदान दिने नेता मध्येका एक सिटौला वर्तमान व्यवस्था रहुञ्जेल विकल्प नसोच्नु पर्ने नेता पनि हुन् । जतिवेला नेपाल चरम द्वन्द्वमा फसेको थियो, नेकपा माओवादी र नेपाली सेनाको दोहोरो बन्दुकको मारमा नेपाली जनता विभिन्न बहानामा मारिदै थिए –त्यहीबेला द्वन्द्व ब्यवस्थापन गरेर माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउँदै राष्ट्रनायक बने नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला…
अर्जुनधारा, २७ कात्तिक । झापाको अर्जुनधारा–९ स्थित सालबारीको २२ दशमलव ४ हेक्टर जग्गा २३ वर्षदेखि एमालेले कब्जा गरेको छ । नेकपा एमालेले शहीदको नाममा प्रतिष्ठान बनाएर उक्त जग्गा कब्जा गरेको हो । उसले जग्गा मात्र कब्जा गरेको छैन, वार्षिक करोडभन्दा बढी आम्दानी गरेर राज्यलाई एक रुपैयाँ कर पनि तिरेको छैन । ०२८ सालमा पञ्चायती सरकारले सुखानीमा हत्या गरेका पाँच शहीदको नाममा प्रतिष्ठान खोलेर एमालेले व्यापार गरिरहेको छ । २३ वर्षअघि ०५६ सालमा एमालेले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सुखानी शहीद स्मृति प्रतिष्ठान, नेपाल नामक संस्था दर्ता गरेको थियो । उक्त संस्थाले सरकारी वनको २२ दशमलव ४ हेक्टर क्षेत्रफलमा पार्क निर्माण गरेको…
भद्रपुर, २७ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो जीवनकालमै नेपाली जनतालाई समृद्धि देशको सुखी नागरिक बनाउने संकल्प लिएको बताउनुभएको छ । चुनावी अभियानका क्रममा भद्रपुर–६ स्थित भानुचोकमा आज आयोजित कोणसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “नेपाली जनतालाई सुखी र समृद्ध बनाउने संकल्प लिएका छौं, त्यो संकल्प पूरा गर्न हामीले भूमिका निर्वाह गर्नुछ ।” अध्यक्ष लिङ्देनले झापा क्षेत्र नं. ३ ले विगत २५ वर्षमा नभएका कामहरु प्राप्त गरेको बताउनुभयो । “विगत पाँच वर्षमा हामीले सबै गर्यौं त भन्न सकिन्न”, झापा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अध्यक्ष लिङ्देनले भन्नुभयो, “तर, २५ वर्षमा नभएका कामहरु यो पाँच वर्षमा…
बिर्तामोड, २७ कात्तिक । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) ले ५४ जना विद्यार्थीलाई सम्मान गरेको छ । आज बिर्तामोडमा सम्मान कार्यक्रम आयोजना गरी २७ वटा विद्यालयका ५४ जनालाई सम्मान गरेको हो । राष्ट्रिय परीक्षा बोर्ड विराटनगरका प्रमुख युवराज पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा २७ वटा विद्यालयका कक्षा ११ मा उत्कृष्ट नतिजा ल्याउने विद्यालगत उत्कृष्ट विद्यार्थी, संकायगत उत्कृष्ट र जिल्ला प्रथम, द्वितीय र तृतीय विद्यार्थीलाई सम्मान गरिएको थियो । हिसान अन्तरगत जिल्ला उत्कृष्ट अन्तरगत एकता एकाडेमी दमककी आकृति भट्टराई प्रथम, गोमेन्द्र कलेज बिर्तामोडका रुद्रप्रसाद आचार्य र शिशु निकेतन भद्रपुरकी सृब्जी देउजा द्वितीय तथा निधि माविकी अञ्चला श्रीवास्तव तृतीय भएकी…
बिर्तामाेड, २७ कात्तिक । बिर्तामोडको कृषिथोकबाट बरामद गरिएको माहुर (मुंग्री) हाइब्रेड माछा आज नष्ट गरिएको छ । वडा नम्बर ५ स्थित कृषिथोक बजारमा रहेको सुन्दर माछा पसलबाट बिक्री गर्दै गरेको अवस्थामा १ सय किलो माछा शनिबार सांझ बिर्तामोड नगरप्रहरीले नियन्त्रणमा लिएको थियो । नेपाल सरकारबाट प्रतिवन्धित, मानव स्वास्थ्यलाई असर पुग्ने उक्त माछा कृषकहरुको सहयोगमा नगरप्रहरीले नियन्त्रणमा लिएको नगरप्रहरी कमान्डर किरण पाण्डेले जानकारी दिनु भयो । नियन्त्रणमा लिएको माछा आज बिर्ताबजार नजिकै खाल्डो खनेर पुरिएको हो । नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, वडा नम्बर ३ का वडाध्यक्ष मदन बुढाथोकी, माछा उत्पादक कृषक मोहन शिवाकोटी, लक्ष्मी प्रसाद शिवाकोटी, कपिल न्यौपाने, मोहन सिंह…