झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापाको कम्युनिष्ट आन्दोलनमा एक कुशल र अगुवा नेताका रुपमा स्थापित व्यक्तिको नाम हो, रविन कोइराला । झापाको विकास र समृद्धिमा महत्वपूर्ण भूमिका खेल्दै आउनु भएका उहाँ नेकपा एमाले केन्द्रीय कमिटीको सदस्य र झापा जिल्लाको सहइन्चार्ज हुनुहुन्छ । २०७० सालमा झापा क्षेत्र नं. १ बाट अत्याधिक बहुमतका साथ संविधानसभा सदस्यमा निर्वाचित कोइराला मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा झापा क्षेत्र नम्बर १ (१) बाट प्रदेश सभा सदस्य उम्मेदवारको रुपमा चुनावी मैदानमा हुनुहुन्छ । उहाँसँग पत्रकार युवराज आचार्यले गरेको निर्वाचन केन्द्रित कुराकानी ः चुनावी प्रचार अभियान कसरी अघि बढिरहेको छ ?हामी चुनावी प्रचार अभियानमा छौँ । चुनावी प्रचार अभियानको पहिलो चरणको कार्यक्रममा…

Read More

भद्रपुर, २२ कात्तिक । झापाको मेचीनगरबाट प्रहरीले करिब डेढ लाख रुपैयाँ बराबरको मोटर पार्टस् बरामद गरेको छ । सोमबार राति ६ं५५ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ बाट भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेको उक्त सामान बरामद गरेको हो । बरामद सामग्री आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालयमा बुझाउने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा, २२ कात्तिक । सर्वोच्च अदालतले सार्वजनिक पदबाट अवकाशप्राप्त व्यक्तिलाई सङ्घ र प्रदेश सरकारले दिएको सुविधासम्बन्धी विवरण माग गरेको छ । उक्त सुविधा दिन लिइएका कानुनी आधारसमेत पेस गर्न अदालतले सङ्घीय सरकार र प्रदेश सरकारका नाममा आदेश गरेको हो । सर्वोच्चले यसअघि २०६८ सालमा सार्वजनिक पदमा रहेर अवकाश पाएका तथा पूर्वविशिष्टहरूलाई दिने सुविधा कानुन बनाउन जारी निर्देशनात्मक आदेश कार्यान्वयनबारे पनि प्रतिवेदन माग गरेको छ । न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र प्रदेश सरकारबाट त्यस्ता विवरण र सुविधा दिनुको कानुनी आधार माग गरेको हो । सर्वोच्चले पूर्वविशिष्टलाई कानुन बनाएर सुविधा दिन यसअघि आदेश गरे पनि…

Read More

झापा, २२ कात्तिक । प्रतिबद्धताअनुसार वैदेशिक लगानी नआएपछि विदेशीलाई व्यावसायिक भिसामा कडाइ गरिएको छ। नेपालमा लगानी गर्छ भनेर प्रतिबद्धता गर्ने तर लगानी नगरेपछि भिसामा कडाइ गरिएको उद्योग विभागले जनाएको हो। विभागका विदेशी लगानी शाखाका निर्देशक शङ्करसिंह धामीले प्रतिबद्धताअनुसार विदेशी लगानी नभित्र्याएपछि विदेशी नागरिकलाई व्यावसायिक भिसामा कडाइ गरिएको जानकारी दिए। पछिल्लो समय विदेशीले व्यावसायिक भिसा प्राप्त गर्ने प्रयोजनका लागि मात्र विदेशी लगानी स्वीकृत गरेको तर प्रतिबद्धताअनुसार लगानी नभित्रिएपछि भिसामा कडाइ गरिएको उनले जानकारी दिए। ‘प्रतिबद्धता जनाएअनुसार काम नभएकाले विभागले व्यावसायिक भिसामा सर्तसहित कडाइ गरेको हो। इमानदार लगानीकर्तालाई भिसा दिन कहिले पनि समस्या हुँदैन । जसले काम नगर्ने भिसा मात्रै थप्ने कार्य…

Read More

झापा, २२ कात्तिक । बीमा व्यवसायको नियमन गर्दै आएको बीमा समिति मंगलबारबाट बीमा प्राधिकरणमा रूपान्तरण भएको छ । बीमा ऐन २०७९ कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण कामकारबाही प्राधिकरणमा रूपान्तरण भएको हो । भदौ अन्तिममा संघीय संसद्बाट पारित भएको बीमा विधेयक असोज २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको हो । राष्ट्रपतिबाट प्रमाणीकरण भएको १ महिनामा लागू हुने कानुनी प्रावधानअनुसार बीमा ऐन मंगलवारबाट लागू हुँदै छ । मंगलवार नै समिति प्राधिकरणमा रूपान्तरण भएको औपचारिक घोषणा हुँदै छ । ऐनको व्यवस्थाअनुसार हाल कायम समितिका अध्यक्षलगायत सञ्चालकहरूले स्वतः प्राधिकरण सञ्चालकमा निरन्तरता पाउनेछन् । यस्तै समितिका कर्मचारी र यसले गर्दै आएको काम कारबाहीको दायित्व पनि…

