
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, २१ असार । महानगरीय प्रहरी परिसर काठमाडौँले गोंगबु क्षेत्रमा गुण्डागर्दी गर्ने चार जनालाई पक्राउ गरेको छ । परिसरको टोलीले केही दिनदेखि गोंगबु, नयाँ बसपार्क, बालाजु क्षेत्रमा डर–त्रास देखाएर रकम असुल्दै आएका नुवाकोटका सुरे डंगोल, राजकुमार ढुंगाना, रोल्पाका रामकुमार घर्ती र गोरखाका भीमबहादुर थापालाई बुधबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो । परिसरका प्रवक्ता मोहनकुमार थापाले होटल, रेष्टुराँ र डान्सबारमा गई रकम असुल्ने तथा झैँझगडा गर्ने गरेको भनी स्थानीयवासीले दिएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको परिसरले जनाएको छ । नागढुंगाबाट लागुऔषधसहित दुई पक्राउ परिसरअन्तर्गतको महानगरीय प्रहरी प्रभाग नागढुंगाले आज बिहान लागुऔषधसहित दुई…
बनियानी, झापा, २१ असार । झापाको कनकाई नगरपालिका आर्थिक वर्ष २०७५÷०७६ को बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले बिहीबार कार्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी आगामी आवको नीति तथा कार्यक्रमसहित ४९ करोड ७९ लाख २ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो । कार्यक्रममा नगर प्रमुख राजेन्द्र पोखरेलले कनकाई नगरपालिकाका जनप्रतिनिधिले कार्यभार सम्हालेकै दिनको अवसर पारेर बजेट सार्वजनिक गरिएको बताए । नगरपालिकाले विनियोजन गरेको बजेटमा नदी नियन्त्रणका लागि एक करोड ५० लाख, शिक्षातर्फ ४५ लाख, पर्यटन विकास तथा संस्कृति प्रवर्धनमा एक करोड, खानेपानी तथा ढलनिकासमा ६० लाख, मेशीनरी औजार खरिदमा एक करोड १५ लाख, बहु उद्देश्यसीय कम्प्लेक्स निर्माण समपूरक कोषका…
बिर्तामोड, २० असार । झापाको बिर्तामोडमा विद्युतीय पसल ‘सप झापा’ सञ्चालनमा आएको छ । बढ्दो प्रविधिको विकाससँगै अनलाइनमाफर्त् सेवा दिने उद्देश्यले सप झापा सञ्चालनमा ल्याइएको सञ्चालक सुमन शर्माले बताए । ‘प्रविधिको प्रयोगले विदेशी राष्ट्र अनलाइन मार्फत् धेरै काम गरिरहेका छन्’, उनले भने, ‘हामीले पनि झापाबाट यो कामको सुरुवात गरेका छौँ ।’ एम्बुलेन्सल, विवाह–पार्टीको अर्गनाइज गर्नेदेखि सम्पूर्ण घरसायसी सामग्री, इलोक्ट्रनिक सामग्री अनलाइनमा अडर गरेसँगै घरमै पु¥याउने अर्का सञ्चालक रोसन चौहानले बताए । बिर्तामोड क्षेत्रमा अनलाइनमा अर्डर गरेको एक घण्टा र झापाको कुनै पनि ठाउँबाट अडर आएमा एक दिनमा सामान उपलब्ध गराइने उनले बताए । साझेदारीमा शर्मा र चौहानले २० लाख रुपैयाँको…
बिर्तामोड, २० असार । झापाको बिर्तामोडमा ‘पिज्जा घर’ सञ्चालनमा आएको छ । पिज्जा पारखीहरुका लागि अन्तर्राष्ट्रिय स्वाद र गुणस्तरीय पिज्जा उपलब्ध गराउने उद्देश्यले आफ्नै ब्राण्डको पिज्जा घर सञ्चालन गरिएको सञ्चालक याम ढुंगानाले बताए । ‘विदेशी भूमिका श्रम गर्नुभन्दा स्वदेशमै केही गरौँ भन्ने उद्देश्यले पिज्जा घर सञ्चालनमा ल्याएका हौँ’, ढुंगानाले भने, ‘आफ्नै ब्राण्डको पिज्जा बेच्ने यो मोफसलमै पहिलो हो ।’ दुई जनाको साझेदारीमा ६० लाख रुपैयाँको लागतमा फिज्जा घर सञ्चालनमा आएको हो । छ वर्ष कुवेतमा ‘डोमिनोल्स’ कम्पनीमा काम गरेर फर्किएका अर्का सञ्चालक याम खरेलले भने, ‘म विदेशमा पिज्जा कम्पनीमै काम गरेर फर्केको हुँ, नेपालमा पनि पिज्जा मन पराउने छन् तर यहाँ…
