झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २३ कात्तिक । नियमविपरीत प्रिमियम बढाएर ऋणीबाट असुलेको रकम नेपाल राष्ट्र बैङ्कले ऋणीलाई नै फिर्ता गर्न निर्देशन दिएपछि वाणिज्य बैङ्कहरूले फिर्ता गर्न सुरु गरेका छन् । राष्ट्र बैङ्कले ११ वाणिज्य बैङ्कलाई त्यसरी असुलेको एक अर्ब ८५ करोड रुपियाँ ऋणीलाई फिर्ता गर्न निर्देशन दिएको थियो । एकीकृत निर्देशनको ब्याजसम्बन्धी व्यवस्था मिचेर विभिन्न वाणिज्य बैङ्कले ब्याजमा प्रिमियम थप गरेको पाइएपछि त्यस्ता बैङ्कलाई थपिएको प्रिमियमबापतको रकम फिर्ता गर्न केन्द्रीय बैङ्कले निर्देशन दिएको हो । राष्ट्र बैङ्कका प्रवक्ता डा। गुणाकर भट्टका अनुसार हालसम्म ११ वाणिज्य बैङ्कलाई १ अर्ब ८५ करोड रुपियाँ फिर्ता गर्न निर्देशन दिइसकिएको छ । उनका अनुसार सम्बन्धित बैङ्कले रकम फिर्ताको…

Read More

सन्तोष शर्माबनियानी, २३ कात्तिक । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं ३ मुलुककै चासोको क्षेत्र बनेको छ ।     यो क्षेत्रमा कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन चुनावी मैदानमा छन् । यस क्षेत्रको चुनावी परिणामले राष्ट्रिय राजनीतिमा समेत प्रभाव पार्ने भएकाले अहिले सबैको ध्यान यसतर्फ केन्द्रित भएको छ । नेता सिटौलालाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को त्रिपक्षीय समर्थन छ भने राप्रपा अध्यक्ष लिङ्देनलाई नेकपा (एमाले)को दर्बिलो समर्थन छ । जसका कारण यो क्षेत्रमा दुवै पक्षको जीत सुनिश्चित छैन…

Read More

झापा, २३ कात्तिक । रोजगार अनुमति प्रणाली ईपीएसअन्तर्गत कृषि तथा पशुपालनतर्फको पहिलो चरणमा भाषा र सीप परीक्षामा उत्तीर्ण भएका दक्षिण कोरिया जान थालेका छन् । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले कृषितर्फको पहिलो चरणमा लिइएको भाषा र सीप परीक्षामा उत्तीर्ण भएकामध्ये ४०० जना दक्षिण कोरिया प्रवेश गरिसकेका हुन् । तीन सय जना मङ्सिरको पहिलो सातासम्म दक्षिण कोरिया प्रवेश गरिसक्ने शाखाले जनाएको छ । शाखाका अनुसार सन् २०२२ का लागि दक्षिण कोरिया जान परीक्षा उत्तीर्ण गरेका दुई हजार ७४१ जनामा एक हजार २०० जना कोरिया जानेको सूचीमा नाम आइसकेको छ । आउन बाँकी रहेकाको आगामी माघसम्म सूचीमा नाम आइसक्ने शाखाले जानकारी…

Read More

झापा, २३ कात्तिक । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले एमालेका उम्मेदवारसँग कोही कसैलाई दाँज्न नमिल्ने बताउनुभएको छ । अर्जुनधारास्थित सालबारी सुखानी पार्कमा संयुक्त निर्वाचन परिचालन समिति झापा क्षेत्र नं. २ ले आयोजना गरेको बृहत चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले झापा २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार देवराज घिमिरे जनताको सेवामा ४७ वर्ष बिताएको बताउनुभयो ।‘ घिमिरे जी लहडमा उम्मेदवार बन्नु भएको होइन, व्यापक अनुभवका आधारमा उहाँलाई पार्टीले उम्मेदवार बनाएको हो’, उहाँले भन्नुभयो । प्रदेश उम्मेदवार एकराज कार्की र चिन्तन पाठक लामो समयदेखि जनसेवामा रहेको भन्दै योग्य व्यक्तिलाई उम्मेदवार बनाइएको उहाँको भनाइ छ । ‘म बच्चैदेखि उहाँहरुलाई जान्दछु, चिन्तन…

Read More

काकरभिट्टा, २२ कात्तिक । झापा क्षेत्र नम्बर १ मा गठबन्धनको पक्षमा जनलहर बढ्दो छ । एमाले पार्टीमा सक्रिय नेता तथा कार्यकर्ता काँग्रेस पार्टीमा प्रवेश गर्ने लहर जारी छ । गठबन्धनको पक्षमा जनलहर बढेसँगै उम्मेदवारहरु थप उत्साहित बनेका छन् । सोमबार मेचीनगर–२ का एमालेका ठूलो संख्यामा नेता तथा कार्यकर्ता काँग्रेस पार्टीमा प्रवेश गरेका थिए भने मंगलवार ९आज० मेचीनगर–६ काँकरभिट्टामा ५० जना एमालेका सक्रिय कार्यकर्ताले सो पार्टी छाडेका हुन् । मेची सामुदायिक भवन काँकरभिट्टामा आयोजित कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ मेचीनगर–६ का वडाध्यक्ष कमल कुमार गुभाजुसहित रेविका चिमरिया, सुवास तामाङ, जीवन प्रधान, सागर लिम्बू, पासाङ शेर्पालगायत ५० जना नेपाली काँग्रेस पार्टीमा प्रवेश…

