
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २९ असोज । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले नेपाली कांग्रेससँगको सम्बन्ध चुनावी तालमेलका लागि मात्र नभएको बताएका छन् । नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय गोरखामा आज आयोजित वाम लोकतान्त्रिक गठबन्धन दलका जिल्लास्तरीय नेता कार्यकर्ताको संयुक्त भेला तथा प्रशिक्षण कार्यक्रममा उनले समृद्धिका लागि कांग्रेससँगको सहकार्य भएको बताए । “प्रतिगमनका विरुद्ध लड्ने क्रममा त हामी सबै एक ठाउँमा आयौँ, त्यो आउनु पनि पर्दथ्यो”, उनले भने, “त्योभन्दा माथिको जुन विकास र समृद्धिका कुरा गरिरहेका छौँ, त्यसमा पनि वामपन्थी र नेपाली कांग्रेसबीचको सहकार्य नभइकन देशमा दिगो शान्ति हुँदैन, दिगो शान्ति नभए राष्ट्रिय एकता कायम हुँदैन र विकास समृद्धि पनि…
भद्रपुर, २९ असोज । चुनावी अभियान अन्र्तगत नेपाली काँग्रेस झापा निर्वाचन परिचालन समितिले भद्रपुर १० चन्द्रगढीमा रहेका टोल समितिसित सुझाव संकलन तथा अन्र्तक्रिया सम्पन्न गरेको छ । वडा सभापति विष्णुप्रसाद काफ्लेको सभापतित्व तथा महाधिवेशन प्रतिनिधि अशोक पोखरेलको प्रमुख आतिथ्यमा भद्रपुर १० मा रहेका ११ वटा टोल समिति तथा सकृय सदस्यहरूसित निर्वाचनको परिणाम सकारात्मक प्राप्त गर्न स्थानीय स्तरमा के के समस्याको हल हसनु पर्ने सुझाव समेत संकलन गरिएको हो । कार्यक्रममा धारणा राख्दै प्रमुख अतिथि पोखरेल, जिल्ला सदस्य डम्बरबहादुर वन, रमेश पोखरेल, पूर्व जिल्ला सदस्य देवेन्द्र गौतम, प्रदेश प्रतिनिधि गोविन्द लम्साल लगायतले धारणा राख्दै प्रतिपर्धी दलहरूका बिरूद्ध नकारात्मक नबनी स्वच्छ निर्वाचनको…
भद्रपुर, २९ असोज । प्रकाश एकता कृषि सहकारी संस्था लिमिटेड भद्रपुर ९ को १५ औं वार्षिक साधारण सभा विविध कार्यक्रमका बीच सम्पन्न गरिएको छ । सहकारीका अध्यक्ष गोपालप्रसाद श्रेष्ठको सभापतित्व तथा प्रदेश १ का भूमि व्यवस्था मन्त्री ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा अग्रज तथा उत्कृष्ट व्यक्तित्व सम्मान सहित सभा सम्पन्न गरिएको हो । अध्यक्ष श्रेष्ठले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषिको उन्नतिका लागि कृषक केन्द्रित कार्योजना प्रस्तुत गरेका थिए । सचिव शालिग्राम नेपालले सञ्चालन गरेको कार्यक्रममा भद्रपुर नगर उपप्रमुख राधा कार्की, संस्थाका पूर्व अध्यक्ष भगिरथ नेपाल, सामाजिक व्यक्तित्व दुर्गाप्रसाद भट्टराई, चन्द्रगढी दोश्रो खानेपानीका अध्यक्ष चुडामणि मैनाली लगायतले शुभकामना मन्तव्य राखेका…
