
बिर्तामोड, २० असार । झापाको बिर्तामोडमा विद्युतीय पसल ‘सप झापा’ सञ्चालनमा आएको छ ।
बढ्दो प्रविधिको विकाससँगै अनलाइनमाफर्त् सेवा दिने उद्देश्यले सप झापा सञ्चालनमा ल्याइएको सञ्चालक सुमन शर्माले बताए । ‘प्रविधिको प्रयोगले विदेशी राष्ट्र अनलाइन मार्फत् धेरै काम गरिरहेका छन्’, उनले भने, ‘हामीले पनि झापाबाट यो कामको सुरुवात गरेका छौँ ।’
एम्बुलेन्सल, विवाह–पार्टीको अर्गनाइज गर्नेदेखि सम्पूर्ण घरसायसी सामग्री, इलोक्ट्रनिक सामग्री अनलाइनमा अडर गरेसँगै घरमै पु¥याउने अर्का सञ्चालक रोसन चौहानले बताए ।
बिर्तामोड क्षेत्रमा अनलाइनमा अर्डर गरेको एक घण्टा र झापाको कुनै पनि ठाउँबाट अडर आएमा एक दिनमा सामान उपलब्ध गराइने उनले बताए ।
साझेदारीमा शर्मा र चौहानले २० लाख रुपैयाँको लागतमा व्यवसाय सञ्चालन गरेका हुन् । अगामी दिनमा व्यवसायलाई थप विस्तार गर्दै लैजाने उनीहरुले बताएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