Read More

भद्रपुर, २२ कात्तिक । बैंकहरुले मनोमानी ढंगले लगानी रकममा बृद्धि गरेको व्याजदरविरुद्ध झापाका उद्योगी–व्यवसायी आन्दोलित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ को आह्वान अनुसार झापाका उद्योगी–व्यवसायीले झापा जिल्ला प्रशासन कार्यालयमा आज ज्ञापनपत्र बुझाउँदै आन्दोलन शुरु गरेका हुन् । जिल्लाको सदरमुकाम भद्रपुरस्थित विद्युत प्राधिकरण छेउबाट र्यालीसहित जिल्ला प्रशासन कार्यालय पुगेका उद्योगी व्यवसायीले प्रशासन परिसरिमै कोणसभा गर्दै सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेलाई ज्ञापनपत्र बुझाएका थिए । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ का अध्यक्ष टिकाराज ढकालको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेका उद्योगी–व्यवसायीले ज्ञापनपत्रमाथि गम्भीर भएर समस्याको समाधानका लागि पहल गरिदिन जिल्ला प्रशासन कार्यालmयलाई आग्रह गरेका थिए…

Read More

बिर्तामोड, २२ कात्तिक । नेपाली कांग्रेस प्रदेश नं–१ का सभापति उद्वव थापाले संविधानको रक्षा, लोकतन्त्रको प्रत्याभूति, जनताको समृद्धि सुनिश्चित नभएसम्म गठबन्धन यथावत रहने बताउनुभएको छ । नेपाली कांग्रेस झापा पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले संविधान र जनआन्दोलनबाट प्राप्त उपलब्धीको रक्षाका लागि कांग्र्रेस सडकमा उत्रिएको र वर्तमान गठबन्धन बनेकोले यसको निरन्तरता अझै आवश्यक रहेको बताउनुभएको हो । अहिलेको निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धन अग्रगमन पक्षधर रहेको र एमाले–राप्रपा लगायत दलको गठबन्धन प्रतिगमन पक्षधर रहेकाले निर्वाचनमार्फत जनताले प्रतिगमनलाइ परास्त गर्ने बिश्वास ब्यक्त गर्नुभयो । सभापति थापाले गठबन्धनका उम्मेद्वारको पक्षमा प्रचार–प्रसार गर्न पत्रकारहरुलाई आग्रह समेत गर्नुभयो । कार्यक्रममा…

Read More

झापा, २२ कात्तिक । शालिन, तार्किक र अध्ययनशिल जुझारु वामपन्थी नेता हो पुस्पराज पोखरेल । पञ्चायत बिरुद्ध झापा जिल्ला पन्चायतको जन पक्षिय उपसभापतिदेखि मेयर र साँसद्पनि । त्यही परिचयसाथ अगाडि आएका पोखरेल अहिले झापा निर्वाचन क्षेत्र नं. २ अन्तर्गतको प्रदेश १ मा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट प्रदेश सांसदको प्रत्यासी भएका छन् । यो पुस्प पोखरेलको बिगतको पहिचान हो । त्यो भन्दापनि उनी परिचित छन्, झापाली कम्युनिष्ट आन्दोलनमा उनले निर्वाह गरेको सत्कर्मले । परिवर्तनका लागि झापा विद्रोह लगायतका कम्युनिष्ट आन्दोलनका लागि उनले गरेको काम सराहनीय मानिन्छ । ओखलढुङ्गामा जन्मेका पुस्प परिवारको साथ २०२८ सालबाट झापा आएर सानै उमेरदेखि राजनितिमा होमिए ।…

Read More

सुनसरी, २२ कात्तिक । सुनसरीको बराहक्षेत्र नगरपालिका–११ स्थितबाट अवैध लागुऔषध गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती प्रहरी चौकी मधुवनबाट खटिएको प्रहरी गस्ति टोलीले संकास्पद अवस्थामा रहेको बा ११ च ३०४२ नम्वरको स्कारपियो गाडीलाई चेकजाँच गर्ने क्रममा गाडी भित्र १ सय ७५ किलोग्राम गाँजा र नगद १ लाख १ हजार ४ सय २५ रुपैयाँ समेत बरामद गरेको हो । अवैध गाँजा बरामद भएसँगै सवारी साधन र चालक इटहरी उपमहानगरपालिका–४ सुनसरीका ३१ बर्षीय मनिस दर्नाल र सहचालक ३१ बर्षीय योगेन्द्र बजगाई समेतलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्मानित सुनसरी जिल्ला अदालतबाट म्याद ‍थप गरी लागु…

Read More

भद्रपुर, २२ कात्तिक । आगामी मंसिर ४ गते हुने आम निर्वाचनका दिन अपाङ्गता भएका व्यक्तिहरूको सहज आवागमनका लागि यातायातको व्यवस्था मिलाउन माग गरिएको छ । झापाको बिर्तामोडमा सोमबार नेत्रहीन युवा संघ नेपाल झापाले पत्रकार भेटघाट गरी त्यस्तो माग गरेको हो । संघले निर्वाचनको दिन अपाङ्गता भएका व्यक्तिहरूको सहज आवागमनका लागि यातायात, मतदानस्थललाई सकेसम्म पहुँचयुक्त बनाउन, सहयोगीको व्यवस्था गरिदिन, बहिरा व्यक्तिहरूसँग सांकेतिक भाषामा सञ्चार गर्न सक्ने वातावरण सिर्जना गर्न र अपाङ्गता भएका व्यक्तिहरूप्रति अपाङ्गतामैत्री व्यवहार गर्ने लगायतका माग राखेको छ । संविधानमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन, २०७४ को दफा ११ तथा अपाङ्ता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धीको धारा…

Read More