
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, ५ कात्तिक । साहित्य चौतारी झापाले यसवर्ष पनि दक्षिणारहित सामूहिक सडक देउसी खेल्ने भएको छ । चौतारीका अध्यक्ष हस्त परियारको अध्यक्षता र संरक्षक देवीभक्त श्रेष्ठको प्रमुख आतिथ्यमा बसेको बैठकले अघिल्ला वर्षमा जस्तै सडक देउसीलाई निरन्तरता दिने निर्णय गरेको हो । संरक्षक श्रेष्ठले कात्तिक ९ गते गोवर्धन पूजाका दिन बिहान ११ बजेदेखि बिर्तामोडको दुर्गा मन्दिर परिसरमा सडक देउसी प्रतियोगिता आयोजना गरिने बताए । देउसीपछि चौतारीको सभाहल होटल हिकोला हेरिटेजमा प्रतियोगितात्मक मासिक साङ्गीतिक काव्यसभा आयोजना गरिएको छ । साहित्य चौतारीकी पूर्व उपाध्यक्ष, यसअघि सम्मानित व्यक्तित्व साहित्यकार लीला अनमोलको प्रमुख आतिथ्यमा चौतारीले देउसी भैलो तथा मासिक सांगीतिक काव्यसभा आयोजना गर्न लागेको हो…
कनकाई, ५ कात्तिक । झापाको कनकाई नगरपालिकाले डेंगु संक्रमण नियन्त्रण अभियानलाई तीव्र बनाएको छ । नगरका नौ वटै वडामा डेंगु नियन्त्रणका लागि अभियानलाई तीव्र बनाइएको नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले जानकारी दिनुभयो । नेपालमा दैनिक एक हजार भन्दा बढी मानिसमा डेंगु संक्रमण देखिएकाले सोको नियन्त्रणका लागि सबै जना सक्रिय हुनुपर्ने नगर प्रमुख पोख्रेलले बताउनुभयो। ‘औषधि छिटेर मात्र डेंगु नियन्त्रण हुँदैन’, नगरप्रमुख पोरखेलले भन्नुभयो, ‘सबैले आ–आफ्नो घर वरिपरि सरसफाई गर्नुका साथै खाल्डाखुल्डी पुर्नुपर्छ, डेंगु फैलिने वातारवणलाई निष्तेज पार्नुपर्छ ।’ पहिलो चरणमा यदि लार्भा नस्ट नभए दोस्रो अभियान पनि चलाउने तयारी भइरहेको नगर प्रमुखका स्वकीय सचिव विजय पाठकले जानकारी दिनुभयो । कनकाई नगरमा…
नेपालले क्षतिपूर्तिको विषय उठाउनेझापा, ५ कात्तिक । जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २७औँ सम्मेलन (कोप–२७) मा नेपालले अनुकूलन र क्षतिपूर्ति दुवै विषयलाई उठाउने भएको छ । बढ्दै गएको पृथ्वीको तापमानलाई कसरी रोक्ने भन्ने मुख्य उद्देश्यसहित इजिप्टको सामएलसेख सहरमा कात्तिक २० देखि मङ्सिर २ गतेसम्म हुने सम्मेलनमा नेपालले ती विषय उठाउने भएको हो । खनिज, इन्धन तथा कोइलाको प्रयोगले पृथ्वीको तापक्रम बढ्दै गएको बताइएको छ । वातावरण पत्रकार समूहद्वारा कोप–२७’ बारे शुक्रबार आयोजित कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका उपसचिव नरेश शर्माले सम्मेलनमा उठाउने विषयबारे सरकारले आवश्यक तयारी गरिरहेको बताए । जलवायु परिवर्तनका कारण हुने अतिवृष्टिबाट उत्पन्न समस्याको प्रभाव मुलुकका ठूला भूभाग र…
झापा, ५ कात्तिक । मुलुकको शोधनान्तर स्थिति २३ अर्ब ६८ करोडले घाटामा रहेको छ । आयात बढी र निर्यातमा कमी तथा पर्यटक आगमन बढ्न नसकेकाले शोधानान्तर स्थिति घाटामा गएको हो ।अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९४ अर्ब ८० करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८० करोड ९ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १८ करोड ५९ लाखले घाटामा रहेको छ । मुलुकमा भित्रिने मुद्राभन्दा बाहिरिने बढी भयो भने शोधनान्तर घाटा हुने गर्दछ । यसैगरी मुलुकको चालू खाता ३७ अर्ब १८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता १ खर्ब…
झापा, ५ कात्तिक । झापाको कम्युनिष्ट आन्दोलन र सामाजिक अभियानमा परिचित नाम हो, हरि राना । सानैदेखि राजनीतिप्रति लगाव राख्ने राना २०३७ सालबाट विद्यार्थी राजनीतिमा होमिएका थिए । २०३९/०४० सालमा नेकपा मालेले गठन गरेको तीन सदस्यीय एजीमा उनी सेक्रेटरी भए । राजनीतिको शुरुवातदेखि नै राना नेतृत्व तहमा रहेर सक्रिय बने । ०४१/०४२ मा पीएजी गठन भएपश्चात बनेको पाँच सदस्यीय कमिटीमा ठूलो दुर्गा अधिकारी, स्वर्गीय यादव सुवेदी, डम्बर बस्नेत, बिर्ख प्रधान र राना थिए । त्यस पीएजीको पनि उनी सेक्रेटरी भएर काम गरे । २०४३ सालमा प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्चको सदस्य बनाएर पार्टीले उनलाई मोर्चामा पठाएको थियो । प्रजातन्त्र आगमनपश्चात २०४८…
