झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, २४ भदौ । नेपाली कांग्रेसका संस्थापक नेता एवं महामानव वीपी कोइरालाको १०९ औं जन्मजयन्तीको अवसर पारेर भद्रपुर–१० स्थित वी।पी चोकस्थित वी।पी।को शालिकमा माल्यार्पण सहित सभा सम्पन्न गरिएको छ । नेपाली कांग्रेस भद्रपुर नगर समितिको आयोजनामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि कांग्रेस केन्द्रीय सदस्य एवं जनताको साथमा कांग्रेस अभियानका केन्द्रीय प्रतिनिधि डा। डिला संग्रौलाले महामानव वी।पी। कोइरालाले देखाएको बाटोमा सबै हिड्न सकेमात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो ।वी।पी।ले लिनुभएको मेलमिलापको नीति, प्रजातान्त्रिक समाजवादी सिद्धान्त आजको परिवेशमा पनि उत्तिकै सान्दर्भिक रहेको चर्चा गर्दै उहाँले वी।पी।को संक्षिप्त जीवनीबारे समेत बताउनुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य सुशिला ढकाल, गोमा भट्टराई, प्रदेश नं–१…

Read More

झापा, २४ भदौ । झापाको बिर्तामोड नगरपालिका-३ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका साढे ५ बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड-५ का १९ बर्षीय कालु दासलाई संकालागि चेक जाँच गर्दा निजको साथबाट १ ग्राम ब्राउन सुगर बरामद गरेको थियो । प्रतिबन्‍धित ब्राउन सुगर बरामद भए सगै दासको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।

Read More

सन्तोष शर्माझापा, २४ भदौ । विद्युत् चुहावटमुक्त नगर कनकाईमा प्रदेश नं. १ मै ‘पहिलो’ पटक ‘मास लाइट’ जडान कार्य धमाधम भइरहेको छ । नेपाल विद्युत् प्राधिकरण र कनकाई नगरपालिकाको सहकार्यमा मास लाइट जडान कार्य धमाधम भइरहेको नगर प्रमुख राजेन्द्र पोखरेलले जानकारी दिनुभयो । रू दुई करोड ६० लाखको लागतमा चार वटा मास लाइट र एक सय वटा स्मार्ट लाइट जडान भइरहेको हो । जसमा नगरपालिकाको ६० प्रतिशत र प्राधिकरणको ४० प्रतिशत लागत सहभागिता रहेको छ । एउटा मास लाइट जडान गर्न रू १६ लाख खर्च हुने उहाँले बताउनुभयो । हाल कनकाई नगरपालिकाको चार स्थान कोटीहवन, सुरुङ्गा, दुर्गापुर र लक्ष्मीपुरमा मास…

Read More

झापा, २३ भदौ । नेकपा माओवादी केन्द्र झापा क्षेत्र नम्बर ५ ले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरू सिफारिस गरेको छ । प्रादेशिक निर्वाचन परिचालन कमिटी झापा क्षेत्र नम्बर ५ को बैठकले प्रतिनिधि र प्रदेश सभाका लागि प्रत्यक्ष र समानुपातिक तर्फका चार–चार जना उम्मेदवारहरू सिफारिस गरेको हो । झापा ५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो । प्रत्यक्ष तर्फ झापा क्षेत्र नम्बर ५ मा रञ्जित तामाङ, सुरेन्द्र बस्नेत, गगन पुरी र रमेश गुरागाईं सिफारिसमा परेका छन् । तामाङ र बस्नेत माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । पुरी प्रदेश समितिको कोषाध्यक्ष र गुरागाईं सदस्य हुन् ।…

Read More

झापा, २३ भदौ । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले बिहीबार मंसिर ४ गते हुने निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको हो । सार्वजनिक कार्यतालिका अनुसार २३ असोजमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ । त्यस्तै २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २४ र २५ असोजमा उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र २५ गते नामावली प्रकाशन हुने आयोगले जनाएको छ । यस्तै असोज २६ गते उम्मेदवारले नाम फिर्ता लिन पाउने छन् भने अन्तिम नामावली पनि त्यसै दिन प्रकाशन हुने र चुनाव चिह्न प्रदान गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

Read More

बिर्तामोड, २३ भदौ । झापा क्षेत्र नं. २ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षमा तीन जना र समानुपातिकमा एक जनाको नाम सिफारिस गरेको छ । आगामी मंसिर ४ गते हुने संघीय निर्वाचनका लागि पार्टीले आज झापा क्षेत्र नं २ अन्तरगत प्रदेश (क) र (ख) को संयुक्त बैठकको निर्णय अनुसार संघीय प्रत्यक्ष र समानुपातिकका उम्मेद्वार सिफारिस गरेको निर्वाचन क्षेत्र नम्बर २ का प्रमुख सीपी कडरियाले जानकारी दिए । प्रतिनिधिसभाका लागि झापा क्षेत्र नम्बर २ बाट पार्टीकी पोलिट ब्यूरो सदस्य धर्मशीला चापागाई, प्रदेश सचिवालय सदस्य तथा झापा सह–इन्चार्ज सीपी कडरिया र झापा संयोजक राजु आचार्य (अग्नि) प्रत्यक्षतर्फको…

