
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
कनकाई, १८ कात्तिक । नेकपा (एमाले) कनकाई वडा नं. १ का इञ्चार्ज दधिराम पोखरेलले पार्टी परित्याग गरेका छन् । चार दशकदेखि एमालेको पार्टी राजनीतिमा सक्रिय उनले एमाले पार्टी नभएर ओली कम्पनीमा रुपान्तरण भएको भन्दै पार्टी परित्याग गरेका हुन् । उनले आज पत्रकार सम्मेलनको आयोजना गरी पार्टीमा विचार, नीति, विधि भन्दा गुटको राजनीति हावी भएकाले पार्टी छाडेको बताए । “कालोलाई कालो र सेतोलाई सेतो भन्न सक्ने बन्नका लागि पार्टी त्यागेको हुुँ”, उनले भने, “पार्टीले सेतोलाई कालोभन्दा कालै भन्नुपर्ने अवस्था विद्यमान छ ।” २०३८ सालमा विद्यार्थी जीवनकालदेखि राजनीतिमा सक्रिय उनले जेलनेल भोगेको बताए । उनले भने, ‘पद नमागी पार्टीको हरेक गतिविधिमा सक्रिय…
विर्तामोड १८, कार्तिक । आदर्श स्कुल अफ म्यानेजमेन्टको आयोजना ,सुरुवाती कोठा नेपाल झापा तथा एन एम बि बैंक को सहकार्यमा बिद्यार्थी लक्षित एक दिने बित्तीय साक्षरता सम्बन्धि कार्यशाला गोष्ठी सप्पन्न भएको छ । आदर्श कलेज कि एकाडेमिक कोर्डिनेटर विजया भण्डारीको अध्यक्षतामा भएको कार्यशालामा तालिम संयोजक दीपक दासले सन्चालन गर्नु भएको थियो । कार्यशालामा बैंक तथा बित्तीय संस्था ,बचत गर्ने बानी ,बैक महत्त्व , बाल बचत ,आधुनिक बैकिङ प्रणाली इत्यादि विषयका बारेमा एन एम बि ,बैंक चन्द्रगडिका शाखाका प्रमुख बिश्वास आचार्य तथा कर्मचारी आशिष् तिम्सिनाले सहजीकरण गर्नु भएको थियो। कार्यशालामा एन एम बि बैंकका कर्मचारी सरोज अधिकारी ,दिब्या लुइटेल लगाएत ७०…
भद्रपुर, १८ कात्तिक । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदाता शिक्षा प्रदान गर्ने उद्देश्यले आजदेखि जिल्लाका सबै वडामा स्वयम्सेविका परिचालन गरिने भएको छ । मतदाता शिक्षा अभिबृद्धि गर्ने उद्देश्यले जिल्लाका १३१ वटै वडामा एक÷एक जना स्वास्थ्य स्वयम्सेविका परिचालन गर्न लागिएको निर्वाचन कार्यालय झापाका प्रमुख निर्वाचन अधिकृत तुलसी नेपालले जानकारी दिनुभयो । त्यस्तै, जिल्लाका १५ वटै स्थानीय तहमा नमूना मतदान समेत गरिने उहाँले बताउनुभयो । भद्रपुर–१० स्थित वीरेन्द्र माविमा बिहीबार नमूना मतदान गरी उक्त कार्यको थालनी गरिसकेको छ । यता, झापामा निर्वाचनका लागि आवश्यक ९५ प्रतिशत निर्वाचन सामग्री प्राप्त भएको छ । निर्वाचन सम्पन्न गर्न आवश्यक सामग्रीमध्ये…
विश्वमा सर्वत्र पाइने कमिलाहरु विभिन्न आकार प्रकारमा पाइन्छन् । कमिलाहरुको आकार निकै सानो हुन्छ । यस्तो सानो जीवका अंग प्रत्यंगहरु कस्ता होलान् ? हामीले खासै ख्याल गर्दैनौँ । हालै एक विश्वव्यापी फोटोग्राफी प्रतियोगिताको आयोजना गरिएको थियो । Small World Photomicrography Competition 2022 नामक उक्त प्रतियोगितामा साना जीवहरुको तस्वीर खिचेर पठाउनुपर्ने थियो । उक्त प्रतियोगितामा एक व्यक्तिले कमिलाको अनौठो तस्वीर खिचेर पठाए, जसले सबैलाई तिनछक्क पारिदियो । उक्त तस्वीरमा कमिलाको अनुहार निकै भयानक जस्तो देखिन्छ । लिथुआनियाका फोटोग्राफर युजिनियस काभलियाउस्कसले उक्त तस्वीर खिचेका हुन् । उक्त तस्वीरको शीर्षक थियो कमिला अर्थात Ant (Camponotus) छ। कमिलाको एलियन जस्तो अनुहारलाई एक स्टेरिया १०×…
झापा, १८ कात्तिक । नेकपा (एमाले) को चुनावी आमसभा आजबाट सुरु हुने भएको छ । सुदूर पश्चिम प्रदेशको दार्चुलाबाट सुरु हुने चुनावी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली आज धनगढीबाट हेलिकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । एमालेले ४ मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुच्चे नक्सालाई समेत चुनावी एजेण्डा बनाउने ध्येयका साथ दार्चुलाबाट चुनावी अभियान सुरु गर्न लागेको हो । ओलीले आज बिहान ११ बजे दार्चुला सदरमुकाम खलंगामा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि एमालेले आजै बैतडी र कञ्चनपुरमा पनि आमसभा गर्दैछ । ती चुनावी सभालाई पनि ओलीले सम्बोधन गर्नेछन् ।
