झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, १७ असोज । नेपाल दशनामी समाज बिर्तामोड नगर समितिका सल्लाहकार तथा सामाजिक ब्यक्तित्व नरनाथ गिरीले समाजलाई ५० हजार रुपैयाँ प्रदान गरेका छन् । नगर समितिले आइतवार बिर्तामोडमा आयोजना गरेको २०७९ को वडादशैं, तिहार तथा छठ पर्वको शुभकामना आदान–प्रदान कार्यक्रममा गिरीले यसअघि समाजको कोष स्थापनाका लागि घोषणा गरेको ५० हजार रुपैयाँको चेक समाजका नगर अध्यक्ष अर्जुन गिरीलाई हस्तान्तरण गरेका हुन् । समाजका बिर्तामोड नगर अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको शुभकामना आदान–प्रदान कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नरनाथ गिरीले चेक हस्तान्तरणसँगै बन्धुहरुका लागि गठन भएको समाजमा सवै एकताबद्ध हुन आग्रह गरे । उनले सवैले सकेको आर्थिक सहयोग गरेर समाजको कोष स्थापना…

Read More

अर्जुनधारा, १७ अशोज । नेपालीहरुको चाड बडा दसैँको उपलक्ष्यमा झापाको अर्जुनधारामा आयोजित दोस्रो नव युवा गोल्डकपको उपाधि आयोजक अर्जुनधारा स्पोर्टिङ क्लबले जितेको छ । अर्जुनधारा खेलमैदानमा भएको फाइनल खेलमा स्पर्धी बिर्तामोड युनाइटेडलाई २-० गोलको नतिजाबाट स्तब्ध पार्दै अर्जुनधाराले उपाधि रक्षा गरेको हो । आयोजक अर्जुनधाराका लागि विकास खवास र सौरभ लिम्बूले गोल गरे । रोमाञ्चक खेलमा बिर्तामोडले दबाब सिर्जना गरे पनि सुरुवाती अग्रता अर्जुनधाराले लिएको थियो । खेलको १२औँ मिनेटमा अर्जुनधाराका विकास खवासले गोल गर्दै अग्रता दिलाए । निरन्तर दबाब दिइरहेको बिर्तामोडले केही समय अर्जुनधाराको हाफ ग्राउण्ड नै कब्जा गरे पनि स्कोर गर्न भने सकेन । घरेलु मैदानमा घरेलु समर्थकको…

Read More

अर्जुनधारा, १७ अशोज । तेस्रो खुदुनाबारी गोल्डकपको उपाधी धनकुटा महिला फुटबल क्बल धनकुटाले जितेको छ । प्रदेश १ स्तरीय महिला फुटबल प्रतियोगिताको आईतबार सम्पन्न फाइनलमा टाईब्रेकरमा आयोजक टिम जुनतारा महिला फुटबल क्लब झापालाई ३–० गोल अन्तरले पराजित गर्दै गोल्डकपको उपाधी धनकुटाले जितेको हो । धनकुटा महिला फुटबल क्बल धनकुटा झापाको अर्जुनधारा नगरपालिका ३ स्थित प्रस्तावित प्राकृतिक रंगशालामा सम्पन्न निर्धारीत ७० मिनेटको खेलमा दुवै टिमले १–१ गोल गरेपछि बराबरी भएको खेल टाइब्रेकरमा गएको थियो । खेलको ३४ मिनेटमा धनकुटाले पाएको फ्रिकिकको सदुपयोग गर्दै जुनतारको पोष्टमा धनकुटाकी टिम कप्तान अन्जना थुलुङ राईले गरेको प्रहार गोलमा परिणत भएको थियो । तर जुनतारले इन्जुरी टाइममा…

Read More

झापा, १६ असोज । गायक तथा संगीतकार कमल खत्री वैवाहिक जीवनमा बाँधिएका छन् । ​आइतबार बडादशैंको फूलपातीको दिनको अवसर पारेर गायिका मेलिना मैनालीसँग गायक खत्रीले विवाह गरेका हुन् । दुवै तर्फका परिवारका सदस्यहरुको उपस्थितिमा सामान्य तरिकाले आफूहरुले विवाह गरेको कमलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । साथै विवाहमा लाग्ने खर्च गरिब तथा असहायलाई सहयोग गर्ने समेत नविवाहित जोडीले घोषणा गरेका छन् ।

Read More

एजेन्सी । महिलाले लगाउने रेनकोट प्रति उच्च आकर्षण भएका जापानका एक व्यक्तिले १३ वर्षको अन्तरालमा ३६० वटा रेनकोट चोरेका छन् । उनलाई ‘रेनकोट म्यान’ भनिएको छ । अडिटीसेन्ट्रल अनुसार जापानको ओसाकामा बस्ने ५१ वर्षका ती व्यक्तिलाई प्रहरीले पछिल्लो एक दशकदेखि पक्राउ गर्न खोजिरहेको थियो । योसिदो योदा पत्रिका डेलिभरी गर्ने काम गर्दथे । उनलाई रेनकोटको रुपमा प्रयोग गरिने ‘कप्पा’ भन्ने गार्मेन्टप्रति आशक्ति थियो । प्रहरीले उनको घरमा छापामा मार्दा कूल ३६० वटा रेनकोट भेटेका थिए । उनले सन् २००९ मा पहिलो पटक रेनकोट चोरेका थिए । ओसाका प्रहरीले स्रोतलाई उद्धृत गर्दै ती व्यक्तिले साइकलमा रेनकोट लगाएर यात्रा गर्ने महिलालाई पछ्याउने…

