
बिर्तामोड, २० असार । झापाको बिर्तामोडमा ‘पिज्जा घर’ सञ्चालनमा आएको छ ।
पिज्जा पारखीहरुका लागि अन्तर्राष्ट्रिय स्वाद र गुणस्तरीय पिज्जा उपलब्ध गराउने उद्देश्यले आफ्नै ब्राण्डको पिज्जा घर सञ्चालन गरिएको सञ्चालक याम ढुंगानाले बताए ।
‘विदेशी भूमिका श्रम गर्नुभन्दा स्वदेशमै केही गरौँ भन्ने उद्देश्यले पिज्जा घर सञ्चालनमा ल्याएका हौँ’, ढुंगानाले भने, ‘आफ्नै ब्राण्डको पिज्जा बेच्ने यो मोफसलमै पहिलो हो ।’
दुई जनाको साझेदारीमा ६० लाख रुपैयाँको लागतमा फिज्जा घर सञ्चालनमा आएको हो । छ वर्ष कुवेतमा ‘डोमिनोल्स’ कम्पनीमा काम गरेर फर्किएका अर्का सञ्चालक याम खरेलले भने, ‘म विदेशमा पिज्जा कम्पनीमै काम गरेर फर्केको हुँ, नेपालमा पनि पिज्जा मन पराउने छन् तर यहाँ अन्तर्राष्ट्रिय ब्राण्डको पिज्जा बिक्री हुन्छ, हामी आफ्नै ब्राण्ड बनाएर अघि बढिरहेका छौँ ।’
नेपाली समाजमा पिज्जालाई महँगो खाजाको रुपमा हेरिएको खरेलले बताए । ‘पिज्जा पूर्ण आहार हो’, खरेलले भने, ‘अमेरिका, युरोप लगायतका मुलुकमा यसलाई खानाको रुपमा लिइन्छ ।’ कम मुनाफामा गुणस्तरीय पिज्जा उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको उनले सुनाए ।
पिज्जा घरमा १४ प्रकारका भेज–ननभेज पिज्जा, सात प्रकारका बर्ग, नौ प्रकारका सेण्डबीच पाइने बताइएको छ । बिर्तामोड आसपास क्षेत्रमा निःशुल्क होम डेलिभरी गरिने र सुरुङ्गादेखि काँकरभिट्टासम्म दुरी अनुसार न्यूनतम् सेवा शुल्क लिने सञ्चालक खरेलले बताए ।
त्यस्तै, हरेक शुक्रबार एउटा पिज्जा खरीद गर्ने ग्राहकलाई एउटा सित्तैमा दिने बताइएको छ । पिज्जा घरमा नौ जनाले रोजगारी समेत पाएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