झापा, ५ कात्तिक । सरकारले जग्गाको वर्गीकरण गर्ने निर्णय गरेसँगै देशभर जग्गा कारोबार ठप्प झैँ भएको छ। भूमि व्यवस्थापन विभागका अनुसार पछिल्लो ३ महिनामा नयाँ कित्ताकाटसमेत करिब ९० प्रतिशत घटेको छ। जसकारण घरजग्गा कारोबारबाट राज्यले उठाउँदै आएको राजस्व पनि ६२ दशमलव ६३ प्रतिशतले कटौती आएको छ। जग्गाको कारोबार ह्वात्तै घटेयता घरजग्गा व्यवसायी मर्कामा परेका छन् भने घरजग्गाको मूल्यमा पनि गिरावट आएको छ। विभागका अनुसार २०७८ को साउन, भदौ र असोजको तुलनामा २०७९ साल साउन, भदौ र असोजमा नयाँ कित्ताकाटमा ८७ दशमलव २४ प्रतिशतले कटौती आएको छ। २०७८ साउन, भदौ र असोजमा नयाँ कित्ताकाट ४ लाख ४१ हजार ७ सय ७०…
झापा, ५ कात्तिक । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो दुई महिनाको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार साउन र भदौमा एक खर्ब ८७ अर्ब रुपैयाँ विप्रेषण भित्रिएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९.८ प्रतिशतले बढी हो । भदौमा खासगरी चाडपर्व लक्षित विप्रेषण आउने भएकाले पनि यो समय विप्रेषण बढ्ने गरेको छ । भदौमा मात्रै ९५ अर्ब रुपियाँ विप्रेषण आएको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या पनि बढेको छ । राष्ट्र बैङ्कका अनुसार भदौसम्म यस्तो स्वीकृति लिनेको सङ्ख्या १६९.९ प्रतिशतले बढेर एक लाख चार हजार पुगेको छ । त्यस्तै…
झापा, ५ कात्तिक । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ। कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आजबेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। यस वर्ष यमदीपदान शनिबारदेखि सुरु हुने भए पनि काग तिहार भने आइतबार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ। आइतबार बेलुकी ०५ः०४ बजेसम्म त्रयोदशी तिथि छ। त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ। बेलुकी ०५ः०४ बजेपछि चतुर्दशी तिथि लाग्छ। यसैले शनिबारदेखि नै यमपञ्चक सुरु हुने समितिले जनाएको छ। ‘सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु…
कनकाई, ४ कात्तिक । प्रवासी झापाली सम्पर्क मञ्च नेपालले शुक्रबार सुरुङ्गामा दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा सरसफाइ अभियान कार्यक्रम गरेको छ। कनकाई वडा न ३ को सभाहलमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । मञ्चका अध्यक्ष नेत्र प्रसाईंको सभापतित्व तथा गैरसरकारी सस्था महासंघ केन्द्रीय सदस्य छविलाल खतिवडाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा संविधानसभाका सदस्य प्रेमबहादुर गिरी, कनकाई नगर प्रमुख राजेन्द्र कुमार पोख्रेल, कनकाई–३ का वडाध्यक्ष युवराज चौलागाईं, मञ्चका केन्द्रीय सल्लाहकार समितिका संयोजक ज्ञानेन्द्र सुब्ब, केन्द्रीय सदस्यहरु बिष्णु बञ्जरा, रीता सङ्गग्रौला, टिकाराम पोख्रेल, लेखनाथ खतिवडा, डम्बर घतानी, विवेक बस्नेत, लक्ष्मण पाठक, पूर्णप्रसाद सिटौला लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो…
उदयपुर, ४ कात्तिक । उदयपुरको त्रियुगा नगरपालिका–१५ स्थितमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आज बिहान साढे ९ बजे गिट्टी लोड गरी उदयपुरको सिद्रेतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ त १०३३ नम्वरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका–१३ का २२ वर्षीय विकाश राई घाइते भएकामा उपचारका लागि जिल्ला अस्पताल उदयपुर लागिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको छ ।