बिर्तामोड । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले १२ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । आज बिर्तामोडमा प्रतिनिधिमुलक साधारणसभाको आयोजना गरी अन्तिम माइन्यूट प्रमाणिकरण भेला गरी संस्थाले १२औं साधारण सभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा भएको साधारणसभामा बिर्तामोड नगरपालिका प्रमुख पबित्रा महतरा प्रसाईको प्रमुख आतिथ्य रहेको थियो । संस्थाका अध्यक्ष भट्टराईले प्रस्तुत गरेको प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७८–०७९ असार मसान्तसम्ममा शेयरपुँजी ३१ करोड ८३ लाख ९८ हजार ८००, बचत रहेको रकम १ अर्ब १३ करोड ४३ लाख ६० हजार ७७८ रुपैयाँ ५३ पैसा, कर्जा लगानी तथा असुली २ अर्ब…
सुरुङ्गा, २९ असोज । झापा क्षेत्र नम्बर ४ का गठबन्धनका उम्मेद्धार देउकुमार थेबेले आफू सक्ता र सांसदको भुमिकामा नहुँदा समेत सत्तामा रहने भन्दा दोब्बर काम गरेको दाबी पेश गर्नुभएको छ । आज गठबन्धन दलको प्रचार–प्रसार तथा घरदैलो कार्यक्रमको कनकाईमा उदघाटन गर्दै थेबेले कनकाई–३ को रोडपारिको क्षेत्रमा मात्रै आफ्नै पहलमा इलाका प्रहरी कार्यालयको भवनका लागि बजेट परेको सुधिर मार्गको स्तर उन्नति र कालोपत्रेका लागि ५० लाख रुपैँया बजेट छुट्टिएको, धनुषकोटी क्षेत्रमा तटबन्ध देखि लिएर छठ पुजाका लागि समेत बजेट विनियोजन गरिदिएको बताउँनुभयो । मैले हार्दा त यतिका रकम विनियोजन गरेभने जित्दा झापा ४ का जनतालाई केपीजीले दमकमा त्यहाँका जनतालाई गरेको विकास…
बिर्तामोड, २९ असोज । आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा तटस्थ भूमिका निर्वाह गर्न नेपाल पत्रकार महासंघ झापाले सञ्चारकर्मी र सञ्चारमाध्यमलाई आह्वान गरेको छ । निर्वाचनमा पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै सत्य, तथ्य, निष्पक्ष र तटस्थ समाचाररसूचना सम्प्रेषण गर्न महासंघले अपिल गरेको हो । महासंघ झापाको तर्फबाट सचिव डिकेश लामाले शनिबार विज्ञप्ति जारी गरी तटस्थरुपमा पत्रकारको मूल दायित्व निर्वाह गर्न अपिल गरेका छन् । केही समयदेखि स्वतन्त्र पत्रकारिता माथि नै गम्भीर प्रश्न उठ्ने गरी पत्रकारहरुबाटै सामाजिक सञ्जाल तथा सञ्चार माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्षमा मत माग्ने, त्यस्ता प्रचार सामग्री पोष्ट, शेयर…
भद्रपुर, २९ असोज । आजको ३६ औं दिनमा हुन गइरहेको संघीय संसद् प्रतिनिधिसभा र प्रादेशिक संसद् प्रदेशसभामा सदस्यका रूपमा जनताद्वारा अनुमोदित हुनका लागि उम्मेदवारहरू चुनावी मैदानमा होमिइसकेका छन् । यसै क्रममा झापा जिल्लाको संसदीय निर्वाचन क्षेत्र नं– ३ मा पनि चुनावी रेस शुरु भइसकेको छ । प्रतिनिधिसभामा यस क्षेत्रबाट यसपालि पनि नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला उम्मेदवार छन् । उनको सोझो वा भनौं नजिकको प्रतिस्पर्धा पूर्ववत् एमालेले समर्थन गरेको राप्रपाका उम्मेदवार राजेन्द्र लिङ्देनसित छ । प्रदेशसभा ‘क’ मा भने नेपाली कांग्रेसका शिक्षित उम्मेदवार भूमिप्रसाद राजवंशी उम्मेदवार छन् । उनको प्रतिस्पर्धा पनि साविक झैं एमालेका वसन्त बानियाँसँग छ । बी.कम.,…