बिर्तामोड, १९ असार । झापामा यौनजन्य हिंसाबाट १३ जना बालबालिका पीडित भएका छन् । जिल्ला पछिल्लो छ महिनाको अवधिमा १३ जना बालबालिका यौनजन्य हिंसाको शिकार भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले जनाएको छ । इन्सेक प्रतिनिधि अधिवक्ता अर्जुन बस्नेतका अनुसार सन् २०१८ को जनवरीदेखि जुन महिनासम्म भएको २९ वटा मानवअधिकार उल्लंघनका घटनामध्ये २५ वटा घटनामा महिला तथा बालबालिका पीडित भएका छन् । ‘छ महिनामा यौनजन्य हिंसाबाट बालबालिका बढी पीडित भएका छन्’, उहाँले भन्नुभयो, ‘अघिल्लो वर्षको तुलनामा यो संख्या झण्डै दोब्बर हो ।’ इन्सेकका अनुसार सात जना बालिका बलात्कृत, पाँच जना बालिकामाथि बलात्कार प्रयास र एक जना बालक यौन दुव्र्यवहारको शिकार…
धनगढी, १९ असार । कैलालीको टीकापुर अस्पतालमा आज बिहान जन्मिएको एउटा अनौठो शिशुको मृत्यु भएको छ । उक्त शिशुको एक टाउको, दुई मेरुदण्ड, चार हात र चार खुट्टा थियो । जानकी गाउँपालिका बस्ने २२ वर्षीया सीता चौधरीले अस्पतालमा आज बिहान यस्तो अनौठो बच्चा जन्माएकामा ११ बजेतिर बच्चाको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा नरेन्द्रकुमार खनालले बताउनुभयो । गएराति बेथा लागेपछि सीतालाई अस्पताल ल्याइएको थियो । “उहाँको गर्भावस्थामै यस्तो अनौठो बच्चा रहेको पत्ता लागेको थियो, डा खनालले भन्नुभयो, तर बच्चा बँचेन ।” शिशुको मृत्यु भए पनि उहाँको स्वास्थ्य सामान्य रहेको बताइएको छ ।
दमक, १९ असारः झापाको दमक–३ स्थित प्रस्तावित भ्यू टावर निर्माणका लागि पाँच बिगाह जमीन सरकारलाई उपलब्ध गराइएको छ । जमीन अभावका कारण रोकिएको भ्यूटावर निर्माण कार्य सुरु गर्नका लागि स्थानीयबासीले पाँच बिगाहभन्दा बढी जमीन जुटाएपछि अब भ्यूटावर कार्य अगाडि बढ्ने भएको हो । वडा कार्यालयले भ्यूटावरका लागि आवश्यक जमीन जुटाएपछि अब दमकमा अत्याधुनिक नमूना भ्यूटावर बन्ने बाटो खुलेको वडाध्यक्ष नवीन बरालले बताउनुभयो । उहाँका अनुसार नगरपालिकासहित भ्यूटावर समितिको एक टोली काठमाडाँै पुगेर भ्यूटावरको जग्गा सरकारलाई हस्तान्तरण गरिएको छ । नगरप्रमुख रोमनाथ ओली, उपप्रमख गीता अधिकारीसहितको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जग्गाको धनीपूर्जा हस्तान्तरण गरिएको वडाध्यक्ष बरालले बताउनुभयो । त्यसक्रममा जग्गाको…
बनियानी, झापा, १९ असारः झापाका नौ स्थानीय तह बाढीको उच्च जोखिममा रहेका छन् । जिल्लाको झापा गाउँपालिका, गौरीगञ्ज, बाह्रदशी, कचनकवल, कमल, गौरादह नगरपालिका र शिवसताक्षी नगरपालिका बाढीको उच्च जोखिममा रहेको रेडक्रस झापाको आपत्कालीन कार्य सञ्चालन केन्द्रका फोकल पर्सन प्रकाश कार्कीले जानकारी दिनुभयो । त्यस्तै, भद्रपुर नगरपालिकाको वडा नम्बर १ र २ तथा कनकाई नगरपालिकाका केही वडा बाढीको उच्च जोखिममा रहेको केन्द्रले जनाएको छ । “सबैभन्दा धेरै झापाको दक्षिणी–पश्चिम क्षेत्र जोखिममा रहेको छ”, कार्कीले भन्नुभयो । यता, तीन दिनदेखि भइरहेको वर्षाले झापाका खोला तथा नदीमा पानीको बहाव बढेको छ । वर्षाका कारण यहाँको मेची, कनकाई, बिरिङ, कमल, बनियानी, टाङ्टिङलगायतका खोला तथा…
दिनभरी कार्यक्षेत्रमा थकित र अल्छीपनको महसुस गर्नुभएको छ ? नचाहँदा नचाहँदै पनि यसले तपाइँको कामको प्रभावकारी घटाइरहेको हुन सक्छ । प्रशस्त निन्द्राको बाबजुत पनि निन्द्रा लाग्ने, थकित महसुस गर्ने भइरहेको छ भने थाहा पाउनुस् यी हुन सक्छन् यसका कारणहरु ः १. प्रशस्त पानी नपिउनु ः अध्ययनका अनुसार शरीरमा पानीको मात्रा कम भएमा यसले तापाइँलाई थकित महसुस गराउँछ । त्यसैले प्रशस्तमात्रामा पान पिउने गर्नुस् । २. आइरनको कमी ः रगतमा आइरनको मात्रा कम हुँदा शरीरका बिभिन्न भागमा कम अक्सिजन पुग्छ र यसले तपाइँलाई थकित बनाउँछ । आइरन प्रसस्तमात्रामा पाइने गेडागुडि, अन्डा, हरियो सागसब्जी खाने बानी बसाल्नुुस् । ३. ब्रेकफास्ट ः ब्रेकफास्ट…