झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

उदयपुर, १७ भदौ । उदयपुरको बेलका नगरपालिकामा एकै परिवारका तीनजनाको हत्या भएको छ । बेलका–७ मा स्थानीय ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षीय सरिता बस्नेत र १२ वर्षीय छोरा सुजन बस्नेतको बीभत्स हत्या भएको प्रदेश–१ प्रहरी प्रवक्ता एसपी नविनराज राईले बताए । उनीहरूको शव खोलामा भेटिएको थियो । राजकुमारका दाइ नाता पर्ने व्यक्तिले हत्या गरेर फरार भएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न भएको आशंकामा एकजनालाई खुकुरीसहित पक्राउ गरेको छ ।

Read More

झापा, १७ भदौ । प्रदेश नम्बर १ मा १४४ जनामा डेंगु संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिलेसम्म ७२ जिल्लामा डेंगु संक्रमण देखिएको छ । साउनदेखि यता २१ सय ७९ जनामा डेंगु पुष्टि भएको मन्त्रालयले जनाएको छ भने सबैभन्दा बढी संक्रमित बागमती प्रदेशमा देखिएका छन् । पुसदेखि यता ४ हजार १०४ जनामा डेंगु पुष्टि भएको मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

Read More

झापा, १७ भदौ । प्रदेश १ सरकारले प्रदेशको नामकरण टुंगिन नसक्नुमा सबै दलको कमजोरी रहेको बताएको छ । ५ वर्षे कार्यकालको प्रदेशसभाको अन्तिम बैठकलाई सम्बोधन गर्दै सरकारले यस्तो बताएको हो । सरकारको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले नामाकरणको विषय अब नयाँ संसदमा गएको बताए ।अहिलेको अवस्थामा कुनै पनि दलहरूले तितोमिठो जस अपजस लिन नखोजेकोले नामको टुंगो नलागेको उनले बताए ।

Read More

झापा, १७ भदौ । कक्षा १२ को नतिजा प्रकाशित गरिएकाे छ । राष्ट्रिय परीक्षा बोर्डले गत जेठ १५ देखि २५ गतेसम्म लिइएको बोर्ड परीक्षाकाे नतिजा सार्वजनिक गरेकाे हाे । सार्वजनिक नतिजाअनुसार ४१७९ जनाले ३.६ देखि ४ जिपिए ल्याएका छन् । त्यस्तै ३०१०७ जनाले ३.२ देखि ३.६ जिपिए ल्याएका छन्। ६५२८८४ जनाले २.८ देखि ३.२० जिपिए ल्याएका छन्। ६४०९३ जनाले २.४ देखि २.८ जिपिए ल्याएका छन्। १०९०० जनाले २.१ देखि २.४ जिपिए ल्याएका छन्। त्यस्तै १.६. २ जिपिए ल्याउने ३५ जना छन्। नन ग्रेड तर्फ १ लाख ८८ हजार ४१० छन् । ग्रेड बृद्विका लागि १ लाख ३० ८७८ जनाले दिन…

Read More

झापा, १७ भदौ । साफ यू-१७ च्याम्पियनसिपका लागि नेपाली फुटबल टोली शुक्रबार श्रीलंका प्रस्थान गरेको छ। च्याम्पियसिपका लागि मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले बुधबार २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरेका थिए। साफ यू–१७ च्याम्पियनसिप भदौ २० देखि २९ गतेसम्म श्रीलंकामा हुँदैछ। नेपाली टोलीगोलकिपर– कृशल मोक्तान, समिर चन्द, रुबिन बोगटीडिफेन्डर– अश्विन घोरासैनी, सिमन्त थापा, युनेश बुढाथोकी, मदन पौडेल, दिपक थापा मगर, निशान्त तामाङ, युनिश मगर, विक्रम तामाङ, प्रितम कार्की, धिरज विश्वकर्मामिडफिल्डर– प्रशान्त लक्षम, मिराक लिङ्देन, सरोज दर्लामी, हरिशराज भट्ट, लच्छु थापाफरवार्ड– निरज कार्की, धनसिंह विक, विनोद केसी, सिजल राई, सुवास बम