Read More

अर्जुनधारा, २३ भदौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जनतासँग पुगेर जनताका गुनासो, सुझाव र स्थानीय आवश्यकताको पहिचान गर्दै संगठन विस्तारको नीति अघि सारेको कांग्रेसले अर्जुनधारामा ‘जनतासँग कांग्रेस अभियान’ सम्पन्न गरेको छ । नेपाली कांग्रेस प्रदेश क्षेत्रीय समिति क्षेत्र नं–२ (ख) झापाको आयोजनामा अर्जुनधारा नगर समितिको कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीले नेपाली कांग्रेस जहिल्यै जिम्मेवार ढंगमा प्रस्तुत भएको दावी गर्दै जनतासँग गरेको वाचा पु¥याउने प्रतिबद्धता जनाउनुभयो । आकांक्षी उम्मेद्वारहरुमध्ये जसलाई टिकट दिएपनि कांग्रेस कार्यकर्ता एकजुट भएर चुनाव जिताउनुपर्नेमा जोड दिनुभएका नेता बुढाथोकीले पार्टीले सिफारिस गरेका उम्मेद्वारबीचमा कुनै वैमनश्यता नभएको…

Read More

बुद्धशान्ति, २३ भदौ । बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ ले ९५ बर्ष उमेर पूरा भएका वडाका जेष्ठ नागरिकहरुलाई ‘जेष्ठ नागरिक सम्मान कार्यक्रम’ मार्फत वार्षिक रुपमा रु दुई हजार पाँच सय रुपैँया उपलब्ध गराउने भएको छ । ९५ वर्ष उमेर पूरा हुनुभएका समाजका सम्पत्ती, इतिहासका साक्षी जेष्ठ नागरिकलाई सम्मान स्वरुप वडाको बैठकले सो निर्णय गरेको वडाध्यक्ष अनिल वाग्लेले जानकारी दिनुभयो । सो रकम जेष्ठ नागरिकबाट आर्शिवाद लिने चाड विजयादशमी अगाडी नै जेष्ठ नागरिकहरुलाई प्रदान गरिने वडाले जानकारी दिएको छ ।

Read More

ताविल अन्सारीहरिनगर, २३ भदौ । सुनसरीको हरिनगर गाउँपालिकाले एक सूचना जारी गरि सुनसरी खोला तथा सुनसरी मरिया खोलामा विषादी प्रयोग गरि माछा नमार्न सबैमा आग्रह गरेका छन् । हरिनगर गाउँपालिकाले जारी गरेको सूचनामा प्राकृतिक सम्पत्तिको रुपमा रहेको यस हरिनगर गाउँपालिकाका क्षेत्र अन्तर्गत पर्ने सुनसरी खोला र सुनसरी खोलामा विषादी हाली माछा मार्ने गरेको कार्य भई रहेको भनि यस कार्यालयमा उजुरी निवेदन आएकाले सो तर्फ गाउँपालिकाको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै विषादी प्रयोग गरी माछा नमार्न सबैमा आग्रह गरेको हो । नदी र खोलामा हालेको विषादीले मानवीय र घरपालुवा जनावरहरु सहित माछाका वंश र भूराहरु विनाश हुनुका साथै वातावरणीय रुपमा समेत क्षति…

Read More

झापा, २३ भदौ । नेपालले आफ्नो चिया टेस्टिङ (स्वाद जाँच) का लागि चीनमा नमुना पठाउने भएको छ । नेपालमा उत्पादित चिया चीन निर्यात हुने भएपछि स्वाद जाँचका लागि त्यता पठाउन लागेको हो । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा। विष्णुप्रसाद भट्टराईका अनुसार सेप्टेम्बर १८–२१ सम्म चीनको बेजिङमा हुने चिया प्रतिस्पर्धा ९टी कम्पिटिसन०मा भाग लिने र नेपालको चियालाई प्रतिस्पर्धा गराउनका लागि विभिन्न १६ वटा चियाका नमुना पठाउन लागिएको हो । “नेपाली चियाका १६ वटा नमुना भोलि (बिहीबार) पठाउन लागेका छौँ, नमुना तयार पारिसकिएको छ,”उनले भने । चीनमा यस्तो प्रतिस्पर्धा बर्सेनि हुने गरेको छ । नेपालले भने पहिलो पटक…

Read More