Read More

झापा, २२ कात्तिक । निजी क्षेत्रले सञ्चालन गरेका सिमेन्ट उद्योग नाफामा छन् । विदेशी बजारमा समेत निर्यात गर्न सुरु गरेका छन् । तर, सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग दिनानुदिन धराशायी बनेको छ। व्यवस्थापकीय नेतृत्वको लापरबाहीले उद्योग अप्ठ्यारो अवस्थामा गुज्रिएको हो । उद्योग अहिले बन्द अवस्थामा छ। दसैँपछि केही दिन खुलेको उद्योग छठ बिदा सकिएपछि पनि सञ्चालनमा आएको छैन । उद्योग सञ्चालनको पहल गरिदिन त्यहाँका ट्रेड युनियनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई अनुरोध गरेका छन् । उच्च व्यवस्थापनले उद्योगलाई धराशायी बनाएको ट्रेड युनियनको आरोप छ । उद्योगमा आर्थिक हिनामिना र अनियमितता भएको आरोप लगाएका हुन् । उद्योग डुबाउने खेल सुरु भएको…

Read More

बिर्तामोड, २१ कात्तिक । आगामी आम निर्वाचनमा झापा क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवार बन्नुभएका कुमार भट्टराई सबैको सुखदुःखमा साथ दिएकाले आफूले मत पाउने विश्वास व्यक्त गर्नुभएको छ । झापाको बिर्तामोडमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उम्मेदवार भट्टराईले जन्तीदेखि मलामीसम्म सबै प्रकारका खुसी र दुःखमा आफू सहभागी भएकाले आफूले जनताको मत पाउने विश्वास व्यक्त गर्नुभयो । “मैले राप्रपा, कांग्रेस, एमाले सबैको मत पाउँछु”, उहाँले भन्नुभयो, “म पार्टी भन्दा व्यक्तिगत रुपमा सबैसँग घुलमिल भएकाले मलाई मत आउँछ ।” सबै पेसा, व्यवसायमा आबद्धहरु समेत आफूलाई माया गर्ने र मत दिने उहाँले बताउनुभयो । उम्मेदवार भट्टराईले आफूले ४५० भन्दा बढी…

Read More

बिर्तामोड, २१ कात्तिक । झापा कनकाई– ३ निवासी पदमप्रसाद प्रसाईले कनकाई–३ मा रहेको आफ्नो व्यापारिक भवन कनकाई नगरपालिकाले डोजर लगाएर भत्काएको बताउँदै उचित क्षतिपूर्ति दिन कनकाई नगरपालिकासंग माग गरेका छन् । पूर्व–पश्चिम महेन्द्र राजमार्गदेखि दक्षिण अमरपथ मार्गमा पर्ने कित्ता नं. २६७ को साढे ३ धुर जग्गामा बनेको व्यापारिक प्रयोजनको चारतले भवन कनकाई नगरपालिका र वडा नं. ३ ले डोजर लगाएर आइतबार भत्काईदिएको बताउँदै उक्त घटनाबाट आफ्नो एक करोडभन्दा वढीको क्षति भएको उनले जनाएका छन् । बाटोको सेन्टरबाट ४० फुट बाटो, ढल र सेटब्याट ७ फिट कायम गरि नगरपालिकाले २०७३ जेठ २४ मा घर नक्सा प्रमाणित गरी घर नक्साको प्रमाण दिइसकेको…

Read More

बिर्तामोड, २१ कात्तिक । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी तथा केन्द्रीय चुनाव प्रचारप्रसार समिति सदस्य जलकुमार गुरुङले पार्टीको निर्देशन अनुरुप अगाडी बढ्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । झापा क्षेत्र नम्बर २ मा लोकतान्त्रिक–बाम गठबन्धनको चुनावी प्रचार अन्तर्गत सोमबार बिर्तामोड–४ को आदर्श व्याङ्क्वेटमा आयोजित कार्यक्रममा बोल्दै गुरुङले आफ्नो सिद्धान्तबाट विचलित नभई पार्टीको निर्देशनअनुरुप अगाडी बढ्न कार्यकर्तालाई आग्रह गरेका हुन् । ‘पार्टीले दिएको निर्देशन जिन्दगीमा छोड्नु हुँदैन,’ उनले भने,‘हामी बीसौँ बर्षदेखि पार्टीमा लागेको मान्छे एकछिन दाँयाबाँया हुँदा केहि हुँदैन, आफूले लिएको उद्धेश्य छोड्नु हुँदैन अनि मात्र लक्ष्यमा पुग्न सकिन्छ ।’ यसो गर्दा हुन्छ कि उसो गर्दा हुन्छ कि भनेर मन डुलाएर केहि नहुने…

Read More

बनियानी, २१ कात्तिक । नेपाली कांग्रेस नेता एवम् झापा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कृष्णप्रसाद सिटौलाले विकास र समृद्धि चाहने जनताको मत आफूले पाउने बताउनुभएको छ । झापाको भद्रपुरमा आज पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै नेता सिटौलाले विगत पाँच वर्षमा झापा क्षेत्र नं. ३ मा कुनै पनि विकासका गतिविधि नभएका आरोप लगाउँदै विकासप्रतिको चाहना राख्ने जनताले आफूलाई यस पटक मत दिएर विजय गराउने बताउनुभयो । “पहिलो संविधान सभाबाट संविधान आउन सकेन, म त्यो चुनावमा पराजित भएको थिएँ”, उहाँले भन्नुभयो, “दोस्रो संविधान सभाको निर्वाचनमा संविधान बनाउने प्रतिबद्धता जनाए, जनताले मलाई विश्वास गर्नुभयो, विजय भएँ र संविधान निर्माणमा महत्वपूर्ण भूमिका…

Read More