झापा, १८ कात्तिक । आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी पर्व मनाइँदै छ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरिदिने मनाइने धार्मिक चलन रहेको छ । हरिबोधिनीका दिन विष्णु भगवानको पूजा अर्चनासहित तुलसी विवाह गरिदिने चलन छ । एकादशीहरूमा सबैभन्दा ठूलो हरिबोधिनी एकादशीलाई मानिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्छन् । असाढ शुक्ल एकादशीको दिन भगवान विष्णु सुतेर कात्तिक शुक्ल एकादशीका दिन उठ्ने विश्वास गरिन्छ । विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्ध जस्ता माङ्गलिक कार्य गर्न नहुने मान्यता छ । हरिबोधिनी…
बिर्तामोड, १७ कात्तिक । संयुक्त गठबन्धन झापा–२ का प्रतिनिधि सभा र प्रदेस सभाका उमेदवारहरुले झापाली भुमिको इतिहास बोकेको कोचहरुको बाहुल्यता रहेको घैलाडुब्बाबाट आफ्नो घर दैलो अभियान सुरु गरेका छन् । पुर्व कै आदिवासी भूमि पुत्रहरुको आशीर्वाद ग्रहण गर्दै चुनाबी घर दैलो सुरुवात गर्दै प्रतिनिधि सभाका उमेदवार हरीकुमार राना र प्रदेस सभाका उमेदवार पुष्पराज पोखरेलले घर दैलो सुरु गरेका हुन् । बिहिबार भुमिपुत्रहरुको सम्मानले जीत सुनिश्चित गर्ने धारणा राख्दै उनीहरुले कनकाई ९ मा रहेको कोचहरुको इतिहास र सस्कृती बोकेको कोच भवन र त्यहा रहेको ग्रामथानमा पुजा समेत गरे । कोचहरुले निर्माण गरेको ऎतिहासिक स्थल ग्रामथानको दर्सन गराउदै दुबै जनाको विजय सुनिस्चित…
बिर्तामोड, १७ कात्तिक । लोकतान्त्रिक–बाम गठबन्धनको तर्फबाट झापा क्षेत्र नम्बर २ का साझा उम्मेदवार हरिकुमार रानाले सत्तापक्षीय गठबन्धनलाई अपवित्र गठबन्धन भनिएको प्रति कटाक्ष गरेका छन् । उम्मेदवार रानाले एमाले–राप्रपाका उम्मेदवारहरुले सत्तापक्षीय गठबन्धनलाई अपवित्र भनेकोप्रति कटाक्ष गरेका हुन् । गठबन्धन दलको दोस्रो चरणको चुनावी प्रचारप्रसारको क्रममा उम्मेदवार रानाले २०६२÷६३ सालको जनआन्दोलन दबाउने गृहमन्त्रीले सूर्य चुनाव चिन्ह लिएर निर्वाचनमा उठ्दा पवित्र गठबन्धन हुने ? भन्दै प्रश्न गरे । रानाले बिहीबार कनकाई–८ को लक्ष्मीपुर चोकमा आयोजित कोणसभामा बोल्दै लोकतन्त्र स्थापनाका लागि हिजैका दिनदेखि सहकार्य गर्दै आएको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र तत्कालिनसमयमा नेकपा एमालेमा रहेर हाल नेकपा एकिकृत समाजवादी पार्टी गठन गरेकाहरु…
बिर्तामोड, १७ कात्तिक । झापाको अर्जुनधारा नगरपालिका–९ मा रहेको श्री पवित्र हरि मन्दिर तथा श्री हरिभक्त सेवा संघ शाखालाई बिर्तामोडका भट्टराई परिवारले आफन्तको स्मृतिमा मन्दिर निर्माण गरी हस्तान्तरण गरेका छन् । स्व. देवीप्रसाद भट्टराईको स्मृतिमा उनको परिवारले हरिभक्त सेवा संघलाई रू एक करोडको लागतमा मन्दिर निर्माण गरी आज बिहिबार एक कार्यक्रमका बीच हस्तान्तरण गरेको हो । अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव सिंह गोम्दन, वडा नं. ९ का वडाध्यक्ष भीष्म मिश्र, दिवंगत भट्टराईकी पत्नी श्रीमाया भट्टराई तथा छोरा निर्मल भट्टराई , बुहारी सुमित्रा भट्टराई लगायतले मन्दिर परिसरमा निमार्ण गरिएको शिलालेखको अनावरण पश्चचात समितिलाई हस्तानतरण गरेका थिए । नवनिर्मित भवनका लागि स्वर्गीय देवीप्रसादले…
इटहरी, १७ कात्तिक । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । बिहीबार प्रदेश कमान्ड पोष्टले इटहरीमा आयोजना गरेको निर्वाचन विशेष सुरक्षा योजना सम्बन्धित बैठकमा मन्त्री कार्कीले यस्तो बताउनुभएको हो । आवधिक निर्वाचन कसैको जित हार भन्दा पनि लोकतन्त्रको जीतका रूपमा हुने बताउँदै मन्त्री कार्कीले लोकतन्त्रलाई विजयी बनाउनका लागि सुरक्षा निकायका प्रतिनिधिलाई निर्देशन दिनुभयो । ‘यो कसैको जित हारको कुरा हुँदैन । आवधिक निर्वाचनले लोकतन्त्रलाई विजयी गराउँदछ । उहाँले भन्नुभयो, जनताले शान्तिपूर्ण ढङ्गले मतदान गर्न पाउने वातावरण बनाउनुपर्छ ।’ मन्त्री कार्कीले प्रदेशका संवेदनशील क्षेत्रहरूमा विशेष निगरानी…