भद्रपुर, २९ असोज । नेपाली काँग्रेसका नेता तथा झापा क्षेत्र नम्वर ३ का प्रतिनिधि सभाका उम्मेदवार कृष्णप्रसाद सिटौलाले गत निर्वाचनमा झापा क्षेत्र नम्बर ३ मा हात्तीको भारी बोकालाई बोकाउन खोज्दा ५ वर्ष विकास निर्माणविहिन व्यतित भएको बताएका छन् । भद्रपुरमा गठबन्धन आबद्ध दल निकट बुद्धिजीविसितको अन्र्तक्रियालाई सम्बोधन गर्दै नेता सिटौलाले आफूले दोश्रो संविधान सभा निर्वाचनमा विजयी भएपछि सुरू गरेर सम्पनन भएका दर्जनबढी आयोजना देखाएर मतदाता झुक्याउने राप्रपा उम्मेदवारले ५ वर्षे अवधिमा झापा ३ मा विकासका लागि सिन्को पनि नभाँचेको दाबी गरेका हुन् । परिवर्तनको दस्तावेज वर्तमान संविधान बिरोधी दलको नेताले प्रगतिशील भनिएको वाम गठबन्धनको मतबाट चुनाव जितेर त्यही दलको आदर्शमाथि…
बिर्तामोड, २९ असोज । झापा बिर्तामोड–७ देउनियाधाममा आज फरक किसिमले जन्मदिन मनाइएको छ । अमेरिकामा बस्दै आएका मदन र राधिका भट्टराईकी छोरी दिक्षाले ज्येष्ठ नागरिकलाई सम्मान गरेर जन्मदिन मनाएकी हुन् । चार वर्षको बालावस्थामा अमेरिका पुगेकी दिक्षाले आफ्नो १४औं जन्मोत्सव जन्मथलो बिर्तामोड–७ देउनियाधाममा ज्येष्ठ मातापितालाई सम्मान गरेर जन्मदिन मनाएकी हुन् । अमेरिकामा कक्षा–९ मा अध्ययनरत दिक्षा नेपाली संस्कार–संस्कृतिप्रति लगाव राख्छिन् । सोही क्रममा नेपाल आएपछि आफूले ज्येष्ठ अभिभावकहरुको सम्मान गरेर जन्मदिन मनाउने सोच बनाएको र सोही अनुरुप आज जन्मदिन मनाइएको उनका काका भरत भट्टराईले बताए । ९५ वर्षीय रवीलाल निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा २७ जना ज्येष्ठ मातापितालाई सम्मान गरिएको थियो…
झापा, २९ असोज । बिरामीको उपचारमा व्यस्त भइरहने चिकित्सकलाई पनि चुनावको रन्कोले छोएको छ। विगतका चुनावमा एकाध चिकित्सक देखापर्थे भने यस पटक चुनावी मैदानमा थुप्रै चिकित्सक प्रतिस्पर्धामा उत्रिएका छन्। पद र पेसाबाट राजीनामा दिएर प्रतिस्पर्धामा होमिएका उनीहरू आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि यतिबेला व्यस्त छन्। चुनावी मैदानमा उत्रने केही चिकित्सक मुख्य राजनीतिक पार्टीबाटै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् भने केहीले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् । चिकित्सकहरूले सांसद भएपछि स्वास्थ्य क्षेत्र सुधारका लागि नीति निर्माण गर्ने र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्ने मुद्दा अगाडि सारेका छन्। स्वास्थ्यको पहुँचलाई सर्वव्यापी बनाएर निःशुल्क स्वास्थ्य, गाउँ–गाउँमा स्वास्थ्य सेवा, प्राविधिक शिक्षा र युवा रोजगारीलगायतका कार्यसूचीसहित…