Read More

झापा, १६ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भाषा, संस्कृति र सभ्यताको संरक्षण गर्दै तिनको समृद्धिमा लाग्नु सबैको दायित्व भएको बताएका छन् । दसैँ, तिहार, छठ, नेपाल संवत्, ल्होसारलगायत चाडपर्वका अवसरमा शुभकामना दिँदै उनले हाम्रा सांस्कृतिक पर्वले नेपाली समाजमा आपसी सहिष्णुता र भावनात्मक एकता पैदा गर्ने विश्वास व्यक्त गरे । सांस्कृतिक पर्वको शृङ्खलाभित्र अब हामी प्रादेशिक र सङ्घीय निर्वाचनको सङ्घारमा रहेको जनाउँदै अध्यक्ष दाहालले आगामी मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिई संविधान, गणतन्त्र, सङ्घीयताको रक्षा र सुदृढीकरणका लागि विजय गराउन अपिल गरेछ । सन्देशमा उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली…

Read More

झापा, १६ असोज । झापाको कमल गाउँपालिका–२ मिलडाँगीका २३ वर्षीय चन्द्रबहादुर माझी आमा र काकाको हत्या आरोपमा पक्राउ परेका छन् । शनिबार राति उनले घरमा सुतिरहेका ५० वर्षीया आमा चन्द्रकला र काका ५० वर्षीय सन्तबहादुर माझीको धारिलो खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरूलाई सुतिरहेको अवस्थामा राति १० बजे चन्द्रबहादुरले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ । हत्यापछि खुकुरी लिएर भाग्दै गरेको अवस्थामा प्रहरीले माझीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पारिवारिक विवादका कारण आमा र काकाको हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले…

Read More

आम नेपालीहरूको महान चाड बडादशैं–२०७९ को सुखद् अवसरमा प्रदेश नं. १ सहित देश, विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । नेपाल विविध भाषा धर्म संस्कृतिले धनी देश हो । सबै जातजाति, समुदायको आ–आफ्ना चाडपर्व छन् । नेपालीहरूले खुशी र उमङ्गले मनाउने दशैं एउटा ठूलो पर्व हो । हाम्रा जुनसुकै चाडपर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचानका साथ अनेकतामा एकता कायम गर्नमा महत्वपूर्ण योगदान गरेका छन् । हाम्रा सांस्कृतिक पर्वहरू आपसी सहिष्णुता र भावनात्मक एकताका प्रतीक हुन् । पर्वहरूको…

Read More

झापा, १६ असोज । राष्ट्रिय सडक सञ्जाल नजोडिएका केही पश्चिम हिमाली जिल्लामा हवाई जहाजको टिकट नपाउँदा यात्रु अलपत्र परेका छन्। नेपालगञ्ज विमानस्थलबाट हुम्ला, डोल्पा लगायतका हिमाली जिल्लामा जहाजको टिकट नपाउँदा दसैं, तिहार मनाउन घर जान लागेका विद्यार्थी लगायत अन्य मानिस अलपत्र परेका हुन् । जहाजको टिकट दुई हप्तासम्म नपाएको र आफूसँग खान र बस्नका लागि अब पैसा नभएकाले कसरी बाच्ने भन्ने चिन्ता थपिएको यात्रुहरुको गुनासो छ। निजी एयरलाइन्सका हवाईजहाजले आफूखुशी टिकट वितरण गरिरहेको र बढी पैसा दिनेलाई टिकट दिने गरेको उनीहरु बताउँछन्। नेपाल एयरलाइन्सले हाल नेपालगञ्जबाट हप्तामा दुईदिन मात्र दुर्गम पहाडी जिल्लामा उडान भर्दै आएको छ। यसैगरि तारा एयरको चार…

Read More

झापा, १६ असोज । सत्तारूढ पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) ले बाहिरने संकेत गरेको छ। शनिबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले गठबन्धनबाट अलग्गिने संकेत गरेको हो। बैठकले निर्वाचनमा सिट तालमेलका सम्बन्धमा अहिले भइरहेको छलफल सन्तोषजनक नभएको भन्दै गठबन्धनको विकल्पमा अन्य दलसँग तालमेल गर्ने, त्यो पनि सम्भव नभए एक्लै चुनाव लड्ने निर्णय गरेको छ। ‘हाम्रो पार्टीको समेत सहभागिता रहेको पाँच दलीय गठबन्धनमा मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिट तालमेलका सम्बन्धमा भइरहेको छलफलमा सन्तोषजनक अवस्था नदेखिएको हुँदा यसका अतिरिक्त सम्भव भएसम्म विकल्पका रूपमा अन्य राजनीतिक दलहरूसँग पनि निर्वाचनमा तालमेल गर्न सकिनेछ,’ जसपाका प्रवक्ता मनीष सुमनले जारी गरेको…

Read More