Read More

झापा, १७ भदौ । चालू आर्थिक वर्षको साउन महिनामा विदेशबाट ९२ लाख किलोग्राम स्याउ भित्रिएको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७९र८० को साउन महिनामा उक्त परिमाण बराबरको ६९ करोड ८७ लाख रुपैयाँभन्दा बढीको स्याउ भित्रिएको हो । आयातकर्ताले उक्त मूल्य बराबरको स्याउ आयात गर्दा राज्यलाई १० करोड २ लाख रुपैयाँ बराबरको राजश्व बुझाएका छन् । यस अवधिमा भारतबाट सबैभन्दा धेरै स्याउ भित्रिएको छ । विभागका अनुसार भारतबाट ४३ करोड ५० लाख बराबरको ६५ लाख कित्ता स्याउ भित्रिएको छ । यस्तै, चीनबाट २६ करोड ३७ लाख रुपैयाँ बराबरको २६ लाख ९२ हजार किलोग्राम स्याउ भित्रिएको छ । भारतबाट स्याउ…

Read More

झापा, १७ भदौ । मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध झापा ५ बाट छवि छिटौलाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ओलीको गढका रूपमा हेरिएको झापा ५ सिटौलाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् । पेशाले प्राध्यापक रहेका दमक नगरपालिका १० का स्थानीय सिटौलाले मतदाताले नेताको विकल्प खोजिरहेको भन्दै आफूले उम्मेदवारी घोषणा गरेको बताए । उनले आफ्नो उम्मेदवारी कुनै दल र दलका नेताविरुद्ध नभएर राजनीतिक परिवर्तनका लागि भएको प्रष्ट पारे । दल र दलका नेताले सम्भावना बोकेका एजेण्डा जनतामाझ फालिसके । तर, काम केहि गरेनन् । त्यसैले अब एजेण्डा कम र काम…

Read More

झापा, १७ भदौ । भारतीय आयल निगमले नयाँ मूल्यसूची पठाएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको दरभाउ हेरफेर गरेको छ। आयल निगमका अनुसार पेट्रोलको मूल्य १८१ रुपैयाँ प्रतिलिटरलाई नै कायम राखिएको हो। तर डिजेलको मूल्य भने ६ रुपैयाँ प्रतिलिटरले बढेर १७८ रुपैयाँ पुगेको छ। त्यस्तै मट्टितेलको मूल्य पनि सोही दरले बढेर १७८ रुपैयाँ प्रतिलिटर पुगेको निगमले जनाएको छ। यता हवाइ इन्धन (आन्तरिक) को १९० रुपैयाँलाई नै निरन्तरता दिइएको छ भने हवाइ इन्धन (बाह्य) को प्रतिलिटर १.६४५ अमेरिकी डलर नै कायम छ। यता एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १८ सय रुपैयाँलाई नै निरन्तरता दिइएको छ। तर, भारतीय आयल निगमले ग्यासको मूल्य १२० रुपैयाँ…

Read More

भद्रपुर, १७ भदौ । कर्तव्य ज्यान मुद्दामा अदालते जन्मकैद फैसला सुनाएका एक अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका–८ निवासी ३७ वर्षीय दिप्सन लावती रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए । प्रदेश प्रहरी कार्यालय विराटनगर र प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी टोलीले लावतीलाई बिहीबार सुरुंगाबाट पक्राउ गरेको हो । लावतीलाई झापा जिल्ला अदालतको २०६३ असोज ३ गतेको फैसला पुनरावेदन परी तत्कालीन पुनरावेदन अदालतबाट मिति २०६५ बैशाख १७ गते जन्मकैद हुने गरी फैसला भएको थियो । सो फैसला उपरसमेत पुनरावेदन परी सर्वोच्च अदालतबाट २०६५ फागुन २३ गते पुनरावेदन अदालतबाट भएको फैसला सदर भई…

Read More

भारतको उत्तर प्रदेश राज्यस्थित उन्नावमा बुबा–छोराले देवी–देवताका मूर्ति अनलाइनमा किनेर सयौं वर्ष पुरानो भन्दै भक्तजनलाई ठगेको घटना सार्वजनिक भएको छ । उनीहरुले १६९ भारुमा किनेको मुर्तिको सेटलाई पहिले खेतमा गाडेको र गाउँलेलाई बोलाएर खेत खनेर निकालेको भन्दै सयौं वर्ष पुरानो मूर्ति भेटिएको भन्दै प्रचार गरिएको पाइएको छ । पाँच सय वर्ष पुरानो मूर्ति भेटिएको हल्ला छिट्टै वरिपरि फैलिन थालेपछि पूजा गर्नेहरुको भिड लाग्यो । दुई दिनमा भक्तजनले ती मूर्तिमा ३५ हजार भारुको भेटी चढाए । तर पछि मूर्ति डेलिभरी गर्ने व्यक्तिले पोल खोलिदिएपछि अहिले ती बाबु छोरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीकाअनुसार पक्राउ पर्नेमा अशोककुमार र उनका दुई छोराहरु…

Read More